राजनीति

स्वास्थ्य क्षेत्रका विकृति सुधार्न प्रयत्नशील छुः राज्यमन्त्री अर्याल

२०७५ असार २३ गते १४:१९

वालिङ स्याङ्जा, २३ असार – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमाकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न आफू प्रयत्नशील रहेको बताएकी छिन् । प्रेस चौतारी नेपाल तथा प्रेस सेन्टर नेपाल स्याङ्जाले आज वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भनिन्, ‘स्वास्थ्य क्षेत्रका धेरै...

नेकपा बैठकः पार्टी नियमावली टुङ्ग्याउन शक्तिशाली कार्यदल गठन, को–को परे ?

२०७५ असार २३ गते १३:३५

काठमाण्डु, २३ असार – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले पार्टीको प्रस्तावित नियमावलीलाई परिमार्जनसहित अन्तिम रुप दिन तीन सदस्यीय कार्य दल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले स्थायी समिति बैठकले दिएको सुझावको आधारमा नियमावलीलाई अन्तिम...

सरकारले प्रतिपक्षलाई मिलाएर जान सकेनः सांसद प्रधान

२०७५ असार २३ गते १३:०७

काठमाण्डु, २३ असार – काठमाण्डु निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधि सभाका सांसद भीमसेनदास प्रधानले सरकारले प्रतिपक्षलाई मिलाएर जान नसकेको बताएका छन् । आज क्षेत्र नं ६ वडा तोर्केश्वर नगरपालिका–९ का जनतासँग भेटघाट गर्दै पूर्व रक्षामन्त्रीसमेत रहेका नेपाली काँगे्रसका नेता प्रधानले अहिलेको सरकार मिलेर...

झापाको अलकत्रा उद्योगमा युवा संघको तालाबन्दी

२०७५ असार २३ गते १२:०६

बनियानी, झापा, २३ असार – झापाको कनकाई नगरपालिकामा सञ्चालित एक अलकत्र उद्योगमा युवा संघ नेपाल झापाले तालाबन्दी गरेको छ । युवा संघले गुणस्तरहीन अलकत्र उत्पादन गरेको भन्दै कनकाई– १ मा रहेको शिव निर्माण सेवामा शुक्रबार तालाबन्दी गरेको हो । ‘यहाँबाट उत्पादित अलकत्रा प्रयोग गरेर...

नेकपाको सचिवालय वैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

२०७५ असार २३ गते ११:१८

काठमाण्डु, २३ असार – नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को सचिवालय वैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान ९ बजे बस्ने बैठकमा पार्टीको नियमावलीको विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् । ‘पार्टीको कार्यदलले मस्यौदा गरेको विधान...

देउवाको चेतावनीः ओली सरकारले कांग्रेसका निर्णय उल्ट्याएर ठिक गरेन !

२०७५ असार २३ गते १०:४४

रामेछाप, २३ असार – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत र चीनसँग प्रधानमन्त्री केपी शर्मा ओली लम्पसार परेको आरोप लगाएका छन् । उनले चीनबाट रेल ल्याउने विषय ‘सपना’ मात्रै भएको भन्दै आफ्ना सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेर सरकारले मुठभेड निम्त्याउन खोजेको आरोप लगाए...

कांग्रेसद्वारा सांसद मुक्ताकुमारीका छोराको हत्याबारे छानबिन गर्न माग

२०७५ असार २२ गते १८:००

काठमाण्डु, २२ असार – नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले राष्ट्रिय सभा सदस्य मुक्ताकुमारी यादवका छोरा लोकेशकुमार यादवको मृत्युसम्बन्धी घटनाको छानबिनका लागि माग गरे । गत चैत २ गते साँझ धनुषास्थित गणेशमान नगरपालिका, पोताहा चोकमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको भनिए पनि यादवको दुर्घटनाबाट नभई...

बाढी पहिरो नियन्त्रण गर्न र निर्णय सच्याउन नेमकिपाको माग

२०७५ असार २२ गते १७:३३

भक्तपुर, २२ असार – नेपाल मजदूर किसान पार्टीले तराईको डुबान र बाढी पहिरो नियन्त्रणका लागि तत्काल उपयक्त कदम चाल्न सरकारसँग माग गरेको छ । पार्टी केन्द्रीय कमिटीले आज प्रेस विज्ञप्ति जारी गर्दै देशभर बाढी पहिरोले निम्त्याएको समस्या समाधान गर्न र सरकारले काठमाण्डु उपत्यकामा तोकिएको...

अपराध नियन्त्रण भए सुशासन र समृद्धि हुने– गृहमन्त्री थापा

२०७५ असार २२ गते १७:१५

काठमाण्डु, २२ असार – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अपराध नियन्त्रण गर्न सकेमात्र मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएका छन् । नेपाल प्रहरी, अपराध अनुसन्धान विभागले आज यहाँ आयोजना गरेको ‘अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको प्रथम प्रदेश सम्मेलन’ शुभारम्भ गर्दै उनले अपराध...

योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न सक्दो पहल गर्छु – अध्यक्ष दाहाल

२०७५ असार २२ गते १६:४८

काठमाण्डु, २२ असार – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा माक्र्सवादको प्रयोग र अनुसरण शुरु भएको बताएका छन् । उनले योगमाया सतवार्षिकी समारोह तथा ७८औँ स्मृति दिवसका सन्दर्भमा राजधानीमा आयोजित एक कार्यक्रममा वर्तमान सरकार सामन्तवाद र निरङ्कुशतन्त्रले गाढेका अवशेषलाई पन्छाएर...

नेपाल–चीनबीचको सहकार्यबाट फाइदा लिन सकिने

२०७५ असार २२ गते १६:४०

काठमाण्डु, २२ असार – नेपालका लागि चिनियाँ राजदूत यु होङले ‘ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ संरचनाअन्तर्गत हुने आपसी सहकार्यबाट नेपालले फाइदा लिनसक्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्श र नेपाल–चीन चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीद्वारा संयुक्तरुपमा आज आयोजित अन्तक्र्रियामा उनले संसारलाई समृद्धिले जोड्ने चिनियाँ...

निर्वाचन आचारसंहिता विपरीत निर्णय खारेज गर्नु उचित– नेता नेपाल

२०७५ असार २२ गते १६:२६

विराटनगर, २२ असार – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आचारसंहिता विपरीत तत्कालीन सरकारले गरेको निर्णय वर्तमान सरकारले खारेज गर्नु उचित भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्र्दै उनले भने, ‘तत्कालीन सरकारले गरेको निर्णय खारेज गर्ने वर्तमान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us