दाङ, २४ भदौ – नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र भएका गुट–उपगुटको अन्त्य गरी एकताको सञ्देश दिनुपर्ने बताएका छन् । लमहीमा आज कार्यकर्तासँग भेटघाट गर्दै उनले गुट–उपगुट हुँदा पार्टीभित्रको आन्तरिक विवादले बाह्य शक्तिले फाइदा लिइरहेको भन्दै एकताबद्ध हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।...
दाङ, २४ भाद्र – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाउन खोजिएको बताएका छन् । जिल्ला अदालत दाङबाट तीन दिन म्याद थप गरिएपछि बाहिरिने क्रममा विश्वकर्माले यसको मूल्य चुकाएर छाड्ने पनि चेतावनी दिए । ‘सरकारी पक्षले बहसमा...
उदयपुर, २४ भदौ – पूर्व मन्त्री तथा सांसद डा नारायण खड्काले अहिले नै प्रतिपक्षका तर्फबाट वर्तमान सरकारविरुद्ध उत्रनुपर्ने बेला भइनसकेको बताएका छन् । पार्टीको कामका लागि उदयपुर आइपुगेका उनले प्रेस युनियन उदयपुर शाखाद्वारा आज बिहान गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।...
काठमाण्डुु, २४ भदौ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असल मित्र तथा नजीकका छिमेकीे नेपाल र चीनको सम्बन्धलाई औंपचारिक राजनीतिक सम्बन्धका आधारमा मात्र नभई जनस्तरको सम्बन्धका आधारमा पनि हेर्नुपर्ने बताएका छन् । चिनियाँ दूतावासले चिनियाँ भाषा, कला र संस्कृतिमा आयोजना गरेको प्रतियोगिताका विजयीलाई आज पुरस्कार वितरण...
काठमाण्डु, २४ भदौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार पुनर्गठनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेकै कुरा आधिकारिक भएको बताएका छन् । आफ्ने तीन दिने भारत भ्रमण सकेर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले ‘प्रधानमन्त्रीले जे...
काठमाण्डु, २४ भदौ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई दर्ज्यानी चिह्न प्रदान गरेकी छन् । उनले आजै सैनिक मुख्यालय जंगी अड्डा पुगेर औपचारिक रुपमा कार्यभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी...
नेपालगञ्ज, २४ भदौ – नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी सङ्गठनलाई चलायमान बनाउन व्यवस्थापन पक्षमा सुधार गरिने बताएका छन् । आज यहाँ कुरा गर्दै उनले भने, ‘अब पुरानो ढाँचाबाट होइन, आधुनिक र वैज्ञानिक पद्दतिबाट पार्टी सञ्चालन हुनेछ, जनता अहिले पनि काँग्रेसको साथमा छ,...
काठमाण्डु, २४ भदौ – सरकारले नेपालको गलत नक्सा र निसान छाप प्रयोग नगर्न सबैलाई निर्देशन दिएको छ । नापी विभागले प्रकाशित गरेको आधिकारिक नेपालको नक्सा र निसान छापमात्र प्रयोग गर्न सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सञ्चारमाध्यमलाई निर्देशन दिइएको हो । यसअघि नेपालका भूभाग...
काठमाण्डु, २४ भदौ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण पूरा गरी स्वदेश फर्कँदैछन् । तीन दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्कने प्रचण्डकाे सचिवालयले जनाएको छ । दिउँसो २ः१५ बजे एयर इन्डियाको विमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ...
कालिकोट, २३ भदौ– गाउँपालिका अध्यक्षले मनोमानी ढंगले काम गरेको भन्दै कालिकोटमा दुई वडा अध्यक्षले पदबाट राजीनामा दिएका छन् । जिल्लाको नरहरीनाथ गाउँपालिका ६ का वडा अध्यक्ष तुलाराज विक र वडा नम्बर–७ का अध्यक्ष दलबहादुर विकले राजीनामा दिएका हुन् । उनीहरु दुवै २०७४ वैशाख ३१...
काठमाण्डु, २३ भदौ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा सहमति भएसँगै नेपालले तेस्रो मुलुकसँग जोडिन चाहे जति नाका एवं आवश्यक सडक प्रयोग गर्न पाउने भएको बताएका छन् । प्रधानमन्त्री ओलीले शनिबार ट्विट गर्दै उक्त सहमति नेपालका लागि असाधारण...
काठमाण्डु, २३ भदौ– भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ । नयाँ दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको उक्त भेटमा उनीहरुबीच पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीको भ्रमण, बहुक्षेत्रीय...