समाचार

राष्ट्रपतिले बोलाएको बैठकमा कांग्रेसबाट खड्का र थापा सहभागी हुने

२०८२ असोज २४ गते १६:३०

काठमाण्डू, २४ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सरकार र राजनीतिक दलको बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी हुने भएका छन । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा जानकारी गराएर उपसभापति थापा र महामन्त्री थापा राष्ट्रपतिले आयोजना...

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको होः प्रचण्ड

२०८२ असोज २४ गते १६:१९

काठमाण्डू, २४ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तत्कालीन कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीकै लिखित सिफारिसमा भएको बताएका छन । आज (शुक्रबार) काठमाण्डूमा सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।...

सरकारले सुरक्षाकर्मी फिर्ता बोलाएपछि पूर्वजनमुक्ति सेनाको सुरक्षा घेरामा प्रचण्ड

२०८२ असोज २४ गते १६:१३

काठमाण्डू, २४ असोज– सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरूको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेकोमा नेकपा माओवादी केन्द्रका नेता तथा योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)का इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आक्रोश व्यक्त गरेका छन । गृह मन्त्रालयले बिहीबार स्वीकृत मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेका पूर्वपदाधिकारीहरूको सुरक्षा निकायले...

कुकुर र बिरालोको बन्ध्याकरण गर्दै काठमाण्डू महानगर

२०८२ असोज २४ गते १५:५९

काठमाण्डू, २४ असोज– काठमाण्डू महानगरपालिकाले आर्थिक वर्ष ०८२–८३ मा महानगरभित्र रहेका सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण गर्ने भएको छ । कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाउन समेत इच्छुक संघसंस्थालाई आवेदन दिन महानगरपालिकाले आह्वान गरेको छ । महानगरपालिकाले १५ दिनभित्र महानगरको कृषि तथा पशुपन्छी विभागमा...

एक महिना पछि निवर्तमान गृहमन्त्री लेखकले भने: जेनजी आन्दोलनमा गोली हान्ने आदेश थिएन

२०८२ असोज २४ गते १५:५३

काठमाण्डू, २४ असोज– निवर्तमान गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको खुलासा गरेका छन । आज (शुक्रबार) कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निवर्तमान गृहमन्त्री लेखकले यस्तो बताएका हुन । उनले...

उत्तेजना र प्रतिशोधभन्दा माथि उठौंः रमेश लेखक

२०८२ असोज २४ गते १५:४७

काठमाण्डू, २४ असोज– निवर्तमान गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले अहिलेको समय उत्तेजना, आग्रह, पूवाग्रह र प्रतिशोधभन्दा माथि उठेर काम गर्नुपर्ने तर्क गरेका छन । आज (शुक्रबार) कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा कांग्रेस नेता लेखकले यस्तो बताएका हुन । जेनजी आन्दोलनको...

तिहारमा फूलमाला बिक्री गर्न काठमाण्डू महानगरले तोक्यो ३२ ठाउँ

२०८२ असोज २४ गते १५:३४

काठमाण्डू, २४ असोज– काठमाण्डू महानगरपालिकाले यस बर्षको तिहारमा फूलमाला बिक्री वितरणका लागि ३२ वटा स्थानहरू तोकेको छ । आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै महानगरले फूलमाला बिक्री वितरणका लागि ३२ वटा स्थान तोकेको हो । तिहारमा हुने अव्यवस्थित फूलमालाको बजार व्यवस्थापन गर्न ३२ स्थान तोकेको...

सक्कली जेनजीसँग सहकार्य गरेर नक्कलीलाई एक्सपोज गरौंः प्रचण्ड

२०८२ असोज २४ गते १५:२९

काठमाण्डू, २४ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली जेनजीसँग सहकार्य गरेर नक्कली जेनजीहरू सार्वजनिक गर्नुपर्ने बताएका छन । आज (शुक्रबार) काठमाण्डूमा सम्पादकहरूसँग छलफल गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले जेनजी आन्दोलन अन्तर्राष्ट्रिय विषय नै भएको...

संसद् भवनको भाडा सम्झौता रद्द

२०८२ असोज २४ गते १५:२३

काठमाण्डू, २४ असोज– भाडामा प्रयोग गरिँदै आएको नयाँ बानेश्वरको संघीय संसद् भवनको भाडा सम्झौता रद्द गरिएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएपछि खण्डहर बनेको छ । अहिले प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेकाले भाडा सम्झौता रद्द...

नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिना कोरिना माचाडोलाई

२०८२ असोज २४ गते १५:१९

काठमाण्डू, २४ असोज– सन् २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिया कोरीना माचाडोले प्रप्त गर्ने भएकी छन । नर्वेजियन नोबेल समितिले मारिया कोरीना माचाडोले ‘बढ्दो अन्धकारको विरुद्ध लोकतन्त्रको ज्योति बलिरहने’ काममा सहयोग गरेको उल्लेख गरेको छ । शुक्रबार ओस्लोमा आयोजित एक समारोहमा पुरस्कारको घोषणा...

प्रहरी महानिरीक्षक खापुङको प्रष्टीकरणः राजीनामाको चेतावनी दिएको छैन

२०८२ असोज २४ गते १५:१५

काठमाण्डू, २४ असोज– नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आफूले राजीनामा दिने चेतावनी नदिएको स्पष्ट परेका छन । आज (शुक्रबार) सचिवालयमार्फत एक विज्ञप्ति जारी गर्दै प्रहरी महानिरीक्षक खापुङले विभिन्न सञ्चारमाध्यममा आफूले राजीनामा दिने चेतावनी दिएकोसम्बन्धी समाचार आएको भन्दै त्यसको खण्डन गरेका हुन् । प्रहरी...

नालीभित्र भेटियो पुरुषको शव भेटियो

२०८२ असोज २४ गते १५:१०

काठमाण्डू, २४ असोज– झापामा नालीभित्र एक युवकाको शव भेटिएको छ । झापाको दमक नगरपालिका–७ पशुहाटस्थित नालीभित्र अन्दाजी ५५ वर्षका एक पुरुषको शव फेला परेको हो । कर्कटपाताको छानो भएको पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र स्थानीयले आज शव देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us