काठमाण्डु, १८ मंसिर – राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् । उनले भने,‘अब यो सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै औचित्य छैन । हाम्रो पार्टीको अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय लिन्छ ।’...
काठमाण्डु, १८ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान सरकारले आफ्नो प्रत्यक्ष सहमति, संलग्नता तथा परोक्ष संरक्षणमा क्रिश्चियन धर्म विशेषको कार्यक्रममा सहभागिता जनाउनु आपत्तिजनक रहेको टिप्पणी गरे । राजधानीमा भएको एक कार्यक्रममा उनले भने,‘हाम्रो पार्टी सरकारको यो कदमप्रति गम्भिर...
काठमाण्डु, १८ मंसिर – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले एशिया प्यासिफिक समिट आयोजनामा सरकारको संलग्नता हुनु नेपालको ईतिहाँसमा सबैभन्दा ठूलो दुर्घट्ना भएको टिप्पणी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यो समिटको आयोजक संस्था...
सुर्खेत, १८ मंसिर – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको गम्भीर त्रुटि भएको बताएका छन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा सहभागी हुन मंगलवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले प्रहरीले नै अपराधी उम्काएको बताएका हुन् । ‘निर्मला हत्या...
काठमाण्डु, १८ मंसिर– प्रधानमन्त्री केपी शर्मा ओलीलाई धर्म परिवर्तनको उद्योग–कसूर गरेको अभियोगमा कारवाहीको माग गर्दै उजुरीका लागि गएका अधिवक्तालाई प्रहरीले फिर्ता पठाएको छ । प्रधानमन्त्री ओलीलाई धर्म परिवर्तनको उद्योग–कसूर गरेको अभियोगमा कारवाहीको माग गर्दै जाहेरी दिन गएका अधिवक्ता भुपेन्द्रप्रसाद पोखरेललाई काठमाण्डुका प्रहरी प्रमुख वसन्त...
काठमाण्डु, १८ मंसिर– प्रधानमन्त्री केपी ओलीले केही दिनअघि राजधानीमा सम्पन्न विवादास्पद ‘एसिया प्यासिफिक समिट’ मा आफूलाई फसाइएको दाबी गरेका छन् ।सटिमा सक्रिय सहभागिता जनाएका कारण सत्तारुढ नेकपाभित्रसमेत चर्को आलोचना भएपछि प्रधानमन्त्रीले निकटस्थहरुसँग त्यसबारे मुख खोलेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नेकपाका वरिष्ठ नेता...
विराटनगर, १८ मंसिर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मंसिर महिनाभित्रै प्रदेश सरकार विस्तार हुने बताएका छन् । काठमाण्डुबाट फर्कने क्रममा विराटनगर विमानस्थलमा सोमवार साँझ संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले मंसिर भित्रै सरकार पुनर्गठन गर्ने योजना रहेको बताए । कामको चापको हिसावले पनि...
काठमाण्डु, १८ मङ्सिर – आगामी आइतबार हुने अन्तर प्रदेश परिषद्को बैठकको तयारी पूरा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने बैठकको तयारी पूरा भएको कार्यालयका सचिव लक्ष्मणप्रसाद मैनालीले जानकारी दिए मुलुक सङ्घीयतामा गइसकेपछि पहिलो पटक सङ्घ र प्रदेशबीच बैठक हुन थालेको हो ।...
काठमाण्डु, १८ मंसिर – इसाई धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुरस्कार दिएको रकममा एक लाख अमेरिकी डलर थपेर सरकारले एउटा कोष बनाउने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीले नेतृत्व र सुशासन अवार्डसँगै पाएको १ लाख...
पोल्याण्ड, १८ मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल पृथ्वीको तापक्रम नियन्त्रण गर्न ठूलो योगदान दिने मुलुक भए पनि नेपाली जनताले आफूले कहिल्यै नगरेको गल्तीका कारण सजाय भोग्नुपरेको बताएकी छन् । पोल्याण्डमा भइरहेको जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४ औँ सम्मेलनलाई सोमबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले...
काठमाण्डु, १८ मंसिर – सरकारले लोकसेवा आयोगको सुझावसहित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषदले निजामती कर्मचारी समायोजन अध्यादेश २०७५ लार्इ स्वीकृत गर्दै राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको हो । सोमवार बसेको मन्त्रिपरिषदले निजामति कर्मचारी समायोजन अध्यादेश ०७५ स्वीकृत...
काठमाण्डु, १७ मंसिर – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना सात वटै प्रदेशका कमिटीहरुलाई पूर्णता दिँदै प्रदेश कमिटीका सम्पूर्ण सदस्यहरुको नाम सार्वजनिक गरेको छ । महासचिव बिष्णु पौडेलले सोमबार (१७ मंसिर) अपरान्ह विज्ञप्ती जारी गरी पूर्णता पाएका सबै प्रदेश कमिटीका सदस्यहरुको नाम सार्वजनिक गरेका...