राजनीति

सात दिनभित्र कार्ययोजना ल्याउन राज्यमन्त्रीको निर्देशन

२०७४ चैत ८ गते १५:२२

काठमाण्डु, ८ चैत – सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मातहातका निकायलाई सात दिनभित्र आ–आफ्ना निकायको परिणाममुखी कार्ययोजना ल्याउन निर्देशन दिएका छन् । मन्त्रालयमा आज आयोजित कार्यक्रममा उनले मातहतका संघसंस्थाका प्रमुखलाई आगामी तीन–चार महिनाभित्र लागू हुने गरी उद्देश्य र लक्ष्यसहितको कार्ययोजना ल्याउन निर्देशन...

प्रमाणसहित पक्राउ परेका गणेश लामा भन्छन्ः पेस्तोल मेरो होइन

२०७४ चैत ८ गते १५:१७

काठमाण्डु, ८ चैत – गत फागुन ३० गते राति काठमाण्डुको गौशालाबाट पेस्तोलसहित पक्राउ परेका ‘गुण्डा नाइके’ गणेश लामाबाट बरामद पेस्तोल आफ्नो नभएको प्रहरीमा बयान दिएका छन् । ६ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ परेका लामाले सुरूदेखि पेस्तोल आफ्नो नभएको दाबी गर्दै आएका छन्...

वैदेशिक रोजगार विभागका कर्मचारीलाई हाजिर नगराउन श्रममन्त्रीको निर्देशन

२०७४ चैत ८ गते १५:०६

काठमाण्डु, ८ चैत – श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले दरबन्दीमा रहेका बाहेकका कुनै पनि कर्मचारीलाई वैदेशिक रोजगार विभागमा हाजिर नगराउन निर्देशन दिएका छन् । विभागबाट सरुवा हुन अस्वीकार गर्दै दरबन्दीभन्दा बढी कर्मचारी बसेको पाइएपछि बिष्टले दरबन्दीविना नै विभागमा बसिरहेका कुनै कर्मचारीको हाजिरी रोक्न निर्देशन...

फास्ट ट्र्याकको निरीक्षणपछि रक्षामन्त्रीले सेनाको प्रशंशा गर्दै यसो भने

२०७४ चैत ८ गते १४:५२

बारा, ८ चैत – रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको मुख्य एजेन्डा आर्थिक विकास र समृद्धि रहेको बताएका छन् । निर्माणाधीन निजगढ–काठमाण्डु द्रुतमार्गको बिहिबार निरीक्षणपछि निजगढमा स्थानीयलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सबैको सद्भाव र सहयोग लिएर सरकार अघि बढ्ने बताए । ‘राजनीतिक प्रतिकुलतासँग लड्ने समय समाप्त...

बुढा नेतालाई खिस्सी गर्दै बाबुरामले युवालाई यसरी उकासे

२०७४ चैत ८ गते १४:१७

चितवन, ८ चैत – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पुरानो पुस्ताका नेताहरुले नयाँ राजनीतिक खेल खेल्न नसक्ने दावी गरेका छन् । नयाँ शक्ति पार्टी, नेपाल प्रदेश ३ र ४ ले संयुक्त रुपमा चितवनको भरतपुरमा आयोजना गरेको चौंथो संघीय परिषद्को विस्तारित बैठकको भाव...

धेरै फेसबुक चलाउनेहरु होसियार ! मुख्यमन्त्रीले गरे यस्तो घोषणा

२०७४ चैत ८ गते १३:४४

भक्तपुर ८ चैत – प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गर्ने बताएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले ६ नं प्रदेश गरिबी र आर्थिक अभावका बिच अथाह सम्भावना बोकेको प्रदेश भएको बताउँदै...

प्रदेश ३ का मूख्य न्यायाधिवक्ता शपथ लिए

२०७४ चैत ८ गते १३:२३

हेटौंडा, ८ चैत – प्रदेश ३ का मूख्य न्यायाधिवक्ता सूर्यचन्द्र उपाध्याय न्यौपानेले पद तथा गोपनियताको शपथ लिएका छन् । न्यौपानेलाई बिहीबार प्रदेश ३ को प्रदेश कार्यालय हेटौँडामा शपथ गराइएको हो । उच्च अदालत पाटनका मूख्य न्यायाधीश प्रकाशकुमार ढुंगानाले न्यौपानेलाई सपथ ग्रहण गराएका थिए ।...

अदालतमा वाणिज्य इजलासका न्यायाधीशले एकै पटक बिदा नपाउने

२०७४ चैत ८ गते १२:२१

काठमाण्डु, ८ चैत – विभिन्न उच्च अदालतमा वाणिज्य इजलास हेर्न तोकिएका न्यायाधीशले एकैपटक बिदा लिन नपाउने भएका छन् । यस्ता इजलासमा न्यायाधीशको संख्या हेरि पालैपालो बिदा स्वीकृत गर्ने निर्णय भएको सर्वोच्च अदालतले जनाएको छ । बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले वाणिज्य इजलास खाली गरेर...

चैत २३ गते प्रधानमन्त्री अ‍ोली भारत भ्रमणमा जाने

२०७४ चैत ८ गते १२:१०

काठमाण्डु, ८ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले यही महिना भारत भ्रमण गर्ने तयारी भइरहेको छ । । उनी चैत २३ देखि २५ सम्म भारत आउने घोषणा केहि दिनमा हुने छ । ओलीले पहिलो भ्रमण भारतलाई रोजेका छन् । नेपाली अधिकारीका अनुसार नेपाल र...

एसईई परीक्षा दिइरहेका विद्यार्थीकै अगाडि शिक्षामन्त्रीले चिटको कुरा गरेपछि…

२०७४ चैत ८ गते ११:३०

काठमाण्डु, ८ चैत – शिक्षामन्त्री गिरिराजमणि पोखरेल एसईई परीक्षाको निरीक्षण गरेका छन् । रत्नराज्य स्कूल मध्य बानेश्वर र आदर्श मावी ठिमी पुगेर उनले निरीक्षण गरेका हुन् । लेटर ग्रेडिङ सुरु गिरिराजले नै गरेका थिए । परीक्षाको निरीक्षणपछि शिक्षामन्त्री पोखरेलले शिक्षा भनेको पास फेलको चिन्ता...

नेपालमा खस–आर्यविरुद्ध बोल्दा ईयू फस्यो !

२०७४ चैत ८ गते ११:२६

काठमाण्डु, ८ चैत – नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले युरोपियन युनियनको प्रतिवेदनप्रति आपत्ति जनाएको छ । इयूले खस–आर्य कलस्टरबारे व्यक्त गरेको धारणाको चौतर्फी विरोध भइरहेका बेला मसालले विज्ञप्ति जारी गर्दै यसप्रति आपत्ति जनाएको हो । मसालले ईयूको निर्वाचन पर्यवेक्षणसम्बन्धी प्रतिवेदनले नेपालको आन्तरिक सद्भावलाई खलबल्याउने मनसाय...

सातै प्रदेशका मूख्यमन्त्रीलाई प्रधानमन्त्रीले दिए २० बुँदे निर्देशन, के भने ?

२०७४ चैत ८ गते ११:१७

काठमाण्डु, ८ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्री, प्रदेश सचिव र मुख्य न्यायाधिवक्तासँग छलफल गरेका छन् । सिंहदरबारमा भएको ६ घन्टा लामो छलफलमा ओलीले मुख्यमन्त्रीलाई केन्द्र र प्रदेश सरकारको अबको लक्ष्य आर्थिक विकास र समृद्धि भएको बताए । प्रधानमन्त्रीले सो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us