समाचार

अख्तियारलाई दलीयकरण गरियोः रास्वपा

२०८२ भदौ १८ गते १३:३८

काठमाण्डू, १८ भदौ– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दलीयकरण गरिएको आरोप लगाएको छ । आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपा सांसद हरि ढकाल यस्तो आरोप लगाएका हुन । उनले अख्तियारलाई दलीयकरण गरेर सत्तारुढ दलहरूले सेपमा राखिरहेको...

गोंगबुबाट सुन र नगदसहित पक्राउ परेका विनोद श्रेष्ठलाई राजस्वमा पठाउने निर्णय

२०८२ भदौ १८ गते १३:११

काठमाण्डू, १८ भदौ– काठमाण्डू महानगरपालिका–२६ गोंगबुस्थित टाउन प्लानिङबाट सुन र नगदसहित पक्राउ परेका विनोद श्रेष्ठलाई प्रहरीले राजस्वमा बुझाउने भएको छ । मंगलबार प्रहरीले छापा मारेर श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार नगद र ९ केजी ८३७ ग्राम सुनका गहना बरामद गरेको थियो...

नवलपरासीमा कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

२०८२ भदौ १८ गते १३:०८

काठमाण्डू, १८ भदौ– नवलपरासीको देवचुलीमा गए राति कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा कन्टेनर चालक पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय माधव पङ्गेनी रहेको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जनाएको...

मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा

२०८२ भदौ १८ गते १२:५६

काठमाण्डू, १८ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय काभ्रेमा छापा मारेको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले मालपोत कार्यालयमा काभ्रे धुलिखेलमा छापा मारेको अख्तियार स्रोतले जानकारी दिएको छ । अख्तियार एक टोलीले २ लाख रुपैयाँ नगदसहित मुद्दा फाटका कर्मचारी ज्ञानेन्द्र...

नक्कली भुटानी शरणार्थी प्रकरण: आजदेखि अन्तिम सुनुवाइ

२०८२ भदौ १८ गते १२:३७

काठमाण्डू, १८ भदौ– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणको आज (बुधबार) अन्तिम सुनुवाइ सुरु भएको छ । जिल्ला अदालत काठमाण्डूका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा पेसी तोकिएको छ । यो प्रकरणमा ३३ जना प्रतिवादी रहेका छन । ३० जेठ...

अनुदानको २०० बोरा मल लुकाएर राख्ने व्यापारी पक्राउ

२०८२ भदौ १८ गते १२:३०

काठमाण्डू, १८ भदौ– सरकारले किसानलाई वितरण गर्न पठाएको २ण्ण् बोरा अनुदानको मल लुकाएर आफ्नो गोदाममा भण्डार गर्ने व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । धौधरीलाई पक्राउ गरेर...

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

२०८२ भदौ १८ गते १२:१०

काठमाण्डू, १८ भदौ– काठमाण्डूको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका आशिका तामाङको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले केहीबेर अघि पैदल हिँडिरहेका बेला बालिकालाई ठक्कर दिँदा...

दमौलीमा २ स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

२०८२ भदौ १८ गते ११:२०

काठमाण्डू, १८ भदौ– तनहुँमा दुई स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापा रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जानकारी दिएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा...

धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

२०८२ भदौ १८ गते १०:१८

काठमाण्डू, १८ भदौ– धनुषाको लालगढमा निर्माणाधीन घरमा करेन्ट लागेर एकजना कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला नगरपालिका–१० लालगढका ४० वर्षीय राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिएको छ । श्रेष्ठको करेन्ट लागेर मङ्गलबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।...

प्रधानमन्त्री ओली सहभागी  चीनको सैन्य परेड

२०८२ भदौ १८ गते ९:२९

काठमाण्डू, १८ भदौ– छिमेकी देश चीनले दोस्रो विश्वयुद्धताकाको विजयको वार्षिक उत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेको छ । तियानमेन स्क्वायरमा आयोजित सैन्य परेड समारोहमा विश्वका नेताहरुसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् । ‘भिक्ट्री–डे’को अवसरमा आयोजित यस कार्यक्रममा चिनियाँ सेनाले अत्याधुनिक मिसाइल,...

प्रचण्डमाथि संकेत गर्दै जनार्दन भन्छन्ः मलाई मुख्य ठाउँबाटै परिचालितको आरोप लगाइयो

२०८२ भदौ १७ गते १८:५७

काठमाण्डू, १७ भदौ– माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफू कतैबाट परिचालित नभएको प्रष्टीकरण दिएका छन् । शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी आफूविरुद्ध मुख्य ठाउँबाटै परिचालितको आरोप लगाइएको बताए । कान्तिपुर टेलिभिजनबाट प्रसारित पत्रकार रुपेश श्रेष्ठसँगको अन्तर्वार्तामा शर्माले भनेका छन्, ‘यो कुरा लेख्नेको...

दुई दिनदेखि बेपत्ता दुई युवकको शव भेटिएको, उनीहरु सवार मोटरसाइकल भेटिएन

२०८२ भदौ १७ गते १८:४३

धुन्चे, १७ भदौ– दुई दिनदेखि सम्पर्कविहीन दुई युवकको शव मंगलबा।र फेला परेको छ । सदरमुकाम धुन्चेबाट ठाडेगाउँस्थित घरतर्फ जाने क्रममा दुई युवा सम्पर्कविहीन भएका थिए । प्लेङजुङ खोलाको बाढीमा परी उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । रसुवा प्रहरी प्रमुख डिएसपी हेमबहादुर शाहीका अनुसार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us