समाचार

पत्रकार महासंघले भन्योः सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व

२०८२ भदौ १९ गते १७:११

काठमाण्डू, १९ भदौ– नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भएको बताएको छ । पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भएको बताएका हुन । उनले भने, ‘नागरिकले सूचना आदान प्रदानको अत्याधिक प्रयोग गर्ने सामाजिक सञ्जाल...

महोत्तरीको एक विद्यालयको खाजामा छेपारो परेपछि ६० बालबालिका अस्पताल भर्ना

२०८२ भदौ १९ गते १७:०७

काठमाण्डू, १९ भदौ– महोतरीको एक विद्यालयको दिवा खाजामा छेपारो परेपछि विद्यालयका ६० बालबालिका अस्पताल भर्ना भएका छन् । पिपरा गाउँपालिका ६ रतौली स्थित आदर्श माध्यमिक विद्यालयका बालबालिकाको दिवाखाजामा छेपारो परेको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश महतोका अनुसार आज दिउँसो खाजामा एक बालकको...

यस्तो छ सरकारले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरु बन्द गर्नुको कारण ?

२०८२ भदौ १९ गते १६:५७

काठमाण्डू, १९ भदौ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल बन्द गर्नुपर्नाको कारण खुलासा गरेका छन । आज (बिहीबार) उनले मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै पृष्ठभूमिसहित सरकारले गरेको निर्णयबारे जानकारी गराए । उनका अनुसार सरकारले सामाजिक सञ्जाल नियमन गर्नका...

संसदीय सुनुवाइ समितिको सभापतिमा खतिवडा निर्विरोध

२०८२ भदौ १९ गते १६:५०

काठमाण्डू, १९ भदौ– संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध भएका छन् । सङ्घीय संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि तोकेको बिहीबार २ बजेदेखि ४ बजेसम्मको समयमा खतिवडाको मात्रै उम्मेदवारी परे पछि खतिवडा निर्विरोध निर्वाचित भएका हुन । ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०...

सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको निर्णयप्रति रास्वपाको आपत्ति

२०८२ भदौ १९ गते १५:५५

काठमाण्डू, १९ भदौ– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति व्यक्त गरेको छ । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद अशोक चौधरीले सरकारको यो कदम प्रति आपति व्यक्त...

संसदीय सुनुवाइ समितिको सभापति पदमा रामहरिले गरे मनोनयन दर्ता

२०८२ भदौ १९ गते १५:४८

काठमाण्डू, १९ भदौ– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति पदमा मनोनयन दर्ता गरेका छन् । खतिवडाले आज (बिहीबार) समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका हुन् । ‘सङ्घीय निजामती सेवा विधेयक, ०८० को ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा छेडखानी...

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

२०८२ भदौ १९ गते १५:३९

काठमाण्डू, १९ भदौ– मधेश प्रदेश सरकारले भोलि (शुक्रबार) सार्वजनिक बिदा दिने भएको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालले बिहीबार एक सूचना जारी गर्दै यसबारे जानकारी गराएका हुन । मोहम्मद जयन्तीको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख...

कुनै पनि पार्टीको आदेश मानेर कर्मचारीले काम गर्नु हुँदैनः देउवा

२०८२ भदौ १९ गते १५:३२

काठमाण्डू, १९ भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेर बाहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीका लागि काम गर्न नपाइने बताउका छन । आज (बिहिबार) काठमाण्डूकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन । उनले कर्मचारीले कुनै पार्टीको लागि नभई समग्र...

बन्द भएका सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा आए तत्कालै खुल्ने

२०८२ भदौ १९ गते १५:१६

काठमाण्डू, १९ भदौ– सरकारले सूचीकरणको प्रक्रियामा नआएका सामाजिक सञ्जालहरूलाई क्रमशः बन्द गर्ने निर्णय गरीसकेको छ । सर्वोच्च अदालतको आदेश परिपालन गरिएको जनाउँदै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले क्रमशस् बन्द गरिने सूचनामार्फत जानकारी गराइसकेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार, सूचीकरणका लागि नआएका प्लेटफर्महरूलाई...

सरकारलाई रास्वपाको प्रश्नः सहकारी पीडितको ८८ अर्ब कहिले फिर्ता हुन्छ ?

२०८२ भदौ १९ गते १४:५९

काठमाण्डू, १९ भदौ– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी पीडितको ८८ अर्ब बचत रकम कहिले फिर्ता हुन्छ भन्दै सरकारलाई प्रश्न गरेको छ । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै पार्टीको तर्फबाट बोल्दै रास्वपा सांसद अशोककुमार चौधरीले सरकारलाई यस्तो प्रश्न गरेका...

एकीकृत समाजवादीले भन्योः प्रधानमन्त्रीको चीन भ्रमणमा दुई विषय विवादास्पद देखियो

२०८२ भदौ १९ गते १४:५२

काठमाण्डू, १९ भदौ– प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई वटा विषय विवादस्पद देखिएको बताएको छ । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एकीकृत समाजवादीका सांसद राजेन्द्र प्रसाद पाण्डेले यस्तो बताएका हुन ।...

टिकटकमा हतियार प्रदर्शन गर्ने व्यक्ति ठमेलको होटलबाट पक्राउ

२०८२ भदौ १९ गते १४:३८

काठमाण्डू, १९ भदौ– प्रहरीले सामाजिक सञ्जाल टिकटकमा अवैध हतियार प्रदर्शन गर्ने एक जनालाई काठमाण्डूको ठमेलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्ताङको वारागुङ मुक्तिनाथ क्षेत्र गाउँपालिका–१ घर भएका २१ वर्षीय कर्म साङ्पो ठकुरी रहेको प्रहरीले जनाएको छ । काठमाण्डूको स्वयम्भू बस्दै आएका उनलाई जिल्ला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us