कैलालीमा नदीमा डुबेर दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ असार ५ गते १४:३४ मा प्रकाशित

काठमाण्डू, ५ असार– कैलालीमा छुट्टाछुट्टै नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मोहना नदी र गौरीगंगा खोलामा डुबेर दुई जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कैलारी गाउँपालिका–७, रामपुरका ४५ वर्षीय दुलाराम चौधरी र गौरीगङ्गा नगरपालिका–२ का ६० वर्षीय नरबहादुर ताम्राकार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन ।

चौधरी मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए । इलाका प्रहरी कार्यालय रामपुर र भुइयाँफाँटा बीओपीबाट खटेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजतलास गरेपछि चौधरी मृत फेला परेका हुन् ।

यस्तै ताम्राकारको गौरीगङ्गा नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us