राजनीति

जब नेपालको सुन्दरताबारे पूर्वभारतीय राजदूतले प्रशंसा गरे…

२०७५ वैशाख १५ गते १६:५७

काठमाण्डु, १५ वैशाख – नेपालका प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले नेपालका लागि पूर्वभारतीय राजदूतहरुलाई असाध्यै मोहित पारेको छ । डोल्पा र से फोक्सुण्डोको पदयात्रा सकेर फर्किएका पूर्वभारतीय राजदूत रणजित राय, श्यामशरण र देव मुखर्जीले एकै स्वरमा नेपालको जस्तो सुन्दरता विश्वमा कहीँ पनि देख्न नपाएको बताए...

मेलम्चीको आशा मारेका काठमाण्डु वासीका लागि विना मगरले दिइन् यस्तो खबर

२०७५ वैशाख १५ गते १६:४२

काठमाण्डु, १५ वैशाख – खानेपानी मन्त्री बिना मगरले खानेपानी मुहानको सुरक्षा, संरक्षण र सम्वर्द्धनको जिम्मेवारी सरकारले लिने बताएकी छन् । ललितपुरको गोदावरी नगरपालिका–६ सिखर्पास्थित वासुकी–सिखर्पा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पहिलो साधारण सभामा मन्त्री मगरले सरकार मन्त्रालयले पानीको मुहानको संरक्षण र सम्वर्द्धनका लागि विशेष...

निजी विद्यालयलाई विप्लवको पार्टीले दियो यस्तो उर्दी

२०७५ वैशाख १५ गते १६:३९

बिर्तामोड, १५ वैशाख – नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापाका निजी विद्यालयलाई जनपरिषद्मा दर्ता गर्न उर्दीसहितको पत्र काट्न थालेको छ । नेपाल कम्युनिस्ट पार्टीको समानन्तर सरकार जनपरिषद् नेपाल नाममा यो पार्टीले प्याब्सनमा आबद्ध विद्यालयलाई पत्रचार गरेको हो । शुक्रबार जिल्ला प्याब्सन झापाका...

दुई कोरियाबीचको वार्ताबारे नेपालले मुख खोल्यो

२०७५ वैशाख १५ गते १६:३७

काठमाण्डु, १५ वैशाख – नेपाल सरकारले उत्तर र दक्षिण कोरियाली सिमाना पानमुनजोममा शुक्रबार भएको अन्तर कोरियाली शिखर सम्मेलन २०१८ मा जारी भएको शान्तिसम्बन्धी घोषणापत्रको स्वागत गरेको छ । सम्मेलन दुवै कोरियाबीचको सम्बन्धलाई सामान्य बनाउन महत्वपूर्ण कदम भएको तथा यसले कोरिया प्रायद्वीपमा शान्ति र स्थिरता...

यस्ता उद्योगलाई राष्ट्रियकरण गर्ने मातृका यादवको तयारी

२०७५ वैशाख १५ गते १६:३३

चितवन, १५ वैशाख – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यस अघिका सरकारले निजीकरण गरेका नचलाइएका उद्योग राष्ट्रियकरण गरिने बताएका छन् । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चलिरहेका उद्योगलाई भने सरकारले सहयोग गर्ने बताउनुभयो । मन्त्री यादवले...

ओमनमा नेपाली कामदार पठाउन समस्या

२०७५ वैशाख १५ गते १६:००

काठमाण्डु, १५ वैशाख – ओमनबाट आउने नेपाली कामदारको मागपत्रमा समस्या देखिएको छ । समस्या देखिएपछि कामदार पठाउन झन्झटिलो हुदैँ आएको म्यानपावर व्यवसायीहरुले बताएका छन् । ओमनले पठाउने गरेको मागपत्रमा हप्ताको ५ दिन काम र अनिवार्य रुपमा ९ घन्टासम्म काम गर्नुपर्ने उल्लेख छ । तर...

संघीय सरकारलाई मुख्यमन्त्रीले दिए यस्तो चेतावनी

२०७५ वैशाख १५ गते १५:५१

रुपन्देही, १५ वैशाख – प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकारले अबको ६ महिनासम्म कर्मचारी नपठाए केन्द्रीय कर्मचारी नस्वीकार्ने चेतावनी दिएका छन् । संक्रमणकाल सधैं नरहने बताउँदै पोखरेलले जनतालाई सेवा दिन नयाँ कर्मचारी राखेर सेवा दिने बताएका छन् । स्थानीय तहमा स्वास्थ्य...

प्रधानमन्त्रीले भनेः तपाईहरु नभएको भए मेरो ११ औं पुण्ड तिथि भइसक्थ्यो

२०७५ वैशाख १५ गते १५:३५

काठमाण्डु, १५ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सक्रिय भएर देशको नेतृत्व गर्न सक्नुका पछाडि डाक्टरहरुको ठूलो मेहनत रहेको बताएका छन् । नेपाल प्रत्यारोपण समाजको प्रथम तथा सार्क नेफ्रोलोजी, युरोलोजी तथा ट्रान्सप्लान्टेसन सोसाइटीको ११औं सम्मेलनको राजधानीमा उद्घाटन गर्दै ओलीले मेडिकल साइन्स र डाक्टरहरुकै...

त्रिविका आंशिक प्राध्यापकले भोलीदेखि कक्षा बहिष्कार गर्ने !

२०७५ वैशाख १५ गते १५:०१

काठमाण्डु, १५ वैशाख – नेपाल आंशिक प्राध्यापक संघले दैनिक ज्यालादरीमा काम गरिरहेका आंशिक प्राध्यापकहरुलाई मासिक ज्यालादरी अर्थात करारमा नलगे आन्दोलनमा जाने चेतावनी दिएको छ । शनिवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलन गरेर संघले न्युन ज्यादा दिएर सधैँभरी काममा लगाउने त्रिभुवन विश्वविद्यालयको कार्यशैलीले आफूहरु...

बहुसंस्कृति संरक्षण नै संघीयताको मूल मर्मः सभामुख महरा

२०७५ वैशाख १५ गते १४:५५

काठमाण्डु, १५ वैशाख – सभामुख कृष्णबहादुर महराले बहुभाषा, बहुजाति, बहुसंस्कृति संरक्षण नै संघीयताको मूल मर्म भएको बताएका छन् । प्रथम मारवाडी महोत्सवको आज यहाँ शुभारम्भ गर्दै उनले विविधतामा नै एकता नेपालको सुन्दरता हो भने । सभामुख महराले औद्योगिक व्यवसायलाई प्रवद्र्धन गर्न मारवाडी समुदायको पनि...

प्रदेश सरकारलाई समृद्ध बनाउन सबैको सहयोग अपरिहार्य छः प्रमुख कायस्थ

२०७५ वैशाख १५ गते १४:२७

धनुषा, १५ वैशाख – प्रदेश सरकारलाई सफल र समृद्ध बनाउन सबैको सहयोग अपरिहार्य रहेको प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन् । एफइएस नेपाल तथा सेट्स नेपालको आयोजनामा ‘प्रजातन्त्रको सुदृढीकरणमा नागरिक शिक्षाको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा आज प्रमुख कायस्थले प्रजातन्त्रको रक्षा तथा...

मुख्यमन्त्री शाहीको मागः अधिकार दिनोस् अर्थ दिनु पर्दैन

२०७५ वैशाख १५ गते १४:१२

सुर्खेत, १५ वैशाख – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारलाई अर्थ नभई अधिकार दिन अनुरोध गरेका छन् । कर्णाली सम्मेलनको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका लागि अधिकारको आवश्यकता रहेकामा जोड दिए । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र तथा नेप्लिज...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us