राजनीति

फेसबुक बन्द गरेर चर्चामा आएका मुख्यमन्त्रीले फेरी गरे यस्ताे काम

२०७४ चैत १५ गते ११:०२

सुर्खेत, १५ चैत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मान्छेहरुको दिमागमा झाडु लगाउनु पर्ने बताएका छन् । केही गर्न सकिँदैन भन्ने गलत सोचयुक्त दिमागले विकास र समृद्धि सम्भव नभएको भन्दै उनले दिमागको फोहोर हटाउनु पर्ने आवश्यकतामा जोड दिए । अरुलाई काम अह्राउने तर आफूले...

आईजीपीमा भागबन्डाको माग राख्दै शैलेन्द्र देखाए यस्तो ‘पावर’

२०७४ चैत १५ गते १०:५३

काठमाण्डु, १५ चैत – नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्र प्रहरी बलका आईजीपी सिंहबहादुर श्रेष्ठले अवकास पाउने भएपछि आईजीपी बन्न प्रहरीमा दौडधुप सुरु भएको छ । आईजीपी अर्याल र श्रेष्ठले तीस बर्षे सेवा अवधिका कारण चैत २८ गते अवकाश पाउँदैछन् । अर्याल र...

प्रचण्डका घरबेटीले जनाए आपत्ती !

२०७४ चैत १५ गते १०:४२

काठमाण्डु, १५ चैत – निर्माण व्यवसायी शारदा अधिकारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीसंग नाम जोडेर आफ्नो चरित्र हत्या गरेको भन्दै आपत्ती प्रकट गरेका छन् । केही साप्ताहिक पत्रिका र अनलाइन मिडियामा ‘विप्लवलाई इन्काउन्टर गर्न गृहमन्त्री...

संघीय संसदमा राष्ट्रपतिले बोल्दै आज, बग्गीमा सवारी

२०७४ चैत १५ गते १०:१४

काठमाण्डु, १५ चैत – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद लाई आज पहिलो सम्बोधन गर्दै छिन् । सांसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे सुरु हुने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेकी हुन् । संघीय संसदको पहिलो अधिवेशनमा दुबै सदनको संयुक्त...

अब वर्षभर ८९ दिन मात्र सार्वजनिक बिदा हुने

२०७४ चैत १५ गते ७:३२

  काठमाण्डु, १५ चैत– सरकारले विसं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको छ...

केन्द्रले कर्णाली प्रदेश पठायो थोत्रा गाडी

२०७४ चैत १५ गते ७:२४

काठमाण्डु, १५ चैत– कर्णाली प्रदेशमा केन्द्र सरकारले थोत्रा गाडी पठाएपछि यहाँका मन्त्रीहरु हैरान भएका छन् । केन्द्रले पठाएका गाडीहरु मर्मत गर्दै, चढ्दै गरेर कर्णाली प्रदेशका मन्त्रीहरु हैरान भएका हुन् । प्रधानमन्त्री कार्यालयबाट बा १ झ ९१८८ नम्वरको स्कार्पियो गाडी दिइएको छ । उपलव्ध गराएको...

विप्लवका अध्यक्ष पत्रकार सम्मेलनबाटै पक्राउ

२०७४ चैत १४ गते २१:३२

नुवाकोट, १४ चैत–नेपाल कम्युनिष्ट पार्टीका नुवाकोट प्रमुखलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । विदुर नगरपालिका–२, बट्टारमा ‘ताम्सालिङ स्वायत्त प्रदेश जनपरिषद्’को कार्यक्रम बारे जानकारी दिन पत्रकार सम्मेलन गरिरहेका ‘नेकपा नुवाकोट जनपरिषद्’ प्रमुख विन्तोष सिलवाललाई पत्रकार सम्मेलनस्थलबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

राष्ट्रपति भण्डारीले पुनः सपथ लिनुपर्ने !

२०७४ चैत १४ गते २१:१५

काठमाण्डु, १४ चैत– सर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः शपथ गराउनुपर्ने माग राखी दायर गरिएको रिट निवदेन बुधबार दर्ता गरिएको छ । अधिवक्ता नारायण खरेलले उमेरहद सकिएका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको हुँदा पुनः शपथ गराउनुपर्ने मागसहितको रिट निवेदनमाथि न्यायाधीश र्इश्वरप्रसाद खतिवडाको एकल...

कांग्रेस प्रदेश ३ को प्रमूख सचेतकमा राधा घले चयन

२०७४ चैत १४ गते १७:१७

काठमाण्डु, १४ चैत – नेपाली कांग्रेस ३ नम्बर प्रदेशको संसदीय दलको प्रमूख सचेतकमा राधा घले चयन भएका छन् । घले समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन् । आज संसदीय दलका नेता ईन्द्र बानियाँको हेटौंडामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा घलेलाई चयन गरेको हो । त्यस्तै...

एमाले–माअ‍ोवादी एकताः जनयुद्ध र सूर्य चिन्हमा कुरा मिलेन

२०७४ चैत १४ गते १७:०६

काठमाण्डु, १४ चैत – एकीकृत पार्टीको विधान र सांगठनिक खाका तयार गर्न गठित एमाले र माओवादीको कार्यदलले केही बुँदामा अहसमतिसहित आफ्नो प्रतिवेदन तयार पारेको छ । बुधबार बसेको कार्यदलको बैठकले जनयुद्ध र सूर्य चिन्ह विषयमा सहमति जुटाउन सकेन । विधानको प्रस्तावनामा जनयुद्ध राख्ने माओवादीको...

राष्ट्रियसभालाई सञ्चारमैत्री बनाउन हरप्रयास हुनेछः अध्यक्ष तिमिल्सिना

२०७४ चैत १४ गते १६:५६

काठमाण्डु, १४ चैत – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई प्रतिपक्षको आडभरोसा र भावना मुखरित गराउने थलो बनाउन आफूले भूमिका खेल्ने बताएका छन् । सञ्चारकर्मीसँग आज सिंहदरबारमा भएको अन्तरक्रियामा उनले राष्ट्रियसभा सञ्चालन गर्दा प्रतिपक्षको सबै कुरालाई ध्यान दिइने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले भने,...

प्रधानमन्त्रीले भनेः राराबाट पर्यटनको बिगुल बजाइन्छ

२०७४ चैत १४ गते १६:४६

काठमाण्डु, १४ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख १ गते मुगुको रारा तालबाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् । कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को उद्ध्घाटन गर्न राराताल जाने कार्यक्रम छ । त्यही बेला देशबासीलाई सम्बोधन गर्ने भएका हुन् । ‘कर्णाली...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us