पोखरा, ८ असार – पोखरा लेखनाथ महानगरपालिकाले आसन्न तेस्रो नगरसभामा लैजाने नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने विषयमा प्रदेश नं ४ का मुख्यमन्त्रीसहित मन्त्रीसँग गरिएको छलफलमा जनतामुखी सेवा र पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । प्रदेशको समृद्धि र विकास जनतासँग प्रत्यक्ष जोडिएको बताउँदै...
बुटवल, ८ असार – नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उत्साहजनक भइरहेको बताएका छन् । आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘अब ढिलोमा सात वर्षमा काठमाडौँमा रेलमार्ग सञ्चालन हुन्छ ।’ महासचिव पौडेलले पर्यटन, ऊर्जा, सडक सञ्जाललगायत...
काठमाण्डु, ८ असार – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ को खर्च कटौतीसम्बन्धीको छलफलमा शुरु भएको छ । सांसद चित्रलेखा यादवले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा केन्द्रित भएर ८३ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा १० दशमलब २३ प्रतिशत विनियोजन गरिएको तर सबैका लागि...
काठमाण्डु, ८ असार – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उडान सम्बन्धी समसामयिक विषयमा उठेका जिज्ञासाका सम्बन्धमा उनले नेपालको वायु सेवालाई सन् २०१३ मा गम्भीर...
काठमाण्डु, ८ असार – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा रक्षा, स्वास्थ्यसहित विभिन्न पाँच मन्त्रालयको खर्चको कटौती गर्नका लागि सातजना सांसदले खर्च कटौतीको प्रस्ताव संसद्समक्ष प्रस्तुत गरेका छन् विनियोजन विधेयक–२०७५ को विभिन्न शीर्षकमा छलफल गर्ने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा...
चितवन, ८ असार – राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकको अधिकार प्रत्याभूत गराउनका लागि सातवटै प्रदेशमा सूचना आयोग गठन गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ चितवन र राष्ट्रिय सूचना आयोगद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित ‘सूचनाको हक कार्यान्वयनको अवस्था’ विषयक...
काठमाण्डु, ८ असार – संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले मूल्यवृिद्ध र कालो बजारी रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद प्रकाश रसाइली, प्रेम सुवाल, दुर्गा पौडेल र देवप्रसाद तिमिल्सिनाले मूल्यवृद्धिका कारण कालोबजारी पनि बढेकाले यसलाई रोक्नुपर्नेमा जोड दिएका हुन् ।...
पोखरेबगर, म्याग्दी, ८ असार – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले समृद्ध मुलुक निर्माणका लागि सरकारले नागरिकको स्वास्थ्यमा प्राथमिकता दिएको बताएका छन् । समाज कल्याण परिषद्अन्तर्गत राष्ट्रिय स्वास्थ्य कोषले आज म्याग्दी अन्नपूर्ण गाउँपालिका पोखरेबगरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले भनिन्,...
काठमाण्डु, ८ असार – कांग्रेस जिल्ला सभापतिहरुको भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष निकालेको छ । हेटौंडामा तीन दिनसम्म चलेको भेलाले १९ बुँदे घोषणापत्र जारी गर्दै यस्ताे निष्कर्ष निकालेकाे हाे । कम्युनिस्ट सरकारले सञ्चार माध्यममा निषेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र...
काठमाण्डु,७ असार – तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा रेष्टुरेन्ट व्यवसायी अकवर शाह पक्राउ परेका छन् । सञ्चार उद्यमी जमिम शाहका नाता पर्ने शाहलाई काठमाण्डुबाट नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरीएको सुन तस्करी तथा सनम हत्या अनुसन्धान गर्न गठित समितिले जनाएको छ...
चौतारा, ८ असार– झुठो विवरण पेश गरी किर्ते नागरिकताका लागि सिफारिस गरेको आरोपमा सिन्धुपाल्चोकका एक वडाध्यक्षसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नपा–१ स्याउलेका वडाध्यक्ष सानुकान्छा श्रेष्ठ, सोही वडामा कार्यरत स्थानीय पञ्जिकाधिकारी राजकुमार श्रेष्ठ र मिलेमतोमा सामेल भएकी सुनसरी जिल्ला...
पोखरा, ७ असार – प्रदेश नं ४ प्रदेशसभाको आजको बैठकमा प्रदेश विनियोजन विधेयक, २०७५ पारित भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विधेयक पारित गरियोस् भन्दै प्रदेशसभामा प्रस्तुत गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि विधेयकमाथिको छलफलमा भाग लिदैं प्रदेशसभा...