न्युयोर्क, ११ असोज – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असंलग्न अभियानको सिद्धान्तले यसका सदस्यहरूलाई शान्तिको संस्कृतितर्फ अभिप्रेरित गर्ने बताएका छन् । संयुक्त राष्ट्र सङ्घको मुख्यालयको अति कम विकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकमा आज सहभागी हुँदै मन्त्री ज्ञवालीले उक्त कुरा बताउनुभएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले...
न्यूयोर्क, ११ असोज – नेपाल र माडागास्करले आज औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा माडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले यससम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर गरे । यसरी नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको सङ्ख्या १६२ पुगेको संयुक्त राष्ट्र...
इलाम, ११ असोज – नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाएका छन् ।‘मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको हो’, नेम्वाङले भने, ‘त्यही दस्तावेज पनि काङ्ग्रेसले विरोध गरिरहेको छ, यो...
काठमाण्डु, ११ असोज – संघीय संसद्को दोश्रो अधिवेशन आज सकिँदै छ । प्रतिनिधिसभा एवं राष्ट्रियसभाको वर्षे अधिवेशन आज सकिन लागेको हो । संघीय संसद्को अधिवेशन गएको २३ वैशाखदेखि सुरु भएको थियो । संसदिय दलका नेताहरुको समन्वयमा प्रतिनिधिसभा र राष्ट्रियसभा दोस्रो अधिवेशन बिहीबारबाट सक्ने तयारी...
काठमाण्डु, ११ असोज – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको बलात्कार तथा हत्यापछि उत्पन्न परिस्थिति र दोषी पत्ता लाग्न नसक्दा प्रहरी संगठनका राम्रा काम छायामा परेको बताएका छन् ।सत्तारुढ नेकपाकै सांसद झपट रावललगायत विपक्षी सांसदले प्रहरी चेन अफ कमान्डमै प्रश्न उठाएपछि खनालले प्रहरीका राम्रा...
काठमाण्डु, ११ असोज – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पाहुनाका लागि सधैँ नेपाल खुला देशका रूपमा रहेको बताएका छन् । नेपाल पर्यटन पत्रकार महासङ्घले सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलयमा बुधबार आयोजना गरेको ‘अतिथि देवो भवः पर्यटन वर्ष २०२०’ शुभारम्भका क्रममा उनले...
न्यूयोर्क, ११ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा मे यहाँ छन् । उक्त अवसरमा नेपाल तथा बेलायतबीच शताब्दीयौँदेखिको मित्रता तथा...
काठमाण्डु, १० असोज– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि आज साँझ सिङ्गापुर प्रस्थान गरेका छन् । यसअघि उनको सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो । पत्नी सीताको उपचारको ‘फलोअप’ का लागि अध्यक्ष प्रचण्ड सिङ्गापुर प्रस्थान...
काठमाण्डु, १० असोज – प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा तराई–मधेश जिल्लामा बालबालिका अपहरण र महिला तथा किशोरीमाथि तेजाब प्रहार गर्ने घटना बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ । शून्य समयमा बोल्ने सांसदले अपहरण तथा हिंसाका घटना रोक्न सरकारको ध्यानाकर्षणसमेत गराएका थिए । महिला हिंसा...
काठमाण्डु, १० असोज – नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले सरकारका कारण मुख देखाएर हिँड्न लाज भइसकेको बताएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा सरकारको गतिविधिले मुख देखाएर हिँड्नै लाज भइसकेको बताएका हुन् । राज्यको स्थायी...
काठमाण्डु, १० असोज – नेपाली कांग्रेसका सांसद गगन थापाले १२ सय मेगावाटको जलासययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना चाइना गेजुवा कम्पनीलाई दिने सरकारको निर्णयमा गम्भीर प्रश्न उठाएका छन् । नेपालको जलविद्युत् क्षेत्रमा असफल सावित भइसकेको चाइना गेजुवालाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा बूढीगण्डकी दिइएको भन्दै...
काठमणडु, १० असोज – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा दुई नयाँ तथ्य बाहिर आएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले संसदको राज्य व्यवस्था समितिमा सांसदहरूले उठाएका प्रश्नको बुधबार जवाफ दिँदै निर्मलाको हत्यापछि उनले लगाएका लुगा जलाएर प्रमाण नष्ट गरिएको बताए...