राजनीति

जेलबाट छुटेपछि ढुंगेलले दिए यस्तो प्रतिक्रिया

२०७५ जेठ १५ गते १०:२८

काठमाण्डु, १५ जेठ – गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएपछि रिहा भएका बालकृष्ण ढुंगेलले मानवअधिकारवादी र वकिलप्रति आक्रोश पोखेका छन् । पूर्वसांसद समेत रहेका ढुंगेल मंगलबार विहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै ढुंगेलले युद्धका बेला शान्ति र शान्तिमा युद्धको...

बालकृष्ण ढुंगेलसहित ८ सय १६ जना कैदीले पाए पुर्नजीवन !

२०७५ जेठ १५ गते १०:२३

काठमाण्डु, १५ – ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या आरोप लागेका बालकृष्ण ढुंगेलसहित ८ सय १६ जना कैदीहरुले सजाय माफी पाएका छन् । गणतन्त्र दिवसका अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका कैदीहरुको सजाय माफी दिएकी हुन् । उनीहरुलाई...

सुस्मा स्वराजले जनकपुरबासीसंग माफी मागिन्

२०७५ जेठ १५ गते १०:१४

काठमाण्डु, १५ जेठ – भारतीय विदेशमन्त्री सुष्मा स्वराजले जनकपुरबासीसंग माफी मागेकी छन् । उनले जनकपुरबासीलाई भारतीय भनेर विवादास्पद अभिव्यकित दिएकी थिइन् । उनले आफूबाट गल्ती भएको भन्दै ट्विटरमार्फत् माफी मागेकी हुन् । नेपालको जनकपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सम्बोधनलाई उनले भारतीयलाई सम्बोधन गरेको बताएकी...

रिहा भए बालकृष्ण ढुंगेल

२०७५ जेठ १५ गते ९:३१

काठमाण्डु, १५ जेठ– कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका माओवादी नेता बालकृष्ण ढुंगेल गणतन्त्र दिवसका दिन मंगलबार रिहा भएका छन् । मन्त्रिपरिषदले गणतन्त्र दिवसका अवसरमा बाँकी कैद मिनाहा गरेपछि ढुंगेल रिहा भएका हुन् । सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने कार्यविधि– २०७१ का आधारमा...

गणतन्त्र दिवसमा देउवाले सम्झिए गिरिजाप्रसाद कोइरालालाई

२०७५ जेठ १५ गते ७:४९

काठमाण्डु, १५ जेठ– काँग्रेस सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवस, २०७५ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देश दिँदै लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनान्दोलनमा जीवन उत्सर्ग गर्ने वीर शहीदप्रति उच्च सम्मान...

गणतन्त्र दिवस: संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न राष्ट्रपतिको जोड

२०७५ जेठ १५ गते ७:४५

काठमाण्डु, १५ जेठ– राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जनभावनाको कदर...

प्रदेश ३ सरकारले पाँच वर्षसम्म कुनै कर नलिने

२०७५ जेठ १५ गते ७:२३

काठमाण्डु, १५ जेठ– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योगको विकास र विस्तार प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताए । नेपाल राष्ट्रिय वाणिय संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरको आयोजनामा सौराहामा आयोजित अन्र्तक्रिया कार्यक्रममा उनले भने, ‘उद्योग धन्दा र कलकारखानाको विकासबिना...

रेणु दाहालले गरिन १० वर्षसम्म कसैले गर्न नसकेको काम

२०७५ जेठ १५ गते ७:२०

काठमाण्डु, १५ जेठ– भरतपुर महानगरपालिकाका मुख्य बजार नारायणगढ र भरतपुर क्षेत्रका सडक पेटीमा सञ्चालन भएका व्यवसाय हटाइएको छ । सडक व्यवसायीलाई नारायणगढको बालकुमारी अगाडि व्यवसाय गर्ने स्थान महानगरपालिकाले छुट्याएको छ । महानगरपालिकाले भरतपुरका मालपोतचोक, हाकिम चोक, चौबीसकोठी, वीरेन्द्र क्याम्पस चोक, लायन्स चोक, शहीद चोक,...

गणतन्त्र घोषणाका १३ वर्षः निराशजनक विगत, आशावादी भविष्य

२०७५ जेठ १४ गते १७:३२

काठमाण्डु, १४ जेठ – लामो राजनीतिक संक्रमणका कारण संघीय गणतन्त्र नेपाल घोषणा भएको १३ वर्ष लाग्दासमेत मुलुकको अर्थतन्त्रले अपेक्षाकृत गति लिन सकेको छैन । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि राजनीतिक स्थिरता कायम भएपछि शिशु गणतन्त्रमा आर्थिक विकास र जनअपेक्षाले साकार रुप पाउने...

नेपाली कामदारसँग लिइएको अतिरिक्त शुल्क हटाउन मलेसियासँग आग्रह

२०७५ जेठ १४ गते १६:४९

काठमाण्डु, १४ जेठ – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत अहमद फेडिल इस्मेललाई आज मन्त्रालयमा बोलाई रोजगारका लागि मलेसिया जाने नेपाली कामदारसँग मनोमानीरुपमा लिइएको अतिरिक्त शुल्क हटाउने विषयमा छलफल गरेका छन् । मलेसिया जाने कामदारबाट बायोमेट्रिक, भिएलएन, ओएससी, जिएससी र माइग्रामका...

बाबुरामले भनेः उत्तर र दक्षिणबाट नेपालमा पुँजीवादी छाल प्रवेश गरेको छ

२०७५ जेठ १४ गते १६:४०

काठमाण्डु, १४ जेठ – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुँजीवादको असरको रुपमा नेपालमा काँठे पुँजीवाद मौलाएको बताएका छन् । सोमबार काठमाण्डुमा नयाँ शक्ति पार्टीको युवा संगठनले गरेको कार्यक्रममा उनले नेपालमा काँठे पुँजीवादको रुपमा कमिसनखोरबाट कमिसन लिने र राज्यसत्ताको दोहन गर्ने प्रवृत्ति...

नेकपाको दल दर्ता प्रक्रिया अगाडि बढ्यो, नेम्वाङ र गुरुङ पुगे निर्वाचन आयोग

२०७५ जेठ १४ गते १६:१३

काठमाण्डु, १४ जेठ – नेपाल कम्युनिष्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक कागजात बुझाएको छ । नेकपाका नेता सुवास नेम्वाङ नेतृत्वको टोलीले सोमबार निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि आवश्यक केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहितको महत्वपूर्ण कागजात निर्वाचन आयोगलाई उपलब्ध गराएको हो । दल दर्ता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us