पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश

काठमाण्डु टुडे २०८२ असार ५ गते १७:३७ मा प्रकाशित

काठमाण्डू, ५ असार– पत्रकार दिनभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा उच्च अदालत, पाटनले अन्तरिम आदेश जारी गरेको छ । यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले दुवै पक्षको सुनुवाइ सुनि आदेशलाई निरन्तरता दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले बिहीबार सो आदेशलाई निरन्तरता दिएको हो । अब पाठकले हालेको मुद्दा नटुंगिदासम्म प्रहरीले उनलाई पक्राउ गर्न मिल्ने छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us