काठमाण्डु, २० असार– बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको करिब २३ लाख मात्रा नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले बताए । उनका अनुसार २२ लाख ९९ हजार २०० मात्रा खोप नेपाल...
काठमाण्डु, २० असार– गृह मन्त्रालयले नवनियुक्त तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदस्थापन लगत्तै काज सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, ट्राफिक प्रहरी कार्यालय रामशाहपथ र प्रहरी शिक्षालय भरतपुरमा डिआईजी खटाइएको छ । यसअघि ती तीनै स्थानमा प्रहरी वरिष्ठ उपरीक्षक...
काठमाण्डु, १९ असार– रौतहटमा दुई भारतीय युवकको शव फेला परेको छ । रौतहटको चन्द्रपुर–१ पौराही नुनथरस्थित मागमति नदी किनारमा उनीहरुको शव भेटिएको हो । उनीहरु शनिबार खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । भारत सीतामढीका २४ वर्षीय मयंक अग्रवाल र वर्ष २१ का...
काठमाण्डु, १९ असार– तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यको बैठक बसेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल तथा नगठित नेकपा एकता राष्ट्रिय अभियानका...
काठमाण्डु, १९ असार– अर्थ मन्त्रालयले अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद बैठकमा बजेट भाषण प्रस्तुत गर्नुभन्दा एक दिनअघि १४ जेठको सिसी टिभी फुटेज डिलिट भएको जनाएको छ । बजटे निर्माणका क्रममा अनाधिकृत व्यक्तिहरु अर्थ मन्त्रालयमा प्रवेश गरी अमुक स्वार्थ समूहलाई फाइदा हुने गरी करका दर...
काठमाण्डु, १९ असार– एमालेले सरकार नेतृत्वकर्ता दल काँग्रेसले नेकपा माओवादी केन्द्र र आफैंबाट अलग भएर बनेको नेकपा (एकीकृत समाजवादी) लाई अपमान गरेको निस्कर्ष निकालेको छ । एमाले सचिवालयको आइतबारको बैठकमा सत्ता गठबन्धन र सरकारका गतिविधिबारे कुराकानी भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।...
काठमाण्डु, १९ असार– एमालेले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार हराउन भूमिका खेल्नेमाथि छानबिनका लागि कार्यदल गठन गरेको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा उप–महासचिव विष्णु रिमाल...
काठमाण्डु, १९ असार– परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण नरोकिने स्पष्ट गरेको छ । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्रीको भ्रमणबारे आवश्यक तयारी भइरहेको बताइन् । तयारी सकिएपछि मिति घोषणा हुने जानकारी उनले दिइन् । अमेरिकी राज्य सहायता कार्यक्रम (एसपीपी)...
काठमाण्डु, १९ असार– शिक्षामन्त्री देवेन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई माओवादीमा फिर्ता ल्याउन लागिएको बताएका छन् । पौडेलले माओवादी केन्द्रभित्र बाबुरामलाई फिर्ता ल्याउनेबारे छालफल चलेको बताए । माओवादी केन्द्रीय समिति बैठकबाट बाहिरिने क्रममा आइतबार सञ्चारकर्मीसँग पौडेलले बाबुराम...
अछाम, १९ असार– अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छन् । हत्या आरोपमा किटानी जाहेर परेपछि प्रहरीले चलाउनेलाई आइतबार पक्राउ गरेको हो । उनीमाथि १७ वर्षीय किशोर विनोद शाहीको हत्यामा संलग्न रहेको आरोप लागेको छ । कक्षा १० मा अध्ययनरत विनोद...
हुम्ला, १९ असार– हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोजेको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरुले ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका जर्मन नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई लुट्ने प्रयास गरेका थिए। नाम्खा गाउँपालिका–५ नारा लेकबाट हिल्सातर्फ जाँदै गरेका...
काठमाण्डु, १९ असार– माओवादी केन्द्रले काँग्रेसले गठबन्धनमा धोका दिएका कारण स्थानीय तह निर्वाचनमा सोचेजस्तो परिणाम नआएको निस्कर्ष निकालेको छ । केन्द्रीय समितिको आइतबार सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा काँग्रेस गठबन्धनप्रति इमान्दार नभएको उल्लेख छ । आफू बलियो भएको स्थानमा...