राजनीति

राजपाका सांसदलाई क्यानडाका पूर्वमन्त्रीले संसदमा बस्न सिकाएपछि…

२०७४ चैत १४ गते १६:०२

काठमाण्डु, १४ चैत – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई क्यानडाका पूर्वमन्त्रीले संसदीय अभ्यासबारे प्रशिक्षण दिएका छन् । बुधबार काठमाण्डुको कुपन्डोलस्थित एक होटलमा पूर्वमन्त्री एवं सांसद जेरारड ल्याटिलिपले राजपाका १७ जना सांसदलाई प्रशिक्षण दिएका हुन् । युएसएड र एनडीआईको...

नेपालमा आर्थिक वृद्धि हासिल गर्न भारत र चीनको लगानी अनिवार्यः डा. श्रेष्ठ

२०७४ चैत १४ गते १५:५४

काठमाण्डु, १४ चैत – राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले प्रधानमन्त्री ओलीको भारत भ्रमणमा लगानीको विषयमा विशेष कुरा हुने विश्वास दिलाए । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘आजको दिनसम्म हेर्दा, नेपालमा भारत र चीनको बढि लगानी छ, अब पनि हामीले...

मोदीसँग ओलीले थोरै विषयमा धेरै लाभ लिनुहुन्छः डा. भट्टराई

२०७४ चैत १४ गते १५:३७

काठमाण्डु, १४ चैत्र – नेकपा एमालेका नेता एवम् नेपाल–भारत प्रवुद्ध समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा आर्थिक विषयमा विशेष कुराकानी हुने विश्वास दिलाएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता भट्टराईले भने,‘प्रधानमन्त्रीले...

मुख्यमन्त्री र मन्त्रीलार्ई औपचारिक कार्यक्रमकै चटारो

२०७४ चैत १४ गते १४:५९

महेन्द्रनगर, धनुषा, १४ – प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीलार्ई सभा, गोष्ठी र उद्घाटन कार्यक्रमले भ्याइनभ्याइ भएको छ । मुख्यमन्त्री भएको ४३ दिनमा मोहम्मद लालबाबु राउत गद्दीले यस्ता सभा, गोष्ठी र उद्घाटन जस्ता ५० भन्दा बढी कार्यक्रममा सहभागिता जनाइसकेका छन् । यसरी हेर्दा मुख्यमन्त्री...

आर्थिक रुपमा समृद्ध बनाउन जनताले दुईतिहाइ मत दिएः मन्त्री मगर

२०७४ चैत १४ गते १४:५७

रौतहट, १४ चैत – खानेपानीमन्त्री विना मगरले वर्तमान सरकार नेपाली जनताको अधिकार सुनिश्चित गर्ने लक्ष्यतिर अग्रसर भएको बताएकी छन् । रौतहटको कटहरिया नगरपालिकामा आयोजित कटहरिया साना सहरी खानेपानी तथा सरसफाइ संस्थाको शिलान्यास गर्दै मन्त्री मगरले नेपाली जनताले वाम गठबन्धनलाई आर्थिक रुपमा समृद्ध बनाउन दुईतिहाइ...

प्रचण्डलाई व्यंग्य गर्दै ओलीले भनेः मितबाको छोरो भए पनि लैजानुस् !

२०७४ चैत १४ गते १४:३९

काठमाण्डु, १४ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा मोआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि शब्द वाण प्रहार गरेका छन् । उनले प्रचण्डतर्फ संकेत गर्दै नेपाललाई सिङ्गापुर बनाउँछु भनेर भाषण गर्नेका अगाडि आफूले नेपाल बनाएर देखाउने बताएका छन् । ट्रेड युनियन महासंघ जिफन्टको सातौं...

न्यूनतम पारिश्रमिक र नियुक्तिपत्र कसैको दान नभएर पत्रकारको अधिकार होः अध्यक्ष आचार्य

२०७४ चैत १४ गते १४:१६

विराटनगर, १४ चैत – नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले न्यूनतम पारिश्रमिक पाउने अवस्था नभएसम्म नेपाली पत्रकारिताको विकास पूर्ण नहुने बताएका छन् । मंगलबार विराटनगरमा न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले पत्रकार महासंघले श्रमजीवी पत्रकारको हितका...

नेपालको विषयमा बोल्ने अधिकार ईयूलाई छैनः नेता गच्छदार

२०७४ चैत १४ गते १४:११

विराटनगर, १४ चैत – नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले युरोपियन युनियनको प्रतिवेदनले सर्वभौम राष्ट्रमाथिको हस्तक्षेप भएको टिप्पणी गरेका छन् । नेपाली जनताले वनाएको सार्वभौम संविधानबारे टिका टिपणी गर्ने अधिकार कुनै विदेशी राष्ट्रलाई नभएको उनले बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै नेता गच्छदारले भने,...

खुमबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे दिल्लीबाट आयो यस्तो खबर

२०७४ चैत १४ गते १४:०८

काठमाण्डु, १४ चैत – पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको स्वास्थ्यमा देखिएको समस्यामा सुधार नआएपछि डाक्टर थपिएको छ । ६ फागुनमा उपचारका लागि उनलाई भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो । खड्काको छातीमा गम्भीर संक्रमण देखिएपछि एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि...

इयू मिसनको प्रतिवेदन मैले बुझेको भन्ने हल्ला गलतः सभामुख महरा

२०७४ चैत १४ गते १३:४४

काठमाण्डु, १४ चैत – संघीय संसद प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका बारेमा तयार पारेको प्रतिवेदन सभामुख महराले बुझेको भनेर सामाजिक सञ्जालहरुमा भइरहेको बहस र विवादका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।...

नेपालमा सहयोग गर्न जापान तयार, मन्त्री बस्नेतलाई राजदूतले दिए यस्ताे सुझाव

२०७४ चैत १४ गते १३:३४

काठमाण्डु, १५ चैत – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि जापानी राजदूत ओगावा मासासिले बुधबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा राजदूत मासासिले मन्त्री बस्नेतलाई जापान सरकारका तर्फबाट कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै वन तथा वातावरण संरक्षणका क्षेत्रमा थप सहकार्य गर्न...

चिकित्सा शिक्षा अध्यादेश संसदमा पेश गर्ने सरकारको निर्णय, अब के गर्लान डा. केसी ?

२०७४ चैत १४ गते १२:४७

काठमाण्डु, १४ चैत – सरकारले चिकित्सा शिक्षा अध्यादेश संसदमा टेबल गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अध्यादेशलाई संसदमा पेश गर्ने निर्णय गरेका हुन् । ऐन सरह कार्यान्वयनमा आएको अध्यादेश संसद सुरु भएको ६० दिनभित्र पास गर्नुपर्छ । विधेयक पास गर्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us