समाचार

विष्णु पौडेल रिहापछि रास्वपा सांसद न्यौपानेले भनेः न्यायालयबारे निर्मम समीक्षा गर्ने बेला भयो

२०८३ साउन २ गते १२:३३

काठमाण्डू, २ साउन– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको बताएका छन । विशेष अदालतले पूर्व मन्त्री एवं एमालेका नेता विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि रास्वपा सांसद न्यौपानेले यस्तो टिप्पणी गरेका...

महाकाली नदीमा फसेका पुरुषको सशस्त्र र नेपाल प्रहरीद्वारा उद्धार

२०८३ साउन २ गते १२:२१

महेन्द्रनगर– सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले कञ्चनपुरको महाकाली नदी टापुमा फसेका व्यक्तिको उद्धार गरेका छन् । नदीमा फसेका काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–६ का ५२ वर्षीय उमेश चौलागाईंको सकुशल उद्धार गरिएको हो । उद्धारमा सशस्त्र प्रहरी बल नम्बर–३५ शैलेश्वरी गणअन्तर्गत दोधारा–चाँको देवीस्थानमा विपद् व्यवस्थापन टोली...

राजबिराज कारागारमा कैदीबन्दीको आन्दोलन, मट्टीतेल खन्याएर आत्मदाह प्रयास

२०८३ साउन २ गते ११:५२

काठमाण्डू, २ साउन– सप्तरीको राजबिराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त अवस्था सिर्जना भएको छ । सप्तरीको राजबिराज नगरपालिका–६ स्थित कारागारमा जेलर मण्डलले चौकीदार नियुक्तिका नाममा ठूलो आर्थिक चलखेल गर्दै कैदीबन्दीहरूबाट रकम असुलेको आरोप लगाउँदै उनीहरू...

झापामा कारको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गयो

२०८३ साउन २ गते १०:४१

काठमाडौं- झापाको गौरीगञ्जमा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज–२ स्थित कृष्ण खोला नजिक भएको दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका ३० वर्षीय मोहम्मद नुर इस्लाम र ३५ वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको प्रहरीले जनाएको छ...

बालेनलाई देवेन्द्रराज पाण्डेको अन्तिम सुझाव : ‘यार होइन, अनुभवी व्यक्तिको साथ लिनू’

२०८३ साउन २ गते ९:२६

काठमाडौं-  नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेले निधन हुनुअघि रास्वपा/बालेन नेतृत्वको सरकारलाई अनुभवी र दूरदर्शी व्यक्तिहरूको साथ लिएर शासन सञ्चालन गर्न सुझाव दिएका थिए । सरकारको सफलता कुनै व्यक्ति वा दलको नभई मुलुककै हितमा हुने उनको भनाइ थियो । गत असार १८ गते...

महाराजगन्जमा पाँच सवारीसाधन ठोक्किँदा १० जना घाइते, भारतीय नम्बरको कार पनि दुर्घटना

२०८३ साउन २ गते ९:१८

काठमाडौं-काठमाडौंको महाराजगन्जस्थित चक्रपथमा शुक्रबार साँझ पाँच वटा सवारीसाधन एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । दुर्घटनामा भारतीय नम्बर प्लेटको कारसमेत संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चाबहिलबाट चक्रपथतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०६ डीडी ६०६३ नम्बरको कार, बा २...

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशमा भारीदेखि अति भारी वर्षाको चेतावनी

२०८३ साउन २ गते ९:१३

काठमाडौं-जल तथा मौसम विज्ञान विभागले आज देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार पहाडी तथा तराईका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । हिमाली क्षेत्रमा भने वर्षासँगै केही स्थानमा हिमपातसमेत हुन...

देवेन्द्रराज पाण्डेको योगदान नेपाली इतिहासमा सधैं स्मरणीय रहनेछ:गगन थापा

२०८३ साउन २ गते ९:१०

काठमाडौं- कांग्रेस सभापति गगन थापाले अग्रणी नागरिक अगुवा तथा पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रले प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रको सजग पहरेदार गुमाएको बताएका छन् । ८७ वर्षको उमेरमा शुक्रबार निधन भएका पाण्डेप्रति शनिबार फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै...

देउवाको हात भाँचिएको समाचार असत्य:सचिवालय

२०८३ साउन २ गते ९:०२

काठमाडौ-  कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको हात भाँचिएको भन्ने समाचार पूर्ण रूपमा असत्य र निराधार रहेको उनको सचिवालयले जनाएको छ । सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै सचिवालयले पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यममा देउवा लडेर हात भाँचिएको भन्ने आशयका अपुष्ट र...

देवेन्द्रराज पाण्डेको निधनले मर्माहत छु: प्रचण्ड

२०८३ साउन २ गते ८:५४

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । ८७ वर्षको उमेरमा शुक्रबार निधन भएका पाण्डेप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले उनको निधनको खबरले आफू अत्यन्त मर्माहत...

विष्णु पौडेलको रिहाइपछि एमाले नेता विष्णु रिजालको टिप्पणी : ‘अदालतले मुद्दा निराधार रहेको पुष्टि गरिदियो’

२०८३ साउन २ गते ८:४४

काठमाडौं-एमाले नेता विष्णु रिजालले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिहाइसँगै सरकारले उनीविरुद्ध प्रमाण पेश गर्न नसकेको दाबी गरेका छन् । शनिबार फेसबुकमा धारणा सार्वजनिक गर्दै रिजालले पौडेललाई २५ दिन हिरासतमा राखेर चर्को मिडिया ट्रायल, चरित्रहत्या र निराधार आरोप लगाइएको भए पनि विशेष अदालतले रिहा गरेको...

डडेल्धुरामा जिप दुर्घटना: दुईको मृत्यु, तीन जना घाइते

२०८३ साउन २ गते ८:३७

डडेल्धुरा — भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुरामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार बिहान करिब २ बजे धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप अमरगढी नगरपालिका–७ खस्र्याखानमा सडकबाट करिब ३००...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us