राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, अधिकांश नेता देउवामाथि खनिए

२०७४ चैत १० गते १०:१४

काठमाण्डु, १० चैत – निर्वाचन समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल गर्न डाकिएको कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । शुक्रबारबाट सुरु बैठकको पहिलो दिन नेताहरुले समसामयिक राजनीति र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको परिणामबारे समीक्षा गरेका थिए । अहिले बिहान १० बजे पार्टी...

गभर्नरबाट चिरञ्जीवी नेपाल आउट !

२०७४ चैत १० गते १०:०६

काठमाण्डु, १० चैत – नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाललाई पदबाट हटाउने चलखेल सुरु भएको छ । नेपाली कांग्रेस नेतृत्वको सरकारद्वारा नियुक्त नेपाललाई एपेक्स डेभलपमेन्ट बैंकका उच्च अधिकारीसँग मिलेर फाइल लुकाउन सहयोग गरेको आरोपमा हटाउने खेल सुरु भएको हो । उनी ५ वर्षका लागि...

प्रचण्डको निर्देशनपछि सातदोबाटो चापागाउँ सडकको काम अघि बढ्यो, बैशाख १५ भित्र कालोपत्रे हुने

२०७४ चैत ९ गते १६:३४

काठमाण्डु, ९ चैत – सातदोबाटोदेखि खुमलटारसम्म झन्डै एक किलोमिटर सडकखण्ड कालोपत्रे हुने भएको छ । ठेक्का सम्झौता भएको चार वर्ष बित्दासमेत सडकखण्डको काममा प्रगति नहुँदा स्थानीय जनताले सास्ती खेप्दै आएका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काठमाण्डुको लाजिम्पाटबाट ललितपुरको खुमलटार हाइटमा बसाई सरेपछि स्थानीयवासीको...

यी हुन् देउवामाथि सिंहले लगाएका आरोप !

२०७४ चैत ९ गते १६:०५

काठमाण्डु, ९ फागुन – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वमाथि भोलि प्रधानमन्त्री पद जोखिममा पर्ला भनेर कांग्रेसले भारतीय नाकाबन्दीको विरोध गर्न नसकेको आरोप लगाएका छन् । साथै प्रधानमन्त्री पदको हतार गरेर प्रचण्डसँग मिलेर केपी ओली सरकार ढाल्दा कांग्रेसले चुनाव हार्नु परेको उनले बताएका...

न्यायपालिकाको शक्ति जनविश्वासः राष्ट्रपति भण्डारी

२०७४ चैत ९ गते १५:२३

नेपालगञ्ज, ९ चैत – राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक राजनीतिक उपलब्धिलाई थप सुदृढीकरण गरेर राजनीतिक स्थायित्वसहित आर्थिक समृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सबै नेपाली एकजुट हुनुपर्ने बताएकी छन् । नेपाल बार एशोसिएसनले आज यहाँ आयोजना गरेको १४औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै...

आमसञ्चार नीतिको आधारमा छिट्टै कानून बन्छः राज्यमन्त्री बाँस्कोटा

२०७४ चैत ९ गते १५:१६

काठमाण्डु, ९ चैत – सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय आमसञ्चार नीतिको आधारमा जतिसक्दो चाँडो कानून बनाउने बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १७ औँ स्थापना दिवसको अवसरमा यहाँ आज आयोजित सामुदायिक रेडियोको नीति एवं स्थानीय तहसँगको साझेदारी’ विषयक...

कार्यसमिति बैठकमा निर्वाचनपछिको परिस्थितिको समीक्षा गर्दै कांग्रेस

२०७४ चैत ९ गते १४:०५

काठमाण्डु ९ चैत – प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्वाचनपछिको परिस्थितिका बारेमा समीक्षा गर्न शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार मध्याह्न १२ बजेदेखि शुरु भएको बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न उक्त निर्वाचनमा कांग्रेसले...

युरोपियन युनियन पर्यवेक्षक मिसनद्धारा रिपोर्ट सच्याउन अस्वीकार

२०७४ चैत ९ गते १२:३२

काठमाण्डु, ९ चैत – युरोपियन युनियन (ईयू) निर्वाचन पर्यवेक्षण मिसनले आफ्नो रिपोर्ट सच्याउन अस्वीकार गरेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अनुगमन गर्न आएको ईयूको पर्यवेक्षण मिसनले खसआर्यको आरक्षण खारेज गर्न सुझाव दिएपछि सरकारले आपत्ति जनाएको थियो । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै अनुगमनकर्ताहरुको...

नेता खुमबहादुर खड्काको स्वास्थ्य जटिल, स्वास्थ्य लाभको कामना गर्दै पूजा

२०७४ चैत ९ गते १२:१८

काठमाण्डु, चैत ९ – नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य बिग्रिँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको छ । खड्काको स्वास्थ्य जटिल बनेको जानकारी पाएलगत्तै गृहजिल्ला दाङका शुभेच्छुक कार्यकर्ताहरुले मन्दिरमा पूजाआजा गर्न थालेका छन् । मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्काको उपचार भारतको...

काँग्रेसको पराजय गम्भीर

२०७४ चैत ८ गते २२:०६

नुवाकोट, ८ चैत– नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको दोस्रो जिल्ला सम्मेलन सदरमुकाम विदुरमा निर्वाचित जिल्ला कोषाध्यक्षहरुलाई पार्टीको महासमितिमा प्रतिनिधित्व गराउनुपर्ने मागसहितका ११ बुँदे निर्णय गर्दै बिहीबार सकिएको छ । कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिको दोस्रो सम्मेलनले बैंक खाता नखोलेका जिल्ला शाखाले तीन महिनाभित्र बैंक खाता...

वर्षमानले दिए कुलमानलाई यस्तो निर्देशन

२०७४ चैत ८ गते २२:०२

काठमाण्डु, ८ चैत– ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले बदलिएको परिस्थितिअनुसार काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । जलउत्पन्न प्रकोप व्यवस्थापन विभागमा बिहीबार आयोजित कार्यक्रममा उनले देश संघीय संरचनामा गइसकेकाले खटिएको ठाउँमा गएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । मन्त्री पुनले सरकारी सम्पत्तिको...

कर्मचारी र बजेट देऊ कर्णाली प्रदेशलाई नमुना प्रदेश बनाउँछुः मुख्यमन्त्री शाही

२०७४ चैत ८ गते १७:४९

भक्तपुर, ८ चैत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनका लागि केन्द्रीय सरकारलाई कर्मचारी र बजेट पठाउन माग गरेका छन् । आज भक्तपुरमा रफत क्लबले आयोजना गरेको कार्यक्रममा उनले भने – ‘बजेट र कर्मचारी अभावले प्रदेश सरकार सञ्चालनमा विभिन्न समस्या आउने गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us