न्युयोर्क, १४ असोज – प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आज सान होजे पुगेका छन् । उनलाई सान होजेको हुँवा सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति एप्सी क्याम्बेल बारले स्वागत गरेकी छन् । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका...
काठमाण्डु, १३ असोज – नेपाल उद्योग वाणिज्य महासङ्घमा आबद्ध देशभरका महिला उद्यमी राजधानीमा भेला भएर पूँजीमा महिलाको पहुँच विस्तार तथा उद्यमशीलता प्रवद्र्धनमा केन्द्रित रहेर बहस र छलफल गरिरहेका छन् । महासङ्घको महिला उद्यमी विकास समितिले ललितपुरमा आज आयोजना गरेको महिला उद्यमीको प्रवद्र्धनसम्बन्धी एक दिवसीय...
जनकपुरधाम, १३ असोज – भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले मोतिहारी–अमलेखगञ्ज पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो भएको बताएका छन् । जनकपुरधाममा आज पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘परियोजनाको कार्य प्रगतिलाई हेर्दा समयमै पाइपलाइन विस्तार कार्य पूरा हुने सङ्केत गरेको छ ।’ ‘अहिलेसम्म...
सुर्खेत, १३ असोज – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पहिलो चीन भ्रमण उपलब्धिमूूलक भएको बताएका छन् । साताव्यापी चीन भ्रमणपश्चात् आज सुर्खेत आइपुुगेका मुुख्यमन्त्री शाहीले पत्रकारसँग कुराकानी गर्दै चीन भ्रमण द्विपक्षीय हित र प्रदेशको विकासका लागि उपलब्धिमूलक भएको जानकारी दिए । ‘भ्रमण...
काठमाण्डु १२ असोज – कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल बनाउने सरकारी अभियान पूरा गर्न सामाजिक जागरण आवश्यक भएको बताएका छन् । विश्व मुटु दिवसका अवसरमा ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सरकारले नीतिगत व्यवधान हटाउने घोषणा गरेकाले यसमै...
गुल्मी, १३ असोज – गृहमन्त्री रामबहादुर थापा वादलले सरकारलाई घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले सरकारले राम्रो काम गर्दा घेराबन्दी गर्ने र सरकार नै गिराउनेसम्मको षड्यन्त्र भइरहेको बताएका हुन् । बलात्कारहरुलाई कडा कारबाही गर्न सरकार...
विराटनगर, १३ असोज – नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय खण्डता अक्षुण्ण राख्नु सबै राजनीतिक दलको कर्तव्य भएको चर्चा गरे । नेता गच्छदारले राष्ट्र विरोधी...
काठमाण्डु, १३ असोज – कञ्चरपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै शनिबार (आज) माइतीघर मण्डलामा प्रदर्शन भएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारवाहीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा नागरिक दबाब...
नेपाली काङ्ग्रेसका युवा नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले युवा अवस्थामै मुटुको ख्याल गर्न आग्रह गरेका छन् । विश्व मुटु दिवसका अवसरमा आज काठमाण्डु क्षेत्र नं ४ सांसदको कार्यालयद्वारा आयोजित ‘काठमाण्डुको गौशालादेखि पशुपति हुँदै विश्वरुपसम्मको वाकाथन’ कोणसभामा बोल्दै उनले भने , ‘खानपान र जीवनशैलीमा ख्याल...
न्यूयोर्क, १३ असोज – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का विषयमा यसका सदस्य मुलुकहरूबीच कुनै विवाद नभएको तर यस सङ्गठनभित्र मतभेद रहेको र त्यसलाई हटाउन सकिने बताए । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भाग...
काठमाण्डु, १३ असोज – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध आक्रामक रुपमा उत्रेका वरिष्ठ नेता माधव कुमार नेपालले दिएको अभिव्यक्तिको ओली पक्षले खोलेर विरोध गरेको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणमा रहेका बेला वरिष्ठ नेता...
काठमाण्डु, १३ असोज – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले सार्वजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धिको निर्णय पुनरविचार हुने बताएका छन् । उनले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट दिने सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्ने बताएका छन् । अनेरास्ववियु पशुपति क्याम्पस कमिटीको ज्ञापन पत्र...