समाचार

बलेरो दुर्घनटामा १३ घाइते

२०७३ माघ १५ गते १९:४२

सिन्धुली,  माघ १५ – सिन्धुलीमा आज पिकअप बोलेरो दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। ब्रेक फेल हुँदा भद्रकाली गाविस–४ धनमाना हिले खोलामा बोलेरो दुर्घटना भएको हो ।   अमले गाविसबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको बा १२ च ३६४६ नंको बोलेरो दुर्घटना हुँदा भद्रकाली–५ बस्ने...

औषधि व्यवसायीलाई चुनावको चटारो

२०७३ माघ १५ गते १५:२२

काठमाण्डु, १५ माघ –नेपाल औषधि व्यवसायी सङ्घ मेची अञ्चलको आसन्न अधिवेशनसँगै यहाँ चुनावी सरगर्मी बढेको छ । फागुन ७ गते झापाको दमकमा सङ्घको ११ औँ अधिवेशन हुने निश्चित भएपछि औषधि व्यवसायीबीच चुनावी चर्चा सुरु भएको हो । चुनावी चर्चासँगै व्यवसायीले आ–आफ्नो तरिकाबाट उम्मेदवारी घोषणा...

जिप दुर्घटनामा १ को मृत्यु, ५ घाइते

२०७३ माघ १५ गते १५:१५

काठमाण्डु, १५ माघ –जयपृथ्वी नगरपालिका– ६ कपडे नजिक आज भएको जिप दुर्घटनामा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा रिलु गाविस– ८ का ४६ वर्षीय लालसिंह बोहरा रहेको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...

सन् २०२० सम्म नेपाललाई कुष्ठरोग मुक्त बनाउने सरकारको लक्ष्य

२०७३ माघ १५ गते १५:०९

काठमाण्डु, १५ माघ –सन् २०२० सम्म नेपाललाई पूर्ण रुपले कुष्ठरोग निवारण देश बनाउने लक्ष्य सरकारको छ । ‘समयमानै कुष्ठरोगको उपचार गरौँ, अपाङ्गता हुनबाट बचौं’ भन्ने मूलनाराका साथ भोलि यो दिवस देशभरि मनाउने तयारी गरेको छ । अङ्ग्रेजी वर्ष जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवस...

टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो, प्रयोग नगर्न अपिल

२०७३ माघ १५ गते १४:२१

काठमाण्डु, १५ माघ –नेपाल टेलिकमको १ सय रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएका छन् । आयातका क्रममा २० हजार थन रिचार्ज कार्ड हराएको टेलिकमले जनाएको छ । टेलिकमले एक सूचना जारी गर्दै आफ्ना एनटी रिचार्ज कार्ड हराएको जनाएको छ । सिरियल नम्वर...

संशोधन विधेयक पारित नहुने थाहा हुँदाहुँदै सरकारले जिद्दी गर्योः अध्यक्ष ओली

२०७३ माघ १५ गते १४:१३

काठमाण्डु, १५ माघ –नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक पारित नहुने थाहा हुँदाहुँदै सरकारले अनावश्यक रुपमा जिद्दी गरिरहेको बताएका छन्। प्रेस चौतारी चितवनले शनिबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पारित नहुने निश्चित भएकाले संशोधन विधेयक फिर्ता लिन उपयुक्त हुने...

नेपालको इतिहासकै ठुलो राष्ट्रिय झण्डा सार्वजनिक

२०७३ माघ १५ गते १३:४४

काठमाण्डु, १५ माघ –नेपाली देशभक्त यूवा समाजले रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालय भृकुटिमण्डपमा नेपालको इतिहासकै ठुलो राष्ट्रिय झण्डा सार्वजनिक गरेकोे छ। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर हालसम्मकै ठुलो अर्थात १० मिटर अग्लो र साँढे सात मिटर चौडाइ रहेको नेपालको राष्ट्रिय झण्डा सार्वजनिक...

मधेसका माग सम्बोधन गर्न संशोधन प्रस्ताव: काँग्रेस नेता सिंह

२०७३ माघ १५ गते १३:१९

काठमाण्डु, १५ माघ –नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसका जायज मागलाई सम्बोधन गर्न संशोधन प्रस्ताव आएको बताउका छन् । नेपाली काँग्रेस नागार्जुन नगर समितिले शनिबार आयोजना गरेको ‘क्रियाशील सदस्य प्रशिक्षण कार्यक्रम’मा नेता सिंहले मधेसी दलका जायज मागलाई सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव आएकाले सबै...

मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ छ : अध्यक्ष ओली

२०७३ माघ १५ गते १३:०९

काठमाण्डु, १५ माघ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ सङ्कल्पित रहेको बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आउँदो माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गरेर देशमा संवैधानिक...

निर्वाचनका लागि दलहरुबीच मतभिन्नता छैन: सभामुख घर्ती

२०७३ माघ १५ गते १३:०१

काठमाण्डु, १५ माघ – सभामुख ओनसरी घर्तीले निर्वाचनसँग सम्बन्धित सबै विधेयकहरु व्यवस्थापिका–संसद्बाट आगामी सोमबार पारित हुने बताएकी छन् । नेपाल मगर विद्यार्थी सङ्घ मोरङको लेटाङमा आयोजना हुने नवौँ राष्ट्रिय महाधिवेशनमा भाग लिन जाने क्रममा विराटनगर विमानस्थलमा सभामुख घर्तीले पत्रकारहरुसँग कुराकानी गर्दै संविधान कार्यान्वयनका सन्दर्भमा...

नगरपालिका भएसँगै प्रसूति सेवा बन्द

२०७३ माघ १५ गते १२:३९

काठमाण्डु, १५ माघ –दाङको साविक हलवार गाविस नगरपालिकामा गाभिएसँगै सञ्चालन भएको २४ घन्टे प्रसूति सेवा बन्द भएको छ । प्रसूति सेवा बन्द भएसँगै धेरै महिला घरमै सुत्केरी हुन बाध्य भएका छन । सर्वसुलभ स्वास्थ्य सेवा दिन खोज्दा विभिन्न समस्याका कारण सेवा दिन नसकिएको स्वस्थ्य...

अर्नालाई बाजागाजासहित सौराहा भित्र्याइयो

२०७३ माघ १५ गते १२:१७

काठमाण्डु, १५ माघ–वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले चितवनका लागि कोसी टप्पु वन्यजन्तु आरक्षबाट ल्याइएको अर्ना संरक्षण र पर्यटन विकासका लागि कोशेढुङ्गा सावित हुने विस्वास व्यक्त गरेका छन् । चितवनको रत्ननगर स्थित सौराहामा अर्नालाई स्वागत गर्न आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us