हेटौँडा, १३ चैत – प्रदेश नं ३ को आज बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका छन् । बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गरेका थिए । आजको विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका...
काठमाण्डु, १३ चैत –नेपाली काँग्रेसको जारी केन्द्रिय समितीको वैठकमा निर्वाचनको समयमा टिकटलाई लिलामीमा राखिएको भन्दै नेतृत्वको आलोचना भएको छ । पाँच दिन अघिदेखि जारी वैठकमा आज बोल्ने केन्द्रीय सदस्यहरुले निर्वाचनको समयमा टिकट वितरणका क्रममा लिलामी गरिएको भन्दै आपत्ती जनाएका हुन् । केन्द्रीय सदस्य धनराज...
काठमाण्डु, १३ चैत – दोलखामा अवैध रुपमा भइरहेको बालुवा, गिटी, रोडाढुंगालगायत प्राकृतिक स्रोत साधनको उत्खनन् तथा मापदण्ड विपरितका क्रसर उद्योग तत्काल बन्द गर्न प्रदेश सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । प्रदेश नं ३ का आन्तरिक मामिला मन्त्री शालिकराम जमरकट्टेलले प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम...
काठमाण्डु, १३ चैत – विवेकशील साझा पार्टीका संयोज रवीन्द्र मिश्रले युरोपियन (ईयू) को प्रतिवेदनप्रति कडा टिप्पणी गरेका छन् । उनले पश्चिमा राष्ट्र र अन्तराष्ट्रिय संगठनलाई विषका थोपा चुहाउँदै हिँड्नको संज्ञा दिँदै ईयूको प्रतिवेदनको विरोध गरेका हुन् । मिश्रले सामाजिक सञ्जाल ट्विटरमा पश्चिममा राष्ट्र र...
काठमाण्डु, १३ चैत – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय कमिटीले ३० वर्षे उमेर हदबन्दी लगाएको छ । आज क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलनको निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय कमिटीमा रहने विद्यार्थीको उमेरको हदबन्दी ३० वर्ष तोकिएको क्रान्तिकारीका अध्यक्ष...
काठमाण्डु, १३ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार चेतन अधिकारीलाई प्रेस संयोजकमा नियुक्त गरेका छन् । ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि अधिकारी प्रेस संयोजक थिए । उनले चार वर्षदेखि ओलीको सञ्चार संयोजनको भूमिका निर्वाह गर्दै आएका थिए । ओली पहिलो पटक प्रधानमन्त्री...
काठमाण्डु, १३ चैत – नेकपा एमालेकी सांसद कोमल वलीले राष्ट्रिय सभाको बैठकमा लय हालेर सांसदहरुलाई कविता सुनाइन । मंगलवार बसेको राष्ट्रियसभाको बैठकमा दोस्रोपटक बोलेकी वलीले सार्दुल बिक्रीडित छन्दमा शहीदप्रति सम्मान गर्ने कविता सुनाएकी हुन् । ‘म कलाकारिता क्षेत्रको भएकोले त्यसरी नै आफ्ना कुरा राख्नुस्...
काठमाण्डु, १३ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखलाई सरकारका ६ वटा प्राथमिकता सुनाएका छन् । मंगलबार बालुवाटार बोलाएर ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालका साथै अर्थमन्त्री युवराज खतिवडालाई साथमा राखेर सम्बोधन गरेका थिए । सम्बृद्ध नेपाल र...
काठमाण्डु, १३ चैत – शेयर बजारमा निरन्तर आइरहेको गिरावटका विषयमा संसदमासमेत कुरा उठेको छ । राष्ट्रिय सभाको मंगलवार बसेको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले शेयर बजारमा भइरहेको गिरावटबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘शेयर बजारमा धनीहरूले मात्र होइन, साना लगानीकर्ताले पनि...
काठमाण्डु, १३ चैत – प्रधानमन्त्री केपी शर्मा ओली र काठमाण्डुस्थित विदेशी कुटनीतिक नियोग प्रमुखबीच भेटवार्ता भएको छ । मंगलबार बालुवाटारमा भेला भएका कुटनीतिज्ञलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका छन् । उनले बितेको दशकमा नेपाल एेतिहासिक रूपमा रूपान्तरण भएको बताए । ‘रूपान्तरण राजनीतिक रूपमा मात्र भएको...
काठमाण्डु, १३ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी कुटनीतिज्ञहरूसँग छलफल गरेका छन् । मंगलबार सरकारका नीति र प्राथमिकताबारे जानकारी दिन बालुवाटार भएको छलफलमा प्रधानमन्त्री केपी ओली, रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सहभागी छन् । तर, यो छलफलमा...
जनकपुर, १३ चैत – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो एक सय दिने कार्ययोजना प्रस्तुत गरेका छन् । उनले योजनामा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान पनि चलाउने भएका छन् । यो योजना अन्तर्गत नयाँ जन्मिने छोरीहरुको हकमा प्रदेश सरकारले विमा कम्पनीसँग साझेदारी गरेर...