काठमाण्डू, १७ भदौ– छिमेकी देश चीनको पाँच दिने औपचारीक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्ट्रपति हान चङबीच भेटवार्ता भएको छ । बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा ओली र उपराष्ट्रपति चङबीच दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...
काठमाण्डू, १७ भदौ– चीनको तियानजिनमा सम्पन्न सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका क्रममा भएको भेटमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रुस भ्रमणको दुर्लभ निम्तो दिएका छन । प्रधानमन्त्री ओलीले नेपाल–रुस सम्बन्ध सुमधुर रहे पनि रुसबाट नेपालमा उच्चस्तरीय भ्रमण नभएको गुनासो गरेपछि...
काठमाण्डू, १७ भदौ– संघीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएको छ । आज (मंगलबार) बसेको राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले विधेयकको प्रतिवेदन पेस गरेकी हुन् । प्रतिवेदन पेस गर्दै सभापति दाहालले निजामती कर्मचारीका लागि राजीनामा दिएपछि वा...
काठमाण्डू, १७ भदौ– काठमाण्डू उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाण्डूबाट खटिएको विशेष टोलीले गोंगबुको एक घरबाट ठूलो मात्रामा रकमसहित पक्राउ गरेको व्यक्ति स्वयं घरधनी रहेको खुलेको छ । काठमाण्डू महानगरपालिका–२६ गोंगबुबाट पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठ आफैं घरधनी रहेको पाइएको...
काठमाण्डू, १७ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण नेपालका लागि उपलब्धिमूलक नभएको निष्कर्ष निकालेको छ । नेकपा एसका उपाध्यक्ष प्रकाश ज्वालाले चीन, भारत, रुस लगायतका सरकार प्रमुखहरूसँग प्रधानमन्त्रीको भेट हुँदा नेपालको लागि फाइदा हुने कुनै पनि सहमति नभएको...
काठमाण्डू, १७ भदौ– सर्वोच्च अदालतले अवहेलना मुद्दामा पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले श्रेष्ठसँग लिखित जवाफ माग गरेको हो । श्रेष्ठले गत भदौ ६...
काठमाण्डू, १७ भदौ– अमेरिकाले थप ३७ नेपालीलाई अमेरिकाबाट निष्कासन गरेको छ । अवैध ढंगले अमेरिका पुगेका र त्यहाँको अध्यागमनको कानुन उल्लंघन गरेका ३७ जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको हो । उनीहरू बुधबार चार्टर्ड जहाजबाट काठमाण्डू आइपुग्दैछन्। ३७ जना नेपालीलाई निष्कासन गरिएको बारे अमेरिकाले नेपाल...
काठमाण्डू, १७ भदौ– आज (मंगलबार) दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । जिल्लाको लापिलाङ केन्द्रबिन्दु भएर मंगलबार दिउँसो ३ बजेर १३ मिनेटको समयमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।...
काठमाण्डू, १७ भदौ– नुवाकोटकी ५१ वर्षीया उमादेवी भट्टको शव गण्डकी गाउँपालिकाको बर्खेघाटस्थित त्रिशूली किनारमा फेला परेको छ । नुवाकोटको विदुर नगरपालिका–८ खुर्सानेकी भट्टको शव मंगलबार बिहान त्रिशूली किनारमा भेटिएको प्रहरी निरीक्षक ध्रुव शर्माले जानकारी दिएका छन । प्रहरी घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको उनले...
काठमाण्डू, १७ भदौ– कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भएको छ । आज (मंगलबार) सहरी विकास मन्त्रालयमा भएको उक्त भेटमा विश्व बैंक र मन्त्रालयबीच नयाँ परियोजनामा सहकार्यका बारेमा छलफल कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले...
काठमाण्डू, १७ भदौ– अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरामा श्रीमतीको हत्या गरेर श्रीमान्ले भान्छामै शव गाडेको खुलेको छ । मान्छे हराएको सूचना पाएपछि अनुसन्धानमा खटिएको प्रहरीले हराएकी महिलाकै घरको भान्छा कोठामा गाडेको अवस्थामा शव निकालिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जानकारी दिएको छ । प्यूठानको नौबहिनी गाउँपालिका–१...
काठमाण्डू, १७ भदौ– सत्ता घटक दल एमालेले सचिवालय बैठक बोलाएको छ । यही भदौ २०–२२ मा हुने विधान अधिवेशनको तयारीका लागि सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन । एमाले सचिवालयबैठक भदौ १९ गते दिउँसो ३ बजे एमालेको मूख्यालय...