विराटनगर, २७ चैत – गृहमन्त्री रामबहादुर थापा बादलले धार्मिक आवरणमा अस्थिरता निम्त्याउन खोज्नेहरुलाई कारवाहीको दायरामा ल्याउने बताएका छन् । आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि गोली प्रहार गर्नेलाई कारबाहीको माग गर्दै सोमबार गृहमन्त्रालयमा ज्ञापनपत्र लिएर आएका ४८ वटा धार्मिक संघसंस्थाका प्रतिनिधिमण्डलसँग उनले उक्त घटनामा संलग्नको आरोपमा...
काठमाण्डु, २७ चैत – कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेश तहलाई आवश्यक थप दुई नमूना कानून पठाएको छ । मन्त्रालयका सहप्रवक्ता हुमबहादुर केसीले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशसभाका सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक...
चितवन, २७ चैत – भरतपुर महानगरपालिका र चीनको केन्द्रीय दक्षिण विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौतासम्बन्धी पत्रमा आज हस्ताक्षर सम्पन्न भएको छ । स्नातकोत्तर र विद्यावारिधिमा २१७ शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४ शैक्षिक कार्यक्रम सञ्चालन भएको विश्वविद्यालयले महानगरपालिकाका गरीब, असहाय तथा जेहेन्दार २० विद्यार्थीलाई पूर्ण...
काठमाण्डु, २७ चैत – खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले काठमाण्डुवासीलाई दशैँभित्रै मेलम्चीको पानी खुवाउने प्रतिवद्धता पुनः दोहोर्याएकी छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री मगरले मेलम्चीमा भइरहेको प्रगतिविवरण सार्वजनिक गरेकी छन् । कार्यक्रममा सिन्धु–ग्याल्थुम खण्डको ७.५ किमी ब्रेक थ्रु प्राविधिक रुपमा आजै...
काठमाण्डु, २७ चैत – प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा चिनियाँ लगानीमा सौर्यऊर्जा खपत हुने भएको छ । सिंहदरबार भित्र रहेका मन्त्रालयलाई चीन सरकारले सौर्यऊर्जा सहयोग गरेको छ । प्रधानमन्त्रीको कार्यालयसहित २१ वटा कार्यालयलाई सहयोग पुग्ने गरी एक मेगावट क्षमताको सौर्यऊर्जा मंगलबार हस्तान्तरण गरेको हो...
काठमाण्डु, २७ चैत – नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रायले प्रधानमन्त्री केपी शर्मा ओली राजा मेहन्द्र शाह भन्दा शक्तिशाली बनेको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘हामीलाई त खुशी लागेको छ । नेपालका नयाँ प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारतबाट...
काठमाण्डु, २७ चैत – प्रमुख तीन विद्यार्थी संगठनले निजी विद्यालयले मनोमानी रुपमा चर्को शुल्क लिएको भन्दै अनुगमन गरी कारबाही गर्न काठमाण्डु महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई आग्रह गरेका छन् । सोमबार नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठनका प्रतिनिधिले मेयर शाक्यलाई भेटी...
काठमाण्डु, २७ चैत – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले प्रजनन स्वास्थ्यसम्बन्धी ऐन महिलाको जीवनोपयोगी हुने गरी बनाइने बताएकी छिन् । महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको ‘प्रजनन स्वास्थ्यसम्बन्धी विधेयक’ माथि छलफल कार्यक्रममा उनले महिलाको प्रजनन अधिकारलाई ऐनले अझ बढी संरक्षण गर्ने...
चितवन, २७ चैत — कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले देशमा ‘टिपिकल कम्युनिष्ट’ शासन सुरु भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले मंगलबार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरलाले भने ‘न्यायालय कब्जामा लिन थाले । प्रेसमाथि सेन्सरसिप हुने अवस्था आउँदैछ । यो...
काठमाण्डु, २७ चैत – सरकारले गरिब, सिमान्तकृत तथा लोपोन्मुख समूदायका बालबालिकाहरुलाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरिदिन आह्वान गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षाको अवसरबाट बञ्चित गरिव, सिमान्तकृत तथा लोपोन्मुख समूदायका बालबालिकाहरुलाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरिदिन सरकारका मन्त्रीहरु, विभिन्न राजनीतिक...
मोरङ, २७ चैत – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले कर्मचारीको स्वेच्छिक अवकाश प्रक्रिया अहिले स्थगित गरेको बताएका छन् । विराटनगरमा मंगलबार पत्रकारसँग कुरा गर्दै मन्त्री पण्डितले संघीयता कार्यान्वयनको घडीमा राष्ट्रसेवक कर्मचारीलाई विदाईको सट्टा काममा लगाउन आवश्यक भएको बताए। ‘स्वेच्छिक अवकाश...
काठमाण्डु, २७ चैत – मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका सहसचिव डिल्लीराज घिमिरेलाई बढुवा गरी प्रधानमन्त्री कार्यालयको सचिव बनाएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले...