समाचार

प्रचण्डको घरबाट २ गाडी पैसा सारिएको प्रचार प्रमाणित गर्न प्रचण्डको सचिवालयको चुनौती

२०८२ असोज २६ गते ११:५७

काठमाण्डू, २६ असोज– गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलन सुरु हुनुअघि ‘दुई वटा ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर अन्यत्र लगिएको भन्दै गरिएको प्रचारको नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गर्दै पुष्टि गर्न चुनौती दिएको छ ।...

विवेकशील साझाको आह्वानः जेनजीसहित वैकल्पिक शक्तिबीच एकता गरौं

२०८२ असोज २६ गते ११:३९

काठमाण्डू, २६ असोज– विवेकशील साझा पार्टीले जेनजीसहित वैकल्पिक राजनीतिक शक्ति र परिवर्तनकारी शक्ति, अभियान, समूह र अभियन्ताहरुको वृहत एकताका लागि अपिल गरेको छ । विवेककशील पार्टीका प्रवक्ता आशुतोष प्रधानले वक्तव्य जारी गर्दै समृद्ध नेपालका निम्ति वैकल्पिक राजनीतिक शक्ति, नयाँ दल, जेनजी आन्दोलनका अभियन्ता एवं...

जेनजीलाई गुटबन्दी र खुट्टा तानातान नगर्न शिक्षामन्त्री पुनको सुझाव

२०८२ असोज २६ गते ९:१५

काठमाण्डू, २६ असोज– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजीहरूलाई राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान नगर्न आग्रह गरेका छन । शिक्षामन्त्री पुनले सामाजिक सञ्जालमार्फत देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगर्न जेनजीलाई ६ बुँदामा सुझाव समेत दिएका छन । मन्त्री...

एमालेको सचिवालय बैठक बस्दै

२०८२ असोज २६ गते ९:०४

काठमाण्डू, २६ असोज– आज एमालेको सचिवालय बैठक बस्दै छ । हिजो (शनिबार) बस्ने भनिएको सचिवालयको बैठक स्थगित भएपछि आज (आइतबार) बिहान ११ बजे सचिवालयको बैठक बस्न लागेको स्रोतले जानकारी दिएको छ । रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबार बैठक स्थगित...

मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै

२०८२ असोज २६ गते ७:४५

काठमाण्डू, २६ असोज– आज (आइतबार) बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकन गर्न उर्जा, भौतीक तथा सहरी विकासमन्त्री कुलमान घिसिङ झापा जाने भएका छन । विपद् संकटग्रस्त क्षेत्र इलामको अवस्था अवलोकन गरेका उनी आज झापा पनि जान लागेका हुन् । झापाको कन्काई र बिरिङ खोलाको...

सुनसरीमा सफारी चालकको हत्या, छातीमा गोलीको दाग

२०८२ असोज २६ गते ७:३१

काठमाण्डू, २६ असोज– सुनसरीमा एक सफरी चालकको हत्या भएको छ । सुनसरीको रामधुनी नगरपालिका–२ तनमुनामा सिटीमा शनिबार साँझ साढे ५ बजे स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनको छातीमा गोली हानेको जस्तो दाग...

बस र स्कुटर ठोक्किदाँ एक जनको मृत्यु

२०८२ असोज २५ गते २१:०३

काठमाण्डू, २५ असोज– तनहुँको बिमलनगरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक गोरखाको धार्चे गाउँपालिका–७ का २८ बर्षीय पुनराम गुरुङ रहेको प्रहरीले जानकरी दिएको छ । तनहुँको आबुखैरेनीबाट डुम्रे जाँदै गरेको ग १ ख ९७०८ नम्वरको बस र...

देउवालाई शशांकको सुझावः तत्काल कार्यवाहक सभापति तोकेर मार्ग प्रशस्थ गर्नुस

२०८२ असोज २५ गते १८:१६

काठमाण्डू,२५ असोज कांग्रेस नेता डा. शशांक कोइरालाले पार्टीको केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन । आज (शनिबार) पार्टीको केन्द्रीय कार्यलय सानेपामा सञ्चारकर्मी सँग संक्षिप्त कुराकानी गर्दै कांग्रेस नेता कोइरालाले सभापति देउवालाई कार्यवाह सभापति तोक्न पनि सुझाव दिएका...

बागमतीको सभामुखमा ३ दलको दाबी

२०८२ असोज २५ गते १५:३५

काठमाण्डू,२५ असोज- बागमती प्रदेश सरकारमा रिक्त रहेको सभामुख पद पूर्तीको तयारीमा सरकार जुटेको छ । यो सँगै बागमतीमा कांग्रेस र एमालेले औपचारीक संवाद समेत सुरु गरेका छन । गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शको क्रममा सामाजीक सञ्जालमार्फत आफ्नो राजीनमा बुझाएका भुवनकुमार...

राष्ट्रपति पौडेल अस्पताल भर्ना

२०८२ असोज २५ गते १४:१७

काठमाण्डू २५ असोज– स्वास्थ्यमा समस्या आएसँगै राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन । शनिबार जेनजी प्रतिनिधिहरूसँग छलफल राखेका उनी अस्वस्थ भएपछि छलफल दुई दिन सारेर अस्पताल गएका हुन् । अस्पताल स्रोतका अनुसार, राष्ट्रपति पौडेल महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका...

भूमि आयोग खारेज भएसँगै १ हजार ४४४ जनाले रोजगारी गुमाए

२०८२ असोज २५ गते १४:०१

काठमाण्डू २५ असोज– बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको छ । यसअघि आयोग खारेजीको सैद्धान्तिक निर्णय गरेको सरकारले बिहीबारको बैठकबाट आयोग तथा जिल्लास्थित समितिहरू खारेज गर्ने निर्णय गरेको थियो । गठन आदेशमार्फत पछिल्लो पटक केपी ओली सरकारले गत वर्ष कात्तिकमा...

सामाखुसी चोकमा राजावादीहरूले प्रदर्शन

२०८२ असोज २५ गते १३:५५

काठमाण्डू २५ असोज– काठमाण्डूको सामाखुसी चोकमा आज (शनिबार) राजावादीहरूले प्रदर्शन गरेका छन् । शनिबार अपराह्न उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरूले यसअघि सामाखुसी चोकमा जम्मा भएर नारायणहिटी जाने कार्यक्रम तय गरेका थिए । तर हिजो जिल्ला प्रशासन कार्यालय काठमाण्डूले कुनै पनि आन्दोलनका कार्यक्रम गर्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us