काठमाण्डू, ३० असोज– राष्ट्रपति कार्यलय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजीबीच वार्ता सुरु भएको छ । गत सोमबारको लागि तय भएको वार्ता राष्ट्रपति पौडेल बिरामी भएपछि स्थगित भएको थियो । आज साढे ५ बजेपछि वार्ता जारी रहेको राष्ट्रपतिको सचिवालय स्रोतले जानकारी दिएको छ ।...
काठमाण्डू, ३० असोज– एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टीका पूर्वाध्यक्ष भीम रावल लगायतको कारबाही फिर्ता हुनुपर्ने बताएका छन । आज (बिहिबार) पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्ना भनाइ राख्ने क्रममा उनले रावल लगायतको कारबाही फिर्ता हुनुपर्ने तर्क गरेका हुन । त्यस्तै, उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको...
काठमाण्डू, ३० असोज– कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतले विशेष महाधिवशेन गर्दा जेनजी पुस्ता प्रतिनिधि हुन नपाउने बताएका छन । आज (बिहिबार) पार्टीको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा पूर्वमन्त्री समेत रहेका बस्नेतले यस्तो बताएका हुन । उनले विशेष महाधिवशेन गर्दा १४ औं महाधिवेशनकै प्रतिनिधि हुने...
काठमाण्डू, ३० असोज– ललितपुरबाट बिहीबार दिउँसो सशस्त्र प्रहरीले ५० किलोभन्दा बढी चाँदीसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको घोरसहन पूर्वी चम्पारण घर बताउने ३१ वर्षीय अभिषेख शेख रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन । उनलाई...
काठमाण्डू, ३० असोज– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि पुनः बस्ने भएको छ । बैठक भोलि बिहान ११ बजे पुनः बस्ने गरी आजको बैठक स्थगित भएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन । आजको बैठक सुरु गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष...
काठमाण्डू, ३० असोज– कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको हस्ताक्षर प्राप्त भएको केन्द्रीय समितिलाई जानकारी गराएका छन । कार्यवाहक सभापति खड्काले विशेष महाधिवशेनका लागि हस्ताक्षर गर्ने प्रतिनिधिहरुको जोड नियमित महाधिवेशन हुनुपर्नेमा रहेको पनि बताएका छन । उनले भने, ‘मलाइ विश्वास छ,...
काठमाण्डू, ३० असोज– कांग्रेसका नेता डा.शेखर कोइरालाले मंसिरमा नियमित महाधिवशेन हुनुपर्ने बताएका छन । कांग्रेसको भावी कदम बारे देशभित्र र बाहिरबाट समेत चासोका साथ हेरिएको उल्लेख गर्दै केन्द्रीय समितिको बैठकमा नेता कोइरालाले भने, ‘अन्य राजनीतिक दलहरु मंसिरमा अधिवेशन (सम्मेलन) गर्ने प्रक्रियामा जुटिसकेका छन् भने...
काठमाण्डू, ३० असोज– कांग्रेसका नेता डा.शेखर कोइरालाले विशेष महाधिवशेनको पक्षमा भएका हस्ताक्षर पार्टीको ऊर्जा थप्नकै लागि भएको तर्क गरेका छन । आज (बिहिबार) केन्द्रीय समितिमा आफ्नो धारणा राख्ने क्रममा नेता कोइरालाले यस्तो बताएका हुन । उनले विशेष महाधिवेशनको माग समेत नियमित महाधिवशेनले सिद्ध गर्नेमा...
काठमाण्डू, ३० असोज– गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरू निर्वाचनको बिथोल्न सक्रिय भएको बताएका छन । आज (बिहिबार) जिल्ला समन्वय समिति भक्तपुरको कार्यलय अनुगमनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो आरोप लगाएका हुन । गृहमन्त्री अर्यालले निर्वाचनको माहोल बिगार्न लाग्नेहरूलाई सरकारले सम्झाइबुझाइ गर्ने पनि...
काठमाण्डू, ३० असोज– प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबारमा मन्त्री परिष्दको बैठक सुरु भएको छ । यो नियमति बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।...
काठमाण्डू, ३० असोज– झापाको गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर बिहीबार दिउँसो तीन जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी रहेको जिल्ला प्रहरी...
काठमाण्डू, ३० असोज– सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीको पालामा नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ । त्यस सम्बन्धी निर्णय आजको मन्त्रिपरिषद् बैठकबाट गर्ने तयारी रहेको प्रधानमन्त्री कार्यलय उच्च स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषद्को बैठक अहिले जारी छ । सरकारले फिर्ता...