समाचार

जेनजीको प्रतिवाद घोषणाबारे प्रधानमन्त्री ओलीः कानुनबारे स्पष्ट छन् भन्ने अपेक्षा छ

२०८२ भदौ २२ गते १६:०८

काठमाण्डू, २२ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ता विधि, कानुनबारे स्पष्ट छन् भन्ने आफूलाई लागेको तर्क गरेका छन । सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्डका बीच जेनजी युवाहरूले सोमबार सडक प्रदर्शनको घोषणा गरेपछि प्रधानमन्त्री ओलीले यस्तो तर्क गरेका हुन ।...

जेनजीको प्रदर्शनलाई बालेनलेको पनि समर्थन

२०८२ भदौ २२ गते १५:५१

काठमाण्डू, २२ भदौ– काठमाण्डू महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने प्रदर्शनलाई पनि समर्थन जनाएका छन् । उमेर हदबन्दीका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको उनले सञ्जालमार्फत घोषणा...

एमालेको भावी नेतृत्वमा ओली निर्विकल्प भन्ने प्रतिनिधिहरू सर्वसम्मत जस्तै छन्ः राजेन्द्र गौतम

२०८२ भदौ २२ गते १५:४०

काठमाण्डू, २२ भदौ– एमाले प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले केही सञ्चारमाध्यममा दोस्रो विधान महाधिवेशन सम्बन्धी गलत प्रचार गरेको भन्दै आपत्ति व्यक्त गरेका छन । महाधिवेशनको तेस्रो दिन समूहगत छलफलको प्रतिवेदन पेस गरेका समूहगत नेताहरूको भनाई सार्वजनिक गर्ने क्रममा प्रचार विभाग...

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा पत्रकारकार महासंघले गर्याे माइतीघरमा प्रदर्शन

२०८२ भदौ २२ गते १५:३१

काठमाण्डू, २२ भदौ– आज (आइतबार) नेपाल पत्रकारकार महासंघले नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा काठमाण्डूको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारको यस कदमलाई प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथिको हस्तक्षेप भन्दै महासंघले विरोध प्रर्दशन गरेको हो । उक्त विरोध प्रदर्शनमा पत्रकार, अगुवा र सरोकारवालाहरूले सरकारको...

‘जेन जी’ आन्दोलनमा सहभागी हुने प्रसाईंको घोषणा

२०८२ भदौ २२ गते १४:३२

काठमाण्डू, २२ भदौ– विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भोली अर्थात (८ सेप्टेम्बरमा) हुने ‘जेन जी’ युवाहरुले आह्वान गरेको आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन् । राजतन्त्र ल्याउने भन्दै गत वर्ष चैत १५ मा काठमाण्डू अराजकता मच्चाएका प्रसाइँको अहिले पनि मुद्दा चलिरहेको छ । धरौटीमा...

पूर्वपत्नीको बलात्कार उजुरीपछि पक्राउ परेका इन्स्पेक्टर कारागार चलान

२०८२ भदौ २२ गते १४:२८

काठमाण्डू, २२ भदौ– पूर्वपत्नी बलात्कार उजुरीमा पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङ कारागार चलान भएका छन् । ललितपुर जिल्ला अदातलका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले गुरुङलाई पुर्पक्षका लागि कारागार चलानको आदेश जारी गरेको छ । त्यसपछि इन्स्पेक्टर गुरुङ नख्खु कारागार चलान भएका हुन् ।...

सरकारका काम प्रभावकारी भए पार्टी बलियो हुन्छः एमाले महासचिव

२०८२ भदौ २२ गते १४:२४

काठमाण्डू, २२ भदौ– सत्ता घटक दल एमालेका महासचिव शंकर पोखरेलले सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सकेमात्र पार्टी बलियो हुने तर्क गरेका छन । गत (शुक्रबार) देखि ललितपुर, गोदावरीमा जारी एमालेको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ दिने क्रममा आज (आइतबार) महासचिव पोखरेलले...

जिफन्टसँग आफ्नो स्वामित्वको भवन

२०८२ भदौ २२ गते १४:१७

काठमाण्डू, २२ भदौ– सत्ता घटक दल एमालेले देशभरका ७७ मध्य ६८ जिल्लामा पार्टी कार्यालयका आफ्नै भवन रहेको छ । ९ वटा जिल्लामा भने आफ्नै भवन नरहेको एमालेले बताएको छ । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत लेखा आयोगको प्रतिवेदनमा भनिएको छ, ‘भूगोलका ६८ जिल्ला...

एमालेको ६८ जिल्लामा आफ्नै भवन

२०८२ भदौ २२ गते १४:०९

काठमाण्डू, २२ भदौ– सत्ता घटक दल एमालेले देशभरका ७७ मध्य ६८ जिल्लामा पार्टी कार्यालयका आफ्नै भवन रहेको छ । ९ वटा जिल्लामा भने आफ्नै भवन नरहेको एमालेले बताएको छ । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत लेखा आयोगको प्रतिवेदनमा भनिएको छ, ‘भूगोलका ६८ जिल्ला...

रुपन्देही–३ मा कांग्रेसबाट पूर्वगर्भनर चिरञ्जीवी नेपाल उम्मेदवारको आकांक्षी

२०८२ भदौ २२ गते १३:४०

काठमाण्डू, २२ भदौ– रुपन्देही–३ मा आगामी १७ कार्तीकमा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागी पूर्व गर्भनर चिरञ्जीवी नेपालले कांग्रेसबाट उम्मेदवारको आकांक्षी देखिएका छन् । १७ कात्तिकमा रुपन्देही–३ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल सहित सात जना आकांक्षी देखिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलका...

कांग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने

२०८२ भदौ २२ गते १३:१४

काठमाण्डू, २२ भदौ– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका नेताहरुले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। सभापति शेरबहादुर देउवा निवासमा आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकमा सहभागी नेताहरुले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा असन्तुष्टि व्यक्त गरेको स्रोतले जानकारी दिएको...

माधव नेपालसहितलाई प्रतिवादी बनाइएको पतञ्जलि जग्गा हिनामिनाको मुद्दा पेसीमा

२०८२ भदौ २२ गते १३:०१

काठमाण्डू, २२ भदौ– विशेष अदालतले पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितलाई प्रतिवादी बनाएर दायर गरिएको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकेको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा पूर्वप्रधानमन्त्री नेपालसहितको भ्रष्टाचार मुद्दा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us