
काठमाण्डू, ५ असार– कपिलवस्तुमा भैँसी चराउन गएकी एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका–५ नौरंगिया निवासी करिब ४० वर्षीया जन्ममति यादव रहेकी प्रहरीले जानकारी दिएको छ ।
यादवको बुधबार साँझ चट्याङ लागेर मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दका अनुसार गाउँ नजिकै खेतमा भैँसी चराउन गएकी उनको चट्याङबाट घटनास्थलमै मृत्यु भएको हो ।
उनको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगन्ज लगिएको छ ।