हेटौँडा, १४ असोज – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा सञ्चालन हुने पाँच वर्षे आवधिक योजनालाई अब साझा सहमतिका आधारमा गुरुयोजना तर्जुमा गरी स्थानीय तहमा क्रमशः कार्यान्वयन गर्दै लैजाने नीति रहेको बताएका छन् । मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ को नीति तथा...
विराटनगर, १४ असोज – सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सोसम्बन्धी प्रस्ताव पेश गरेका थिए । यसअघि प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०७(८) बमोजिम...
काठमाण्डु, १४ असोज – कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले बालिका संरक्षणका लागि सामाजिक चेतना र जागण्रण अभियान सञ्चालन गर्न जरुरी भएको बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज आयोजित ‘दोस्रो बालिका सम्मेलन–२०७५’ को उद्घाटन गर्दै उनले भने, “देशमा संविधान कानून बनेका छन्,...
काठमाण्डु, १४ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा खोज्न लामो समय लाग्न सक्ने संकेत गरेका छन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले पत्रकार सुर्य सुवेदीसँग कुरा गर्दै नेपाल प्रहरीले यस्ता अपराधीलाई चाँडै कानुनी कठघरामा उभ्याउने दाबी गरेका...
काठमाण्डु, १४ असोज – कोस्टारिकाको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को पीएचडीको उपाधी पाउने भएका छन् । सान जोसमा रहेको शान्ति विश्वविद्यालय(युनिभर्सिटी फर पिस) ले उनलाई मानार्थ विद्यावारिधीको उपाधि दिनेछ । सोही क्रममा नेपालले युनिभर्सिटी फर पिसको स्थापनासम्बन्धी अन्तराष्ट्रिय सन्धीमा हस्ताक्षर गर्ने बताइएको...
सुनसरी, १४ असोज – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीमा अज्ञात समूहद्वारा हत्या गरिएका मैलाना खुर्सिद आलम अन्सारीका परिवारलाई १० लाखको चेक प्रदान गरेका छन् । आइतबार गृहमन्त्री थापाले खुर्सिदको घरमै पुगेर उनकी श्रीमतीलाई खतिजा खातुनलाई उक्त चेक र सहिदको प्रमाणपत्र समेत प्रदान गरेका हुन्...
सान होजे, १४ असोज – प्रधानमन्त्री केपी शर्मा ओली आज कोस्टारिकाका लागि नेपाली महावाणिज्यदूत आना भिक्टोरिया बादिला भीले आयोजना गरेको रात्रिभोजमा संलग्न भए । उनको सम्मानमा आयोजित रात्रिभोजमा अन्य नेपाली प्रतिनिधिमण्डलको पनि सहभागिता थियोे । त्यसअवसरमा महावाणिज्यदूत भिक्टोरिया बादिला भीले प्रधानमन्त्रीको स्वागत गरेका थिए...
लमही, १४ असोज – प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले दाङ देउखुरीका पर्यटकीयस्थलको अवलोकन गरेका छन् । उनले गढवा गाउँपालिका–८ को पर्यटकीय क्षेत्र ‘सिद्ध बाघनाथ बाबा जङ्गलकुटी’ र त्यस क्षेत्रका वनजङ्गलको आज अवलोकन गरेका हुन् । त्यस अवसरमा मन्त्री...
काठमाण्डु, १४ असोज – नेपाली काङ्ग्रेसको विधान संशोधन मस्यौदा तयारीका क्रममा सभापतिका अधिकार बढाउने वा यथावत राख्ने भन्नेमा बहस शुरु भएको छ । काङ्ग्रेसमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको पालासम्म एकल नेतृत्वको अभ्यास थियो । एकल नेतृत्वबाट आफुखुशी काम गर्ने गरेको गुनासोपछि काङ्ग्रेसमा १२ औँ...
दाङ, १४ असोज – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले वर्तमान सरकारले संघीय प्रणालीलाई ध्वस्त पार्ने खतरा बढेको बताएका छन् । प्रेस युनियन दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा निधिले संघीय व्यवस्थाले निर्दिष्ट गरेका कुनै पनि काम वर्तमान सरकारले अहिलेसम्म गर्न नसकेका कारण...
विराटनगर, १४ असोज – गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले राम्रो काम गरिरहेकाले नै आफूलाई विभिन्न शक्तिहरूले घेराबन्दी गरेको बताएका छन् । आइतबार बिहान विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री थापाले राम्रो काम गर्दा आफू आलोचित भएको बताएका हुन् । गृहमन्त्री थापाले भने, ‘राम्रो काम गरेकाले...
रुकुम, पश्चिम, १४ असोज – रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आधुनिक ल्याब तथा एक्स–रे सेवा सञ्चालनमा ल्याएको छ । सो ल्याब र एक्स–रे सेवाको प्रतिनिधिसभाका सांसद एवं नेकपाका नेता जनार्दन शर्माले एक कार्यक्रमबीच शनिबार उद्घाटन गरे । उनले चुनावको बेला जनतासमक्ष गरेका प्रतिबद्धतामध्ये एउटा प्रतिबद्धता...