काठमाण्डू, २० भदौ– प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा विधि र विधानसँग सम्बन्धित विषयमात्रै उठ्ने बताएका छन । आज (शुक्रबार) बाट सुरु भएको एमाले दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले विधान महाधिवेशनमा विधि र विधानसँग सम्बन्धित कुराहरुमात्रै उठ्ने...
काठमाण्डू, २० भदौ– सत्ता घटक दल एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु भएको छ । गोदावरी स्थित सनराइज हलमा हुने महाधिवेशन स्थलमा प्रतिनिधिहरू पुग्ने क्रम जारी रहेको छ । महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । करिब १२ मिनेटमा उद्घाटन...
काठमाण्डू, २० भदौ– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने निर्णय गरेकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ । पार्टीले यस निर्णयलाई अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सञ्चार अधिकार र सूचना प्रवाहमा गम्भीर अवरोध भएको निष्कर्ष निकालेको छ । आज (शुक्रबार) पार्टीले...
काठमाण्डू, २० भदौ– सिन्धुलीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । मृत्यु हुनेमा बाटोमा हिँडिरहेका भुवन भुजेल रहेका छन । सिन्धुलीको कमलामाई नगरपालिका–९ बथानचौडी नजिक मदन भण्डारी राजर्मागमा आज (शुक्रबार) बिहान ट्रकले ठक्कर दिँदा भुजेको मृत्यु...
काठमाण्डू, २० भदौ– सत्ता घटक दल एमालेको आज बाटसुरु हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल गर्न बोलाइएको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषय मुख्य एजेण्डा बनेको छ । दिउँसो चार बजेदेखि झण्डै पाँच घण्टा चलेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति भण्डारीबारे लामै छलफल भएको स्रोतले...
काठमाण्डू, १९ भदौ– फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ । मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कागजातको विवरण माग गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता...
काठमाण्डू, १९ भदौ– सरकारले निष्क्रिय गर्न निर्देशन दिएका सामाजिक सञ्जालमध्ये हाम्रो पात्रो बन्द नहुने भएको छ । आज (बिहीबार) सरकारको निर्णयसँगै हाम्रो पात्रो सूचीकरणका लागि आएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिएका छन । उनका अनुसार यो साइट ह्वाइट लिस्टमा...
काठमाण्डू, १९ भदौ– कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत भएको बताएका छन । आज (बिहिबार) सरकारले कानुनबमोजिम दर्ता प्रक्रियामा नआएका सञ्जालहरुलाई बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत विरोध जनाएका हुन । सरकारले...
काठमाण्डू, १९ भदौ– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता हुन नआएको सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको तर्क गरेका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी प्रमुख सचेतक...
काठमाण्डू, १९ भदौ– प्रहरीले बहुमूल्य टल्कने ढुंगा रहेको भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–१ घर भएका ३५ वर्षीय प्रकाश तामाङ रहेका छन । आफूसँग बहुमुल्य चम्किने ढुंगा रहेको र उक्त ढुंगा महंगो मूल्यमा बिक्री गर्न...
काठमाण्डू, १९ भदौ– जिल्ला अदालत पर्साबाट किरण साह धरौटीमा रिहा भएकी छन् । आज (बिहिबार) जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले साहलाई ५ हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको हो । पाँच दिन हिरासतमा रहेकी साह धरौटी बुझाएपछि रिहा हुनेछिन् ।...
काठमाण्डू, १९ भदौ– नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भएको बताएको छ । पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भएको बताएका हुन । उनले भने, ‘नागरिकले सूचना आदान प्रदानको अत्याधिक प्रयोग गर्ने सामाजिक सञ्जाल...