हेटौँडा, १६ चैत – प्रदेश नं ३ को मन्त्रीहरुको सेवा सुविधाको विषयमा सैद्धान्तिक सहमति भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको आजको बैठकले मन्त्रीहरुको सेवा सुविधाको सैद्धान्तिक सहमति र गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि...
काठमाण्डु, १६ चैत – प्रमुख तीन विद्यार्थी संगठनहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेबिसंघले यही चैत १७ गतेदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा गरेका हुन् । शिक्षक सेवा आयोगले लिन लागेको अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने उनीहरुले प्रमुख माग...
काठमाण्डु, १६ चैत – पर्यटनमन्त्री रविन्द्र अधिकारीले ६ वटा विमान किन्ने योजना बनाएका छन् । आफ्नो १०० दिने कार्ययोजना शुक्रबार सार्वजनिक गर्दै मन्त्री अधिकारीले तीन महिनाभित्र विमान खरिद प्रक्रिया सुरु गर्न सैद्धान्तिक निर्णय गराउने बताए । आन्तरिक उडानलाई थप विस्तार गर्न नेपाल वायुसेवा निगमले...
काठमाण्डु, १५ चैत – नयाँ शक्तिका संयोजक तथा सांसद डाक्टर बाबुराम भट्टराईले संसदको अधिवेशनप्रति असहमति जनाउँदै व्यंग्य गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरेलगत्तै ट्वीट गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराईले संसदको अधिवेशन बिरालो बाँधेर श्राद्ध गरेजस्तो मात्रै भएको...
काठमाण्डु, १५ चैत – राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटै तहको चुनाव सम्पन्न भएसंगै मुलुक आर्थिक स्थिरता र समृद्धिको चरणमा प्रवेश गरेको बताएकी छिन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई बिहीबार संसद भवनमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले जनताको भावना अनुसार काम गर्न सरकार सफल...
काठमाण्डु, १५ चैत – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेकी छिन् । दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएपछि विद्या भण्डारीले संघीय संसदमा गरेको पहिलो सम्बोधन हो । संवोधनको शुरुवातमा नै राष्ट्रपति भण्डारीले संघीय संसदमा सम्बोधन गर्न पाउदा आफूलाई हर्ष र...
काठमाण्डु, १५ चैत – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो बैठकलाई बिहीबार सम्बोधन गर्दैछिन् । मन्त्रिपरिषद्को यही चैत १२ गतेको बैठकले पहिलो सम्बोधनका लागि राष्ट्रपति भण्डारीलाई गरेको आग्रहअनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट सम्बोधन हुँदैछ...
धनगढी, १५ चैत – प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशका मुख्य न्यायाधिवक्ताको काम कर्तव्य, अधिकार र सेवा शर्त सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि प्रस्तुत गरिएको अवधारणा पत्रलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद् बैठकले नयाँ विनियोजन विधेयक तर्जुमा गर्नका लागि तयार पारिएको...
काठमाण्डु, १५ चैत – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शेयर बजार केही दिनदेखि नियमित ओरालो लागेको सम्बन्धमा छलफल भएको छ । वाम गठबन्धन दलहरुले १० प्रतिशत आर्थिक वृद्धि र समृद्धिको नारा दिएर सरकार गठन गर्ने बेला शेयर बजारको अवस्था ओरालो लागेकोप्रति...
काठमाण्डु, १५ चैत – ४ वटा नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा जुट्ने घोषणा गरेका छन् । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि उनीमाथि क्रिकेट रंगशाला निर्माणको अभियान अघि बढाउन जनस्तरबाट...
काठमाण्डु, १५ चैत – महान्यायधीवक्ता अग्नी खरेलले प्रदेशका लागि आवश्यक पर्ने कानुन २ हप्ता भित्र निर्माण गर्ने बताएका छन् । सिंहदरबारमा आज सञ्चारकर्मीसँग महान्यायधीवक्ता खरेलले प्रदेशमा नमुना कानुन निर्माणका लािग विधेयक तयारी सहजीकरण समिति समेत गठन गरिसकेको उल्लेख गरे । प्रदेशका लागि २२ र...
काठमाण्डु, १५ चैत – संघीय निर्वाचनको समीक्षा गर्न बोलाईएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा आरोप प्रत्यारोपको क्रम जारी छ । आज पाँचौ दिनको बैठकमा समेत नेताहरु निर्वाचनमा पार्टीले व्यहोरेको हारबारे एकअर्कालाई आरोप लगाउन व्यस्त थिए । पार्टीले चुनावमा बेहोरेको हार केलाउँदै आगामी ५...