काठमाण्डु, १४ बैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनको अनुभूति हुनेगरी बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । शुक्रबारबाट काठमाण्डुमा सुरु भएको ‘१४ औं अन्तराष्ट्रिय औंद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।...
काठमाण्डु, १४ वैशाख – वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षमा २२ वटा म्यानपावर कम्पनीलाई कारवाही गरेको छ । वैदेशिक रोजगारमा गएका र जान लागेकाहरुको उजुरीको आधारमा उनीहरुमाथि कारवाही गरिएको विभागले जनाएको छ । विभागमा चालू आर्थिक वर्षमा कूल ७ सय ६९ वटा म्यानपावर विरुद्ध...
बनियानी, झापा, १४ वैशाख – जिल्ला जनस्वास्थ्य कार्यालय झापाले मातहतका स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ । जिल्लाका १५ वटै स्थानीय तहमा रहेका ४९ वटा स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका वरिष्ठ जनस्वास्थ्य प्रमुख मधुसूदन कोइरालाले जानकारी दिए ।...
भक्तपुर, १४ वैशाख – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन निजी विद्यालयलाई निर्देशन दिएका छन् । भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विद्यालयले मनोमानी रुपमा शुल्क असुलेको गुनासो बढेको बताउँदै बढी शुल्क नअसुल्न विद्यालयलाई निर्देशन दिएका हुन् ।...
काठमाण्डु, १४ वैशाख – कानून संकायको डिन कार्यालयमा विद्यार्थी संगठनले चरणबद्ध रुपमा एकपछि अर्कोले तालाबन्दी गर्दा कानून संकायको स्नातक प्रथम वर्षको भर्ना प्रभावित भएको छ । डिन कार्यालयले कानूनमा स्नातक तह प्रथम वर्षमा भर्ना गर्नका लागि विद्यार्थीको कोटा प्रणाली लागू गरेपछि एकपछि अर्को विद्यार्थी...
काठमाण्डु, १४ बैशाख – जल, सिँचाइ तथा ऊर्जामन्त्री वर्षमान पुनले २५ मेगावटको सोलार आयोजना समयमै पुरा हुने बताएका छन् । शुक्रबार नुवाकोटमा नेपाल सरकार मातहात नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाटको सोलार प्लान्टको शिलालान्यास गर्दै मन्त्री पुनले यस्तो कुरा बताएका हुन् ।...
काठमाण्डु, १४ बैशाख – सुन तस्करीको र्याकेट चलाउँदै आएका गोरे भनिने चुडामणि उप्रेतीको नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल० मा डिफ्यूजन नोटिस जारी भएको छ । प्रहरी स्रोतका अनुसार साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त उप्रेती नेपाल बाहिर रहेको आंशकामा मोरङ प्रहरीको सिफारिसमा नेश्नल...
काठमाण्डु, १४ बैशाख – –काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई पार्टीको विधान विपरित नचल्न चेतावनी दिएका छन् । पार्टी पदाधिकारी तत्काल मनोनयन गरेर अघि बढ्ने सभापति देउवाले तयारी गरिरहेका बेला वरिष्ठ नेता पौडेलले त्यसो गर्नु विधान विपरित हुने भन्दै आपत्ति जनाएका हुन्...
काठमाण्डु, १४ बैशाख – सरकारले आफ्ना नेता कार्यकर्तामाथि दमन गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्द आव्हान गरेको छ । भ्रष्टाचारलाई कारबाही गर्नुको साटो उल्टै संरक्षण गर्ने काम ओली सरकारले गरेको माथी आपत्ती जनाउँदै सो बन्दको आह्वान गरेको हो । केपी ओली...
उदयपुर, १४ बैशाख — उदयपुरको चौडण्डिगढी नगरपालिका–९ को वडा कार्यालयमा शुक्रबार बिहान तालबन्दी गरिएको छ । वडा अध्यक्ष प्रकाश राउतलाई कार्यालय भित्रै थुनेर तालबन्दी गरिएको हो । सेवाग्राही प्रेमकुमार खड्कालाई दुव्र्यवहार गरेको भन्दै आक्रोशित स्थानीयले बिहान १० बजे अध्यक्ष राउतलाई भित्रै थुनेर तालबन्दी गरेका...
काठमाण्डु, १४ बैशाख – तपार्ईं मोबाइल फोन बोकर सिंहदरवार या भीभीआईपी सहभागी कार्यक्रममा जाँदै हुनुहुन्छ ? यदि जाँदैहुनुहुन्छ भने तपार्ईंले बोकेको मोबाइलबाट जतिबेला पायो त्यतिवेला फोन सम्पर्क नहुन पनि सक्छ । हो, सिंहदरवार या बालुवाटारमा क्याविनेटलगायतका महत्वपूर्ण बैठक बस्दा ‘जामर’ प्रयोग गर्न थालिएको छ...
काठमाण्डु, १४ बैशाख – प्रधानमन्त्री कार्यालयमा ६ वटा नयाँ महाशाखा थपेर कर्मचारी दरबन्दी बढाएपछि दैनिक कार्य सञ्चालनका लागि कार्यकक्ष अभाव भएको छ । प्रधानमन्त्री कार्यालयले नजिकैको कुनै मन्त्रालय वा अन्य भवनमा उपयुक्त स्थान खोजिरहेको छ । प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउने गरी मन्त्रिपरिषद्को १४ चैतको...