सुर्खेत, १० साउन – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटनमा कर्णालीलाई विश्व लोभ्याउने आर्कषक प्रदेश बनाइने बताएका छन् । नेपाल पर्यटन पत्रकार संघ, कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित ‘कर्णालीको पर्यटन प्रवद्र्धनमा हाम्रो अभियान र प्रदेश सरकारको दायित्व’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले विश्वको नेपाल र...
काठमाण्डु, १० साउन – काठमाण्डुका सडकको खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ आफैं लागेका छन् । सडक विभाग र कर्मचारीहरुलाई बारम्बार निर्देशन दिए पनि काम हुन नसकेपछि मन्त्री महासेठ आजबाट आफै खाल्डाखुल्डी पुर्न लागेका हुन् । मन्त्री महासेठले सातदोबाटोदेखि खुमलटारको बाटोमा...
काठमाण्डु, १० साउन – विगत २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा बालुवाटारमा वार्ता सुरू भएको छ । डा. केसी पक्षका वार्ताकार बालुवाटार पुगिसकेको प्रधानमन्त्री निकट स्रोतले बतायो । शिक्षा सचिवको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीले चिकित्सा...
रत्ननगर, चितवन, १० साउन – चितवनको भरतपुरस्थित मुख्य राजमार्गमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने भरतपुर महानगरपालिकाको निर्णयविरुद्ध आन्दोलन गर्दै आएका सवारी चालकले आन्दोलन फिर्ता लिएका छन् । बुधबार साँझ निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाको संयोजकत्वमा भएको सर्वपक्षीय छलफलमा पाँचबुँदे सहमति भएपछि तीनपांग्रे सवारी...
कैलाली, ९ साउन – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले लोकतान्त्रिक व्यवहार देखाउन सरकारलाई आग्रह गरेका छन् । कांग्रेससँग टकराउन खोजे कम्युनिस्ट आफैं समाप्त हुने उनले बताए । कैलालीमा कार्यकर्तालाई सम्बोधन गर्दै कोइरालाले सरकारले अधिनायकवादी चरित्र देखाउन थालेको बताए । अपमानजनक अभिव्यक्ति दिँदा कानुनमन्त्री शेरबहादुर...
काठमाण्डु, ९ साउन – प्रदेश २ सरकारका थपिएका ३ राज्यमन्त्रीले बुधबार सपथ लिएका छन् । राष्ट्रिय जनता पार्टीका तर्फबाट सिफारिस भएका ३ जना राज्यमन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ गराएका हुन् । बुधबार सुरेश मण्डलले उद्योग, पर्यटन, वन तथा वातावरण, डिप्पलकुमारी झाले भौतिक पूर्वाधार र...
काठमाण्डु, ९ साउन – नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले गोविन्द केसीको अनसन बहुमतप्राप्त सरकारविरुद्धको ग्राण्ड डिजाइन भएको आरोप लगाएका छन् । काठमाण्डुमा बुधबार आयोजित कार्यक्रममा उनले केसीको अनसन सरकारविरुद्धको ग्राण्ड डिजाइन हो भन्ने आफूहरुसँग सयौं तथ्य र प्रमाण भएको पनि दावी गरे ।...
काठमाण्डु, ९ साउन – नेपालका लागि संयुक्त राज्य अमेरिकाकी राजदूत अलाइन टेप्लिजले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग बिदाइ भेट गरेकी छिन् । गृहमन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । राजदूतको रुपमा नेपालबाट फर्किन...
तुलसीपुर, दाङ, ९ साउन – सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताएका छन् । दाङको बेलझुण्डीमा निर्माण गर्न लागिएको रंगशाला आज शिलान्यास तथा तुलसीपुर उपमहानगरपालिकालाई ‘स्पोर्ट सिटी’ घोषणा कार्यक्रममा यो युग युवा र खेलकूदको युग भएको बताउँदै उनले राज्यलाई दक्ष...
काठमाण्डु, ९ साउन – नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले आरोप–प्रत्यारोपमा उत्रेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष नैनसिंह महरले आफ्नो कार्यकाल सफल भएको दाबी गरेपछि महामन्त्री काफ्लेले सभापतिले संठगनलाई चलायमान बनाउन नसकेको आरोप लगाए...
काठमाण्डु, ९ साउन – उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र एसियाली विकास बैंक(एडिबी)का आवासीय प्रतिनिधी मुखतोर खामुडखानोभबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा उर्जा क्षेत्रमा एशियाली विकास बैंकको सहयोगमा संचालित आयोजनाहरुको प्रगती र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो । भेटमा...
काठमाण्डु, ९ साउन – राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सरकारका मन्त्रीहरुलाई समयमै उपस्थित हुन रुलिङ गरेका छन् । सरकारका मन्त्रीहरु समयमै उपस्थित नहुँदा राष्ट्रियसभाको बैठकमा ढिलाइ हुन थालेपछि उनले यस्तो रुलिङ गरेका हुन् । बुधवारको बैठकमा पनि मन्त्री समयमा सहभागी नहुँदा बैठक ढिलो गरी...