काठमाण्डू, २१ असोज– नेपालीहरुको महान पर्व बडा दशैंमा यसबर्ष काठमाण्डू उपत्यकामा मात्रै १ अर्ब ३० करोड रुपैयाँ बराबरको खसीबोका बिक्री भएको छ । दशैंको एक सातामा नेपाल व्यावसायिक बाख्रापालक महासंघले ४५ हजार संख्यामा खसीबोका बिक्री गरेको जानकारी दिएको छ । महासंघ अध्यक्ष गोविन्द सुवेदीले...
काठमाण्डू, २१ असोज– हत्या, डकैती र चोरीको अभियोग लागेका एक नेपाली नागरिक भारतीय प्रहरीको इन्काउन्टरमा मृत्यु भएको छ । भीम जोरा नाम गरेका उनी कुख्यात अपराधी थिए र उनका बारेमा सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको भारतीय प्रहरीले जनाएको छ । दिल्लीस्थित...
काठमाण्डू, २१ असोज– कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि यही असोज २४ गतेसम्म हस्ताक्षर गरिसक्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन । आज (मंगलबार) एक भिडियो सन्देश जारी गर्दै कांग्रेस महामन्त्री शर्माले यस्तो अपिल गरेका हुन । ‘हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गते भित्रै...
काठमाण्डू, २१ असोज– वरिष्ठ प्रहरी अधिकारीहरुले जेनजीको सडक प्रदर्शनका दौरान घुसपैठ भएर अप्रिय घटना हुनसक्ने भन्दै प्रदर्शन रोक्न गृहमन्त्रीले नै अग्रसरता लिनुपर्ने बताएका छन । जेनजी समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने माग गर्दै प्रहरी कार्यालयमा दबाब बढाएपछि...
काठमाण्डू, २१ असोज– सरकारले हालैको बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ । आज (मंगलबार) सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारले यस्तो जानकारी गराएको हो । सरकारले बाढीपहिरो प्रभावितलाई तत्काल राहत रकम...
काठमाण्डू, २१ असोज– आज (मंगलबार) सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा राष्ट्रिय परिषद्को बैठक बसेको हो । बैठकले राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढी पहिरोका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको...
काठमाण्डू, २१ असोज– जेनजी युवा अगुवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सरकारमाथि दबाब बढाइरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अंगका प्रमुखहरुसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मध्यरातसम्म छलफल गरेकी छन । जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा...
काठमाण्डू, २१ असोज– इलामको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ पुगेको जिल्ला प्रहरी कार्यलय इलामले जानाकरी दिएको छ । सन्दकपुर–५ इङलाका वडा सदस्य...
काठमाण्डू, २१ असोज– प्रतिनिधिसभा विघटन बदरको माग गर्दै सर्वोच्च अदालत जानेबारे नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । प्रतिनिधिसभाको विघटन असंवैधानिक भएकाले त्यसविरुद्ध अदालत जानेबारे छलफल हुनु स्वाभाविक र आवश्यक रहेको एमालेको प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । ‘आन्तरिक छलफल भइरहेको छ...
काठमाण्डू, २१ असोज– जेनजी युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग्दै अख्तियार दुरुपयोग अनुसन्धानको कार्यलय अगाडी प्रदर्शन गरेका छन् । उनीहरु आज बिहान टंगालस्थित अख्तियार मुख्यालय अगाडिको सडकमा प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी सुरक्षाकर्मीको तैनाथी बढाइएको...
काठमाण्डू, २१ असोज– जयपुरस्थित सावई मान सिंह सरकारी अस्पताल (एसएमएस अस्पताल) को ट्रमा सेन्टरको आईसीयूमा आइतबार राति भीषण आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । आगलागीका कारण बिरामीहरू जलेर र धुवाँको कारण श्वासप्रश्वास रोकिएर मृत्यु भएको प्रारम्भिक अनुमान छ । आगलागी आइसीयूको स्टोरेज...
काठमाण्डू, २१ असोज– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले छिनछिनमा बत्ती जाने समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिएका छन । हिजो (सोमबार) साँझ विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरी मन्त्री घिसिङले छिनछिनमा बत्ती जाने गुनासो तत्काल सम्बोधनलाई...