काठमाण्डु, २४ असार – सरकारको अनुमति नलिई क्यानडा प्रस्थान गर्न लागेकाले नेपाल संस्कृत विश्वविद्यालयका कुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट फर्काएको सरकारले जानकारी दिएको छ । राष्ट्रियसभाका सांसद्हरूले उपकुलपति कोइराला फर्काएको बारे जिज्ञासा राख्दा सम्बन्धित निकायको अनुमति नलिई विदेश भ्रमणमा जान लागेकाले रोक लगाइएको सरकारका गृहमन्त्री...
काठमाण्डु, २४ असार – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले स्थानीय उत्पादनको प्रवद्र्धन गरेर विद्यमान उच्चस्तरको व्यापारघाटा तथा बेरोजगारीलाई न्यून गर्दै लैजाने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले स्थानीय उत्पादन सम्बद्र्धन गर्ने उद्देश्यले...
काठमाण्डु, २४ असार – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतबाट पदमुक्त भएका युवराज भुसालले सरकारसँग कुनै गुनासो नरहेको प्रतिक्रिया दिएका छन् । भुसालले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको साँढे ८ महिना नेतृत्व गर्ने अवसर पाएकोमा आफू अन्त्यन्तै खुसी रहेको भन्दै सरकारप्रति आभार समेत व्यक्त गरे ।...
काठमाण्डु, २४ असार – सरकारले चिकित्सा क्षेत्रमा देखिएको विकृतिको अन्त्य गर्दै विपन्न वर्गलाई चिकित्सा शिक्षामा पहुँच उपलब्ध गराउन सम्बद्ध पक्षसँग छलफल गर्ने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री गिरिराजमणि पोखरेलले...
काठमाण्डु, २४ असार – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षाफल प्रकाशन गर्दा व्यवस्थापन र प्राविधिक पक्षमा कमजोरी भएको भन्दै माफी मागेका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले एसइईको परीक्षाफल प्रकाशनमा भएका गल्तीबारे मागेको...
काठमाण्डु, असार २४ – सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्न आगामी एक साताभित्र प्रक्रिया शुरु गर्ने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भने, ‘अनलाइन न्यू मिडियाको रुपमा नेपाल मात्र नभई संसारभरी नै...
काठमाण्डु, २४ असार – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाई दम्भको श्रीपेच पहिरिएको टिप्पणी गरेको छ । जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई राजनीतिमा आउन चुनौती दिएपछि प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्री ओलीको शिरमा दुई तिहाई दम्भको श्रीपेच रहेको टिप्पणी गरेको हो...
काठमाण्डु, २४ असार – उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउन सरकारले उपयुक्त बजेट व्यवस्था गरेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य मन्त्रालयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले हाल २३ जिल्लामा सञ्चालित सो कार्यक्रम आगामी आवदेखि ७७...
काठमाण्डु, २४ असार – नेकपाका सांसद योगेश भट्टराईलाई संसदीय सुनुवाई विशेष समितिको सभापतिको जिम्मेवारी दिइने भएको छ । नेकपा संसदीय दलमा संसदीय सुनुवाई समितिको नेतृत्व भट्टराईलाई दिने बारेमा छलफल भएको स्रोतले जनाएको छ । संवैधानिक अंगका पदाधिकारी र राजदूतहरुको नियुक्तिका सन्दर्भमा संसदीय सुनुवाई समितिको...
बुटवल, २४ असार – नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले प्रधामन्त्री केपी शर्मा ओलीले दुई तिहाईको दम्भ बोकेर अतिवादको सुरुवात गरेको आरोप लगाएका छन् । प्रधानमन्त्रीलाई संसदमा किन दुइतिहाइको दम्भ चाहिएको हो भन्दै उनले प्रश्न गरे । रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना...
काठमाण्डु, २४ असार – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई आमरण अनसन तोडेर वार्तामा आउन आह्वान गरेका छन् । मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जस्ताको तस्तै संसदमा पेश गरिएको उल्लेख गर्दै आमरण अनसन तोडेर वार्तामा आउन वरिष्ठ चिकित्सक केसीलाई...
काठमाण्डु, २४ असार – संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाल टेलिकमको फोरजी सेवा विस्तार कार्य १८ महिनाभित्र सकिने बताएका छन् । आइतबार राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नमा जवाफ दिंदै उनले अख्तियारले फाइल रोक्दा प्रक्रिया दिनप्रतिदिन लामो हुँदै गएको बताए । निजी क्षेत्रको...