राजनीति

सांसद राजभण्डारी र महावाणिज्यदूत थापा सम्मानित

२०७४ चैत १० गते १४:०८

काठमाण्डु, १० चैत – वरिष्ठ उद्योगी व्यवसायी दिव्यमणि राजभण्डारी प्रतिनिधिसभा सदस्यमा समानुपातिक तर्फबाट सांसद चयन भएकामा युरोपियन आर्थिक चेम्बर अफ नेपाल(इइसी) र नेपाल–जर्मन चेम्बर अफ कमर्श एक इण्डस्ट्रिज  ( एनजिसिसिआई)ले सम्मानित गरेको छ ।   आज यहाँ आयोजित कार्यक्रममा नेपालको औद्योगिक व्यवसायको क्षेत्रमा विशिष्ट...

समयमा काम नगर्ने ठेकेदारलाई मुख्यमन्त्रीले दिए यस्तो चेतावनी

२०७४ चैत १० गते १४:००

धनुषा, १० चैत – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले समयमै गुणस्तरीय काम नगर्ने दुई नम्बरी निर्माण व्यवसायीलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । प्रदेश नम्बर २ को निर्माण व्यवसायी महासंघको कार्यालय समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सरकारले निकालेको टेण्डरभन्दा कम रकममा...

जनताको समृद्धिका लागि सबैको सहयोग आवश्यक छः मुख्यमन्त्री राई

२०७४ चैत १० गते १३:३९

विराटनगर, १० चैत – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रलाई सबल, समृद्ध र सुदृढ बनाउन सबैको सहयोग आवश्यक रहेको बताउका छन् । लायन्स क्लब डिष्ट्रिक ३२५ ‘ए’ वनको छैटौँ वार्षिक सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले मुलुकको आर्थिक विकास र जनताको समृद्धिका...

एउटै मञ्चबाट प्रचण्ड, बादल र बस्नेतले गरे यस्तो घोषणा

२०७४ चैत १० गते १३:२२

काठमाण्डु, १० चैत – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनको सफाइ भए मात्र सबै क्षेत्रको सफाइ हुने बताएका छन् । ग्रिन सिटी अस्पतालको आयोजनामा भएको चक्रपथ सरसफाइ अभियानको ५०औँ हप्ताको विशेष समारोहमा आज यहाँ आयोजित कार्यक्रममा उनले भने, “सरसफाइसम्बन्धी मानसिक...

माअ‍ोवादी केन्द्रको बैठक किन खुमलटारमा बोलाइयो ?

२०७४ चैत १० गते १३:१३

काठमाण्डु, १० चैत – नेकपा एमालेसँग हुन लागेको पार्टी एकताका विषयमा छलफल गर्न माओवादी केन्द्रको कार्यालय बैठक जारी छ । बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसिरहेको हो । बैठकमा एमालेसँगको एकता प्रक्रिया अघि बढाउने विषयमा छलफल हुनेछ । कार्यालय बैठकपछि आजै...

वडा अध्यक्ष र सदस्यलाई कुट्ने को हुन् सुनिता दाहाल ?

२०७४ चैत १० गते १२:३९

सुनसरी, १० चैत – सुनसरीको दुहबी नगरपालिकाकी उपमेयर सुनिता दाहाल साहले वडा अध्यक्ष र सदस्यमाथि कुटपिट गरेकी छिन् । शुक्रबार दिउँसो कार्यालय हाताभित्रै उपमेरले श्रीमान बोलाएर उनीहरुमाथि कुटपिट गरेकी थिइन् । साहले दुहबीनगरपालिका–५ का वडा अध्यक्ष तथा सदस्यलाई कुटपिट गरेकी हुन् । ५ नम्बर...

‘जबज र माओवाद’ बाट दुवै पार्टी पछि हटे, कार्यदलले बनायो यस्तो प्रतिवेदन

२०७४ चैत १० गते ११:४९

काठमाण्डु, १० चैत – नेकपा एमाले र माअ‍ोवादी केन्द्र आफ्ना दुवै शिद्धान्तबाट पछि हटेका छन् । सिद्धान्तमा दुर्इ पार्टीबीच विवाद रहेको जनताको बहुदलीय जनवाद (जबज) र माओवादलार्इ भने छलफलका लागि थाँती राखिएको हो । एमालेले मान्दै आएको जबज र माओवादी केन्द्रले मान्दै आएको माओवादलार्इ...

लालबाबुलाई बाबुरामको सुझावः कर्मचारीलाई स्वेच्छिक अवकास हैन बर्खास्त गर्नुस् !

२०७४ चैत १० गते ११:३६

काठमाण्डु, १० चैत – संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले सुशासन र समृद्धिको वाचा पूरा गर्न कडा ऐन बनाएर कर्मचारीतन्त्रमा निर्मम शल्यक्रिया गर्न सुझाव दिएका छन् । कर्मचारी संगठनका आधिकारी ट्रड युनियनले मन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेकाले...

अब ठिक पार्छु भनेका लालबाबुलाई उल्टै कर्मचारीले दिए यस्तो चेतावनी

२०७४ चैत १० गते ११:१९

काठमाण्डु, १० चैत – निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन र विभिन्न कर्मचारी संगठनका नेताले स्वेच्छिक अवकाश कार्यान्वयन नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका पछिल्ला अभिव्यक्ति हुकुमी भएको...

सरसफाई अभियानमा पुगेर प्रचण्डले भनेः मनको सफाई आवश्यक छ

२०७४ चैत १० गते ११:१०

काठमाण्डु, १० चैत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सगरमाथाको चुचुरोबाट संसारलार्इ नयाँ सभ्यता र संस्कृतिको स‌न्देश दिन जरुरी रहेको बताएका छन् । चक्रपथ सरसफाई अभियानको ५० औ हप्ताको बिशेष समारोहमा सम्वोधन गर्दै प्रचण्डले संसारलार्इ नयाँ सभ्यता र संस्कृतिको स‌ंदेश दिन जरुरी...

सैनिक मुख्यालयमा चार मन्त्रीलाई वरीपरी राखेर ओलीले दिए यस्तो निर्देशन

२०७४ चैत १० गते १०:३१

काठमाण्डु, १० चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्रीहरुसहित सैनिक मुख्यालय जंगी अड्डा भ्रमण गरेका छन । प्रधानमन्त्री ओलीले शुक्रबार कार्यालय समयपछि गृह, अर्थ, परराष्ट्र मन्त्री सहित जंगी अड्डाको निरीक्षण भ्रमणमा गएका हुन् । नेपाली सेना विकास निर्माण, उत्पादन, प्रत्यक्ष सुरक्षा तथा रक्षा...

खुमबहादुर खड्कालाई निको पार्न कालिका मन्दिरमा पुजापाठ !

२०७४ चैत १० गते १०:२०

दाङ, १० चैत – नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको स्वास्थ लाभको कामना गर्दै दाङमा पुजापाठ गरिएको छ । नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ४ को सक्रियतामा तुल्सीपुरको सिद्वेश्वरी (कालिका) मन्दिरमा पुजापाठ गरिएको हो । नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us