समाचार

चीन भ्रमण सकेर स्वदेश प्रस्थान गरे ओली

२०८२ भदौ १८ गते १६:०७

काठमाण्डू, १८ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी देश चीनको पाँच दिने औपचारीक भ्रमण सकेर आज स्वदेश फिर्ता भएका छन । गत शनिबारदेखि चीन भ्रमणमा रहेका ओली आज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर...

जिएसआईबारे विपक्षी दलहरूले खोजे प्रधानमन्त्रीबाटै जवाफ

२०८२ भदौ १८ गते १५:५६

काठमाण्डू, १८ भदौ– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने चिनियाँ दाबीबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जवाफ माग गरेका छन् । प्रधानमन्त्रीले संसद्‌मै जवाफ दिनुपर्ने उनीहरूको माग छ । बुधबार प्रतिनिधि सभाको बैठकमा...

चिनियाँ राष्ट्रपतिले लिपुलेकबारे पन्छिनेगरी जवाफ दिए, सकारात्मक मान्न सकिँदैनः कांग्रेस

२०८२ भदौ १८ गते १५:२७

काठमाण्डू, १८ भदौ– सत्ताको प्रमुख घटक दल कांग्रेसले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारतसँगको सम्झौताबारे नेपालको अडानमा चीन पन्छिन खोजेको गम्भीर आशंका गरेको छ । आज (बुधबार) प्रतिनिधि सभामा विशेष समय लिएर पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले चिनियाँ राष्ट्रपतिले लिपुलेकबारे पन्छिनेगरी जवाफ दिएको...

मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचित हुनुपर्छः एमाले नेता थपलिया

२०८२ भदौ १८ गते १५:२३

काठमाण्डू, १८ भदौ– एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले देशको कार्यकारी पद अर्थात् मुख्यमन्त्री र प्रधानमन्त्री पदमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रस्ताव अधि बढाएका छन । उनले यो व्यवस्था संविधानमै सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन । न्युज एजेन्सी नेपालसँग हेटौँडास्थित...

बेइजिङमा भएको विशेष सैनिक ‘परेड’ मा प्रधानमन्त्री ओली

२०८२ भदौ १८ गते १५:१९

काठमाण्डू, १८ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी देश चीनको बेइजिङमा आयोजना भएको विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् । बुधबार बेइजिङमा भएको विजय उत्सवसम्बन्धी ८० औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री ओली सहभागी भएका हुन् । सो समारोहमा विभिन्न देशका...

ज्ञवाली र पाण्डेको फरक मतबारे सचिवालय बैठकमा छलफल हुने

२०८२ भदौ १८ गते १५:१४

काठमाण्डू, १८ भदौ– एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउन नहुने र उनको सदस्यता कायम नहुने पार्टी निर्णयमाथि नेताहरूले राखेको फरक मतबारे बिहीबार बस्ने सचिवालय बैठकमा छलफल हुने जानकारी गराएका छन । आज (बुधबार) एमाले मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले...

एमालेको विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा

२०८२ भदौ १८ गते १४:५५

काठमाण्डू, १८ भदौ– सत्ता घटक दल एमालेको विधान महाधिवेशनको लागि सम्पूर्ण तयारी सकिएको छ । आज (बुधबार) एमालेले मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । आगामी शुक्रबार (भदौ २० देखि) गोदावरीस्थित सनराइज हलमा नेकपा एमालेको विधान महाधिवेशन...

स्वर्णिम वाग्लेले साइबर व्यूरोमा उजुरी दिँदै

२०८२ भदौ १८ गते १४:३०

काठमाण्डू, १८ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले प्रहरीको साइबर व्यूरोमा उजुरी दर्ता गराउने भएका छन । वाग्लेको आवाज जस्तै सुनिने भिडियो क्लिप सामाजिक सञ्जालमा प्रसारित भएको छ । भारतीय व्यक्तिहरुसँग वाग्लेले संवाद गरेको जस्तै गरी भिडियो क्लिप बनाइएको प्रचार...

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न सांसद नेम्वाङको माग

२०८२ भदौ १८ गते १४:२४

काठमाण्डू, १८ भदौ– सत्ता घटक दल एमालेका सांसद सुहाङ नेम्वाङले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न माग गरेका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद नेम्वाङले यस्तो माग गरेका हुन । उनले यो विषय जनतासँग प्रत्यक्ष जोडिएको गम्भीर...

जुम्लाको स्याउ काठमाण्डू ल्याउँदा प्रहरीले घुस माग्योः ज्ञानबहादुर शाही

२०८२ भदौ १८ गते १४:१७

काठमाण्डू, १८ भदौ– प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राष्ट्रिय प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जुम्लामा फलेको अर्ग्यानिक स्याउ काठमाण्डू ल्याउन लाग्दा प्रहरीले ठाउँठाउँमा घुस मागेको आरोप लगाएको छ । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपा प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन ।...

सभामुखले माओवादी सांसद छिरिङलामु लामालाई बोल्दाबोल्दै रोके पछि…

२०८२ भदौ १८ गते १४:०७

काठमाण्डू, १८ भदौ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ लामु लामा तामाङलाई बोल्दा बोल्दै रोकेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै गर्दा लामालाई सभामुख घिमिरेले रोकेका हुन् ।...

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

२०८२ भदौ १८ गते १३:५२

काठमाण्डू, १८ भदौ– प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् । सभामुख देवराज...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us