समाचार

ओली पथमा बालेनः भीम रावल

२०८३ वैशाख १८ गते १५:२२

काठमाण्डू, १८ वैशाख– पूर्व मन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले अध्यादेश ल्याउँदा र संवैधानिक परिषद्सम्बन्धी कानुनी व्यवस्था परिवर्तन गर्दा संविधान निर्माणको बेला भएका छलफल र निष्कर्ष तथा वर्तमान शासन प्रणालीको मान्यतालाई ध्यान दिनुपर्ने तर्क गरेका छन । छिटोको नाममा विधि, प्रणाली, प्रक्रिया,...

रिमाको पोस्टबाट ८ घण्टापछि ‘सरकार’ गायब

२०८३ वैशाख १८ गते १५:१७

काठमाण्डू, १८ वैशाख– सांसद विश्वकर्माले हिजो लेखेको एउटा स्टाटसमा तिव्र प्रतिक्रिया सामना गर्नुपरेपछि सच्याएकी छन् । सांसद विश्वकर्माले ८ घन्टापछि स्टाटसबाट ‘सरकार’ शब्द हटाएकी हुन । सिन्धुलीमा प्रहरी हिरासतभित्र मृत भेटिएका दलित युवकको जाहेरी दर्ता नगरिएको भन्दै रिमाले फेसबुकमा सरकारप्रति आक्रोश व्यक्त गरेकी थिइन्...

मेरो सदस्यता होल्डमा छ, म अहिले पनि एमाले हुँः विद्या भण्डारी

२०८३ वैशाख १८ गते १५:०३

काठमाण्डू, १८ वैशाख– पूर्वराष्ट्रपति विद्या भण्डारीले आफूले नेकपा एमालेको सदस्य नवीकरण गरिसकेको भए पनि अहिले होल्डमा रहेको बताएकी छन । आज (शुक्रबार) नुवाकोट पुगेकी पूर्व राष्ट्रपति भण्डारीले पार्टीका नेता कार्यकर्तासँग कुरा गर्दै एमाले देशभक्त र राष्ट्रवादीहरूको सङ्गठन भएको बताइन् । उनले भनिन्, ‘एमाले देशभक्त...

बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

२०८३ वैशाख १८ गते १४:४१

काठमाण्डू, १८ वैशाख– प्रहरीले बलात्कार मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको कौडेना गाउँपालिका–५ मोतिपुर बस्ने २१ वर्षीय अरुण कुमार यादव रहेको प्रहरीले जनाएको छ । उनलाई वडा प्रहरी कार्यालय श्रीपुर, पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीविरुद्ध सर्लाही...

नेपाल र यूएईबीचको खेल पानी परेर रोकियो

२०८३ वैशाख १८ गते १४:३७

काठमाण्डू, १८ वैशाख– त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकीएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले यूएईसामु २९० रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट...

सुकुमवासी बस्ती छेउका घरधनीले टाँसे लालपुर्जा

२०८३ वैशाख १८ गते १४:२५

काठमाण्डू, १८ वैशाख– सरकारले काठमाण्डूका अव्यवस्थित र सुकुमवासी बस्ती हटाउने काम जारी राखेको छ । दोस्रोचरण अन्तर्गत आज शुक्रबार बल्खु, माछापोखरी, शंखमुललगायत क्षेत्रमा अहिले डोजसरले घररटहराहरुमा डोजर लगाउने कार्य जारी छ । सुकुमवासी बस्ती भत्काउने क्रममा लालपुर्जा भएका घरधनीले आफ्नो घर पनि भत्किने त्रासमा...

रोल्पा दुर्घटनामा रुकुम पूर्वका एकै परिवारका ७ जनाले गुमाए ज्यान

२०८३ वैशाख १८ गते १४:२१

काठमाण्डू, १८ वैशाख– रोल्पाको थवाङ गाउँपालिका–१ जलजला भन्ने ठाउँमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना एउटै परिवारका सदस्यहरू भएको खुलेको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ टाकुरा भन्ने ठाउँका एकै परिवारका ७ जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बीरेन्द्र बस्नेतले जानकारी दिएका छन । उनका...

शंखमुलमा पनि चल्यो डोजर

२०८३ वैशाख १८ गते १४:१६

काठमाण्डू, १८ वैशाख– काठमाण्डूको शंखमुल क्षेत्रमा रहेको सुकुमवासी बस्तीमा पनि डोजर चलेको छ । सरकारले दोस्रो चरणअन्तर्गत काठमाण्डू उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासीमा डोजर चलाउन सुरु गरेको हो । आजै सरकारले बल्खु, माछापोखरीलगायत क्षेत्रमा पनि डोजर चलाएको थियो । जिल्ला प्रशासन...

बालाजु क्षेत्रका घर–टहरा पनि भत्काइयो

२०८३ वैशाख १८ गते ११:५५

काठमाण्डू, १८ वैशाख– काठमाण्डू महानगरपालिका वडा नम्बर १६ बालाजु क्षेत्रको खोला किनारमा बनाइएका घर टहरा पनि भत्काइएको छ । कतिपयले आफ्नो घर आफैं भत्काएका छन् । उनीहरुले घरका सामान अन्येत्र सारिरहेका छन् । सो क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी अनाधिकृत रुपले बनाइएका घर टहरा...

बुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा

२०८३ वैशाख १८ गते ११:५०

काठमाण्डू, १८ वैशाख– बुद्ध जयन्तीकै दिन आज काठमाण्डूको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा पनि डोजर लगाएर भत्काइएको छ । २०७८ साल कात्तिक १३ गते दर्ता भएको साङ्गे छोइलिङ्ग गुम्बा आज वैशाख १८ गते शुक्रबार वैशाख शुक्ल पूर्णिमाको दिन भत्काइएको हो । सार्वजनिक जग्गा अतिक्रमण गरी...

रोल्पा दुर्घटनामा छतबाट खसेपछि रूखको जरा समातेर बाँचेका भाग्यमानी समिर

२०८३ वैशाख १८ गते ११:४४

काठमाण्डू, १८ वैशाख– रोल्पामा २० जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनामा ३२ वर्षीय समीर कामीले आफ्नो ज्यान जोगाउन सफल भएका छन । रूकुम पूर्वको सिस्ने गाउँपालिका–५ का समिर जीपको छतमा बसेर यात्रा गरिरहेका थिए । छतमा उनीसँगै अर्का एक जना पनि थिए। पहाडको...

रोजगारी बढोस्, श्रमिक सुरक्षित होऊन्, नाफाको न्यायोचित वितरण होस्ः ओली

२०८३ वैशाख १८ गते ११:३७

काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राज्यमा मानव गरिमाको रक्षा गर्न, श्रमिकहरूको सुरक्षा र सम्मान कायम गर्न उनीहरूको विश्वव्यापी अधिकार सुनिश्चित हुनु पर्ने बताएका छन । आज (शुक्रबार) १३७ औं मे दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पूर्व प्रधानमन्त्री ओलीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us