राजनीति

निर्मला हत्या प्रकरणः ‘चोक–चोकमा सरकार भेटियो, न्याय भेटिएन’ भन्दै माइतीघरमा विरोध प्रद्धर्शन

२०७५ मंसिर १५ गते १४:४१

काठमाण्डु, १५ मंसिर – कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै राजधानीको माइतीघर मण्डलामा आज विरोध प्रदर्शन गरिएको छ । गत साउन ११ गते बलात्कार गरी हत्या गरिएकी बालिका पन्तका अपराधी अझै पक्राउ गर्न नसकेको र दण्डीहिनता मौलाउँदै गएको...

पोल्याण्ड प्रस्तान गर्नुअघि राष्ट्रपति भण्डारीको ‘ट्वीट’

२०७५ मंसिर १५ गते १४:२६

काठमाण्डु, , १५ मङ्सिर – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल ज्यादै न्यून कार्बन उत्सर्जन गर्ने देश भए पनि जलवायु परिवर्तनको दुष्प्रभावमा पर्ने प्रमुख बन्न पुगेको बताएकी छन् । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४औँ सम्मेलनका लागि आज पोल्याण्ड प्रस्तान गर्नुअघि ट्विट गर्दै राष्ट्रपति भण्डारीले...

राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिलाई दिइयो

२०७५ मंसिर १५ गते १४:०४

काठमाण्डु, १५ मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारी आज औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र पोल्याण्डतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा संविधानबमोजिमका कार्यको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई दिइएको छ । राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४औँ सम्मेलनको उद्घाटन समारोहमा भाग आज त्यसतर्फ प्रस्थान गरेकी हुन्...

राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान

२०७५ मंसिर १५ गते १३:१८

काठमाण्डु, १५ मङ्सिर – राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छन् । पोल्याण्डको कातोबीचे शहरमा हुने उक्त सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनि आज त्यसतर्फ प्रस्थान गरेकी हुन् । भ्रमणमा...

नेपालको शान्ति प्रक्रियाले बन्दूकमाथि मतको सर्वोच्चता स्थापना गरेको छः प्रम ओली

२०७५ मंसिर १५ गते १३:०९

काठमाण्डु, १५ मङ्सिर – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्वको शान्तिपूर्ण समाधानले गोलीमाथि मतको सर्वोच्चतालाई स्थापना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताएका छन् । एशिया प्रशान्त शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उनले नेपालजस्तो विविधतापूर्ण समाजमा वार्ता, समझदारी, आपसी सम्मान, सम्झौता र संलग्नताले भित्री...

एसिया प्यासेफिक सम्मेलन शुरुः सम्बोधन गर्दै प्रधानमन्त्री ओली

२०७५ मंसिर १५ गते ११:३५

काठमाण्डु, १५ मङ्सिर – प्रधानमन्त्री केपी शर्मा ओलीले २१औँ शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्ने बताएका छन् । आजदेखि शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान, प्रविधि, सञ्चारका क्षेत्रमा...

पार्टीको सिद्धान्त र सङ्घर्षलाई नछाड्नेः बिजुक्छे

२०७५ मंसिर १५ गते १०:२९

भक्तपुर, १५ मङ्सिर – भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको १७औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङ कलेजको १०औँ वार्षिकोत्सव एवं दुईदिने शैक्षिक प्रर्दशनी सम्पन्न शुक्रबार भएको छ । सो अवसरमा विद्यार्थीद्वारा प्रस्तुत विभिन्न शोधपत्र र ३१ वटा रोबोटसहितको दुईदिने शैक्षिक प्रर्दशनीसमेत आयोजना गरिएको थियो...

जब प्रधानमन्त्रीले कीर्तिनिधि विष्टसँगको अतित सम्झिए…

२०७५ मंसिर १४ गते १७:३६

काठमाण्डु, १४ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट राष्ट्रवादी नेता भएको स्मरण गरेका छन् । काठमाण्डुमा शुक्रबार ‘कीर्तिनिधि विष्ट प्रखर राष्ट्रवादी नेता’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले विष्टले आफ्नो कार्यकालमा राष्ट्रवादी चरित्र प्रस्तुत गरेको टिप्पणी गरे । ‘तत्कालिन समयमा नेपालको उत्तर...

राष्ट्रपति भण्डारी र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता

२०७५ मंसिर १४ गते १७:०४

काठमाण्डु, १४ मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका कम्बोडियाका प्रधानमन्त्री हुन सेनले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको जनाइएको छ । भेटवार्तामा नेपालको तर्फबाट राष्ट्रपति कार्यालय एवं...

विधानअनुसार १२ औँ महाधिवेशन गर्नुपर्ने नेविसंघको माग

२०७५ मंसिर १४ गते १६:४५

काठमाण्डु, १४ मंसिर – नेपाल विद्यार्थी सङ्घका असन्तुष्ट समूहले १२ औँ महाधिवेशन तत्काल गर्न माग गरेका छन् । आज यहाँ पत्रकार सम्मेलन गर्दै सहमहामन्त्री हरिहर शर्माले सङ्घको विधानअनुसार तत्काल अधिवेशन गर्न माग गरे । बहुमत केन्द्रीय सदस्यहरूको भावना र विधानविपरीत तोकिएको १२ औँ महाधिवेशनको...

सरकारसँग भीम रावल रुष्ट, पदको दुरुपयोग नगर्न अाेलीलाई चेतावनी

२०७५ मंसिर १४ गते १६:४५

काठमाण्डु, १४ मंसिर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले कसैको निहित स्वार्थका लागि सरकार र पार्टीको दुरुपयोग नगर्न नेतृत्वलाई चेतावनी दिएका छन् । शुक्रबारदेखि काठमाण्डुमा सुरु भएको एसिया प्यासिफिक सम्मेलनको ट्वीटरमार्फत सांकेतिक विरोध गर्दै नेता रावलले राष्ट्रिय हित, कुटनीतिक मर्यादा र परिणामको...

वंशजको नागरिकताको परिभाषा प्रष्ट पार्न सांसदको माग

२०७५ मंसिर १४ गते १६:१९

काठमाण्डु, १४ मंसिर – प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था समितिको आजको बैठकमा सांसदहरुले नागरिकताका सम्बन्धमा वंशजको प्रष्ट परिभाषा गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा संशोधनकर्ता सांसदहरुले वंशज भनेको बाबुमात्र हो वा आमा पनि हो भन्ने विषयमा कानून...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us