रिमाको पोस्टबाट ८ घण्टापछि ‘सरकार’ गायब

काठमाण्डु टुडे २०८३ वैशाख १८ गते १५:१७ मा प्रकाशित

काठमाण्डू, १८ वैशाख– सांसद विश्वकर्माले हिजो लेखेको एउटा स्टाटसमा तिव्र प्रतिक्रिया सामना गर्नुपरेपछि सच्याएकी छन् । सांसद विश्वकर्माले ८ घन्टापछि स्टाटसबाट ‘सरकार’ शब्द हटाएकी हुन ।

सिन्धुलीमा प्रहरी हिरासतभित्र मृत भेटिएका दलित युवकको जाहेरी दर्ता नगरिएको भन्दै रिमाले फेसबुकमा सरकारप्रति आक्रोश व्यक्त गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘पिडित परिवारले किटानी जाहेरी दर्ता गर्न खोज्दा सिन्धुली प्रहरी र सिन्धुली सरकारी वकिलको कार्यालयले जाहेरी लिन अस्वीकार गरेछ ।

जाहेरी समेत दर्ता नभएपछि जनताले न्याय कसरी पाउँछन् सरकार ?’ रिमा अहिले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद छिन् ।

आफ्नै पार्टीको सरकारलाई फेसबुकबाट प्रश्न गरेको र पीडितका नाममा राजनीति गर्न खोजेको भन्दै उनको आलोचना भएको थियो । त्यसपछि उनले स्टाटस इडिट गरेर ‘सरकार’ शब्दमा कैंची लगाएकी हुन् । उनको स्टाटसमा ३ हजारभन्दा बढी कमेन्ट आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us