राजनीति

ज्ञानेन्द्रसँग कमल थापाको ‘हार्ट टु हार्ट कनेक्सन’

२०७५ असार १८ गते १६:११

बुटवल, १८ असार – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफ्नो निरन्तर भेटवार्ता भइरहेको स्वीकार गरेका छन् । उनका अनुसार भेटमा देशको अवस्थाबारे पनि कुराकानी हुने गरेको छ । बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दा थापाले ज्ञानेन्द्रलाई ‘राजा’ भन्दै सम्बोधन गरेका थिए ।...

बाढी, पहिरो र डुबान नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

२०७५ असार १८ गते १५:५१

काठमाण्डु, १८ असार – राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले वर्षाको समयमा पहाडमा पहिरो र तराई डुबानको समस्या हुने भएकाले समयमै सचेतना अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष सभामा भाग लिँदै सांसद सुमनराज प्याकुरेलले तराईका जिल्लामा विभिन्न नदीमा पानीको बहाव बढेर डुबानको खतरा बढेको भन्दै...

राष्ट्रियसभाको आजको बैठकबाट दुई विधेयक पारित

२०७५ असार १८ गते १५:३३

काठमाण्डु, १८ असार – राष्ट्रियसभाको आजको बैठकबाट दुई विधेयक सर्वसम्मतिले पारित भएको छ । बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक–२०७५ र संघीय संसद्मा महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक–२०७५ पारित गरेको हो । बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियसभा सदस्य...

गंगामाया भेट्न वीर अस्पताल पुगेका शेखरले गरे यस्तो प्रण

२०७५ असार १८ गते १५:२०

काठमाण्डु, १८ असार – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजधानीस्थित वीर अस्पतालमा लामो समयदेखि आमरण अनसनरत गंगामाया अधिकारीलाई भेटेका छन् । उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन वीर पुगेका डा कोईरालाले अधिकारीको अवस्था अत्यन्तै नाजुक रहेको बताए । कोईरालाले गंगामायाको मुद्दालाई द्वन्द्वकालीन समयको घट्नासँग...

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नियमित प्रक्रियाबाट अगाडि बढ्ने

२०७५ असार १८ गते १५:०२

काठमाण्डु, १८ असार – बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ व्यवस्थापिका–संसद्को नियमित प्रक्रियाबाट अगाडि बढ्ने भएको छ । सरकारले आइतबार सदनमा पेश गरेको सो विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाई अगाडि बढ्न नदिएपछि अब सदनको नियमित प्रक्रियाबाट सो विधेयक अगाडि...

नियम निलम्बन प्रस्ताव स्वीकृत

२०७५ असार १८ गते १४:०७

काठमाण्डु, १८ असार – प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २५० बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत गरेको छ  नेकपाका प्रमुख सचेतक सांसद देवप्रसाद गुरुङले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई प्रतिपक्ष दलका सचेतक सांसद पुष्पा भुसालले समर्थन गरेका थिए । उक्त विधेयकमाथिको छलफलमा...

विप्लव समूहका पूर्वमन्त्रीसहित ४० जना कार्यकर्ता पक्राउ

२०७५ असार १८ गते १४:०५

काठमाण्डु, १८ असार – विप्लव समूहका ४० जना नेता तथा कार्यकर्तालाई काठमाण्डु प्रहरी परिसरले पक्राउ गरेको छ । उनीहरुलाई नेपालटारमा संदिग्ध गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको हो । काठमाण्डु प्रहरी प्रमुख (एसएसपी) विश्वराज पोखरलका अनुसार पक्राउ परेका मध्ये ७ जनाविरुद्ध सार्वजनिक अपराध...

उर्जामन्त्री पुन र नेपालका लागी जापानी राजदूतबीच भेटवार्ताः उर्जा क्षेत्रमा लगानी गर्न आग्रह

२०७५ असार १८ गते १३:४२

काठमाण्डु, १८ असार – उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी जापानी राजदूत मासामिची साईगोबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले उर्जामन्त्रालयले स्वेतपत्रमार्फत १० वर्षमा १५ हजार मेगावाट बिजुली...

नवीकरणीय ऊर्जा कार्यक्रमप्रति स्थानीयवासी उत्साहित

२०७५ असार १८ गते १३:३७

विराटनगर, १८ असार – ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रमको शुभारम्भसँगसँगै प्रदेश नं १ का जनतामा स्थानीयस्तरमै उपलब्ध हुनुसक्ने वैकल्पिक ऊर्जाका प्रविधिहरुबाट आधुनिक ऊर्जाका सुविधा पाउन सकिने अवसर प्राप्त भएपछि उत्साहित बनेका छन् । करीब ११ लाख १४ हजार घरधुरी रहेको यस प्रदेशमा अहिले...

डा. गोविन्द केसीका माग पूरा गर्न उर्लिए सांसद, सरकार ब्याक होला त ?

२०७५ असार १८ गते १३:३६

काठमाण्डु, १८ असार –प्रतिनिसभाका सदस्यले डा. गोविन्द केसीको अनशन, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विद्युत्को अनियमित आपूर्ति, विदेशीलाई नागरिकता प्रदान लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद तेजुलाल चौधरीले सप्तरीमा विदेशीलाई नेपाली नागरिकताको प्रमाणपत्र दिएको चर्चा...

सभामुख महराबाट ‘रुलिङ’

२०७५ असार १८ गते १३:२२

काठमाण्डु, १८ असार – सभामुख कृष्णबहादुर महराले संसद्को विशेष र शून्य समयमा उठाएका प्रश्नको विषयमा जवाफ दिने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको विशेष समयको बैठकपछि उनले सदनमा शून्य समय र विशेष समयमा सांसदहरुले गम्भीर विषय उठाउँदै आएका छन् , त्यसको...

प्रधानमन्त्रीलाई सांसदको व्यंङ्ग्यः काठमाण्डुमा १५ रुपैयाँ तिरेर पानी जहाज चढ्छु !

२०७५ असार १८ गते १३:०५

काठमाण्डु, १८ असार – सांसदहरुले हरेक दिन १५ रुपैंया मै काठमाण्डुमा पानी जहाज चढ्न पाएको सांसदले नै टिप्पणी गरेका छन् । आज प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद प्रकाश रसाइलीले भने ‘हामी हरेक दिन पानी जहाज चढ्छौं, १५ रुपैंयाको पानी जहाज चढेर अन्तर्राष्ट्रिय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us