समाचार

कर्ण थापालाई फरक मत पेस गर्नबाट रोके ओलीले

२०८२ भदौ २१ गते १४:०९

काठमाण्डू, २१ भदौ– ललीतपुरको गोदावरीस्थित सनराइजहलमा जारी एमालेको दोस्रो विधान महाधिवेशनमा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस हुन बाट रोक लगाइएको छ । ललितपुरको गोदावरीमा शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा थापाको फरक मत पनि पेस हुने जनाइएको थियो । तर कार्यसूचीमा...

फरक मत भए समूहगत छलफलमा राखौँः अध्यक्ष ओली

२०८२ भदौ २१ गते १४:०२

काठमाण्डू, २१ भदौ– नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विधान संशोधनको प्रस्तावमाथि फरक मत वा असहमति भएमा समूहगत छलफलमा राख्न पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देश दिएका छन । बन्द सत्रमा प्रस्तुत प्रस्ताव र प्रतिवदेनमाथि समूह विभाजन हुन लाग्दा स्थायी...

सहकारी ठगीमा दोषी प्रमाणित भएका तीन जना पक्राउ

२०८२ भदौ २१ गते १३:५२

काठमाण्डू, २१ भदौ– प्रहरीले नेपालगञ्जको तत्कालीन सहकारी वित्तीय विकास संस्थामा भएको रु ३७ करोडभन्दा बढी सहकारीको रकम हिनामिना, ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दाका फरार तीन जनालाई पक्राउ गरेको छ । नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्थाका तत्कालीन अध्यक्ष हरदेवबक्स चौधरी, सिद्धिकुमार महर्जन र सुरत खटिकलाई...

हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु

२०८२ भदौ २१ गते १२:३८

काठमाण्डू, २१ भदौ– हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उपमहानगरपालिका– १६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ । हेटौँडा उपमहानगरपालिका–१५ कमेरोपानीमा चट्याङ लाग्दाँ प्रजाको घटनास्थलमा नै मृत्यु भएको हो । स्थानीय...

संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौँः सभामुख घिमिरे

२०८२ भदौ २१ गते १२:३४

काठमाण्डू, २१ भदौ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र सङ्घीय संसद् सचिवालयमा एआईको उपयोगबारे अध्ययन भइरहेको जानकारी गराएका छन । आज (शनिबार) ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन । उनले संसद् तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा...

पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैनः सभापति देउवा

२०८२ भदौ २१ गते १२:२४

काठमाण्डू, २१ भदौ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने बताएका छन् । आज (शनिबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा फर्किएकी छन् ।...

सरकारका राम्रा काम जनतासम्म पुर्‍याउनुस्, नराम्रा कामको आलोचना गर्नुस्ः उपप्रधानमन्त्री पौडेल

२०८२ भदौ २१ गते ११:५४

काठमाण्डू, २१ भदौ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका नराम्रा कामहरूको आलोचना गर्दै राम्रा कामहरूलाई जनतासमक्ष पुर्याउन सबैलाई आग्रह गरेका छन । आज (शनिबार) काठमाण्डूमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन ।...

भवितव्य दुर्घटनालाई लिएर महाधिवेशन भाँड्ने प्रयास भयोः अध्यक्ष ओली

२०८२ भदौ २१ गते १०:३३

काठमाण्डू, २१ भदौ– एमालेको विधान महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दशत्रमा आउने प्रतिनिधिको गाडीले हरिसिद्धि घुम्तीमा बालिकालाई ठक्कर दिएपछि बाटो अवरुद्ध हुँदा कार्यक्रम एक घण्टा ढिला सुरु भएको छ । बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी अस्पताल पठाएको जानकारी दिँदै अध्यक्ष तथा प्रधानमन्त्री केपी...

एमालेको विधान महाधिवेशनः कर्ण थापाले फरक मत प्रस्तुत गर्ने

२०८२ भदौ २१ गते ९:४३

काठमाण्डू, २१ भदौ– हिजो (शुक्रबार) देखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा एमालेको विधान माहाधिवेशन जारी छ । एमाले जारी विधान महाधिवेशनमा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले महाधिवेशन हलभित्रै फरक मत प्रस्तुत गर्ने तयारी गरेका छन । ललितपुरको गोदावरीमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा महासचिव...

कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक

२०८२ भदौ २१ गते ९:३२

काठमाण्डू, २१ भदौ– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक आवाह्न गरेको छ । पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा कार्य सम्पादन समितिको बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।...

कैलालीमा जुत्ताचप्पलको गोदाममा आगलागी

२०८२ भदौ २१ गते ९:०९

काठमाण्डू, २१ भदौ– कैलालीमा एक जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । कैलालीको लम्की चुहा नगरपालिकामा सञ्चालित जुत्ताचप्पलको गोदाममा आगलागी हुँदा करिब ७० लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ । शुक्रबार राति पौने तीन बजेको समयमा लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर...

विद्या भण्डारीद्वारा एमाले महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै भिडियो सन्देश जारी

२०८२ भदौ २१ गते ९:०४

काठमाण्डू, २१ भदौ– एमालेले नवीकरण भइसकेको पार्टी सदस्यता खारेज गरेपछि आक्रामक रुपमा राजनीतिक गतिविधि बढाएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको जारी दोश्रो विधान महाधिवेशनका प्रतिनिधिका नाममा भिडियो सन्देश जारी गरेकी छन् । यसअघि उनका समर्थकले शुक्रबार ललितपुरको गोदावरीस्थित महाधिवेशनस्थलमा भण्डारीको लिखित अपिल बाँडेका थिए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us