राजनीति

दीपक मनाङेको सांसद पद चैट !

२०७५ वैशाख ७ गते १३:४१

काठमाण्डु, ७ वैशाख – मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र (ख)बाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) कारागार चलान भएसँगै उनको प्रदेशसभा सदस्य पद स्वतः रिक्त भएको छ । अब निर्वाचन आयोगले सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराउनुपर्ने भएको छ । प्रदेशसभा सचिवालयले राजिव गुरुङ निर्वाचित...

नेपाल र चीन जोड्ने रेल सरकारको प्राथमिकतामाः परराष्ट्रमन्त्री ज्ञवाली

२०७५ वैशाख ७ गते १२:५८

काठमाण्डु, ७ वैशाख – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीन जोड्ने रेल्वे नेपाल सरकारको प्राथमिकतामा रहेको बताएका छन् । आफ्नो चीन भ्रमणका क्रममा बेइजिङ्मा गरेका भेटघाटका क्रममा हिमालयन क्षेत्रमा बहुआयामिक यातायात सञ्जाल विस्तार गर्न नेपाल र चीन सहमत भएको पनि उनले बताए । सिचुआन...

मालिन्दो एयरको विमान दुर्घटना हुँदा कांग्रेस बैठक स्थगित !

२०७५ वैशाख ७ गते १२:४४

काठमाण्डु, ७ वैशाख – विहीबार राति भएको मालिन्दो एयर दुर्घटनाको असर आजदेखि हुने नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकलाई परेको छ । विमान दुर्घटनाका कारण विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेका र त्यसले आन्तरिक उडानलाई पनि असर गरेपछि कांग्रेस बैठकलाई असर गरेको हो । कांग्रेस नेता...

अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा प्रतिष्पर्धा गर्ने शिक्षा आवश्यकः मन्त्री पौडेल

२०७५ वैशाख ७ गते १२:१०

हेटौँडा, ७ वैशाख – प्रदेश नं ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने शिक्षाको विकासलाई संघीय सरकारले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताए । उनले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दक्ष जनशक्ति...

आन्दोलन गर्न नपाएको झोंकमा विवेकशील साझा पार्टीले जनायो यस्तो आपत्ति

२०७५ वैशाख ७ गते १२:०४

काठमाण्डु, ७ वैशाख – गृह मन्त्रालयल काठमाण्डुका ७ ठाउँमा मात्रै विरोध प्रदर्शन गर्न पाइने निर्णय गरेसँगै विवेकशील साझा पार्टीले गम्भीर ध्यानआकर्षण भएको जनाएको छ । शान्तिपूर्ण जनप्रदर्शन कार्यक्रमलाई कमजोर पार्नेगरी लगभग पुरै सहरलाई निषेधित क्षेत्र घोषणा गरिएको भन्दै विवेकशील साझाले आपत्ति जनाएको छ ।...

गुण्डा नाइके गणेश लामा र दिपक मनाङ्गे एउटै जेलमा

२०७५ वैशाख ७ गते ११:५१

काठमाण्डु, ७ वैशाख – बिहिबार पक्राउ परेका डन पृष्ठभुमीका फरार सांसद दीपक मनाङे(राजिव गुरुङ)लाई कारागार चलान भएका छन् । काठमाण्डु जिल्ला अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरेको हो । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका मनाङेलाई महानगरीय प्रहरी परिसर काठमाण्डुले पक्राउ गरेको हो ।...

मन्त्री थापाद्वारा चोचाङ्गीलाई विद्यालय भर्ना

२०७५ वैशाख ७ गते ११:४५

बाबियाचौर, ७ वैशाख – महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले रघुगंगा गाउँपालिका–१ बेगकी चार वर्षीया बालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएकी छन् । बेगखोला निवासी तिलचन्द्र र शान्ति चोचाङ्गीकी चार वर्षीया छोरी सपनालाई महादेव मावि बेगमा भर्ना गराएको मन्त्री थापाका स्वकीय सचिव...

प्रधानमन्त्री ओलीले गरे दुई बालबालिकाको अभिभावकत्व ग्रहण

२०७५ वैशाख ७ गते ११:४०

काठमाण्डु, ७ वैशाख – केन्द्रीय बालकल्याण समितिले सातै प्रदेशबाट अहिलेसम्म विद्यालय नगएका ७० जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने भएको छ । ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, सुनिश्चितता र सिकाइको स्थायित्व’ भन्ने नारालाई साकार पार्न समितिले सातवटै प्रदेशका १०–१० जना बालबालिकाको अभिभावकत्वको ग्रहण गर्ने...

दीपक मनाङ्गेलाई डिल्लीबजार कारागार चलान गरियो

२०७५ वैशाख ७ गते ११:२८

काठमाण्डु, ७ वैशाख – दीपक मनाङ्गेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । शुक्रबार काठमाण्डु जिल्ला अदालतले मनाङ्गेलाई डिल्लीबजार कारागार चलान गर्ने निर्णय सुनाएको हो । बिहिबार प्रहरीले मनाङ्गेलाई काठमाण्डुको स्वयुम्भुबाट पक्राउ गरेको थियो । एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका मनाङेमाथि सर्वोच्च अदालतले...

कांग्रेस उपसभापतिमा विजय गच्छदारलाई बनाउने तयारी, विमलेन्द्र निधि आउट !

२०७५ वैशाख ७ गते ११:०५

काठमाण्डु, ७ वैशाख – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा रिक्त रहेका तीनजना पदाधिकारीको मनोनयन गर्ने तयारी पार्टी सभापति शेरबहादुर देउवाले गरेका छन् । आजदेखि सुरु हुने बैठकमा देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम प्रस्ताव गर्ने कांग्रेस नेताहरुले बताएका छन् । पार्टी मुख्यालय सानेपामा केन्द्रीय कार्यसमितिको...

सुदुरपश्चिमेलीको माग उर्जामन्त्रीले पुरा गरे, टनकपुरबाट ७० मेगावाट विद्युत आयातको बाटो खुल्यो

२०७५ वैशाख ७ गते ११:०२

काठमाण्डु, ७ बैशाख – नेपाल विद्युत प्राधिकरणले माग उच्च हुँदा टनकपुरबाट बढीमा ७० मेगावाटसम्म विद्युत आयात गर्न सक्ने भएको छ । ५० एमभिएको नयाँ ट्रान्सफर्मर जडान गर्ने सुनिश्चित भएकाले थप विद्युत आयातको बाटो खुला भएको हो । टनकपुरस्थित सबस्टेसनमा जडित ५० एमभिएको ट्रान्सफर्मरबाट अहिले...

वेश्यालय चलाउने वडाध्यक्षलाई सर्वोच्चले छाड्यो

२०७५ वैशाख ७ गते १०:३४

काठमाण्डु, ६ वैशाख – सर्वोच्च अदालतले चेलीबेटी बेचबिखनको अभियोगमा थुनामा रहेका नुवाकोट जिल्लाका वडा अध्यक्ष सुनबहादुर तामाङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज नुवाकोट जिल्ला अदालतबाट चेलीबेटी बेचबिखनको अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us