काठमाण्डू, १८ वैशाख– प्रहरीले बलात्कार मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको कौडेना गाउँपालिका–५ मोतिपुर बस्ने २१ वर्षीय अरुण कुमार यादव रहेको प्रहरीले जनाएको छ ।
उनलाई वडा प्रहरी कार्यालय श्रीपुर, पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीविरुद्ध सर्लाही बलात्कार मुद्दा रहेकाले अनुसन्धानका लागि सर्लाही पठाइएको पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले जानकारी दिएका छन ।