राजनीति

सङ्घीय र प्रदेश सरकारबीच देखिएका असमझदारी छिट्टै हल हुन्छः मन्त्री ज्ञवाली

२०७५ मंसिर १९ गते १७:२१

सुर्खेत, १९ मंसिर – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सङ्घीय सरकार र प्रदेश सरकारबीच देखिएका असमझदारी अन्तरप्रदेश समन्वय परिषद्को बैठकले हल गर्ने बताएका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, विभागीय मन्त्री र सचिवहरुसँग आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटघाट कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले...

प्रस्तावित राजदूतको सुनुवाइ आइतबार

२०७५ मंसिर १९ गते १७:०२

काठमाण्डु, १९ मङ्सिर – सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले चार मुलुकका लागि प्रस्तावित राजदूतको आगामी आइतबार ससदीय सुनुवाइ गर्ने भएको छ । समितिको आजको बैठकले प्रस्तावित भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स र इजरायलका लागि सिफारिश राजदूतको संसदीय सुनुवाइ आगामी आइतबार गर्ने निर्णय भएको सभापति...

कांग्रेसकाे अाराेप: कम्युनिस्ट सरकारले सुनकाण्ड र चिनी घोटालालाई छोपछाप गर्याे (आर्थिक नीतिको पूर्णपाठसहित)

२०७५ मंसिर १९ गते १६:५६

काठमाण्डु, १९ मंसिर – नेपाली कांग्रेसले आसन्न महासमितिको बैठकमा पेस गर्न आर्थिक नीति प्रस्ताव गरेको छ । सह महामन्त्री एवं समितिका संयोजकसमेत रहेका डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको समग्र आर्थिक नीतिको प्रस्ताव गरेका छन् । आर्थिक नीतिमा अन्तर्राष्ट्रिय परिवेश र राष्ट्रिय आवश्यकताको वोध गरि...

पर्यटनमन्त्रीसँग विशाल भट्टराईले नेवानिका महाप्रबन्धकलाई बर्खास्त गर्न भनेपछि…

२०७५ मंसिर १९ गते १४:५२

काठमाण्डु, १९ मंसिर – सत्तारुढ दलका सांसदले नै नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको राजीनामा माग गरेका छन् । वाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद विशाल भट्टराईले निगमका महाप्रबन्धक कंसाकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । बुधबार...

मुख्यमन्त्रीसँग कुरा गर्न प्रधानमन्त्री कार्यालयमा ‘एक्सन रुम’

२०७५ मंसिर १९ गते १४:३५

काठमाण्डु, १९ मंसिर – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय गौरवका आयोजनाको अनलाइन अनुगमन गर्नका लागि ‘एक्सन रुम’ बनाउने प्रक्रिया शुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको अनुगमन र प्रदेशमा मुख्यमन्त्रीसँग भिडियो संवाद गर्नका लागि विशेष कक्ष (एक्सन रुम) बनाउने प्रक्रिया शुरु गरिएको...

‘मानव तस्करी’को आरोप लागेकी राजदूत लक्की शेर्पाबारे कांग्रेसले जवाफ माग्यो

२०७५ मंसिर १९ गते १३:४६

काठमाण्डु, १९ मंसिर – नेपाली कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको विवादास्पद भूमिकाबारे तत्काल आवश्यक छानविन गर्न सरकारसमक्ष माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले राजदूत शेर्पाको सम्बन्धमा केही समय यता ‘मानव तस्करीमा संलग्न’ भनी उठेको प्रश्नलाई गम्भीर रुपमा लिएको...

गोविन्द केसीले सरकारलाई सम्झाएपछि…

२०७५ मंसिर १९ गते १२:१४

काठमाण्डु, १९ मंसिर – चिकित्सा शिक्षा सुधारलगायत अन्य समसामयिक विषयमा सरकारलाई दबाब दिन बारम्बार आमरण अनशन बस्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसीले आफूले पछिल्लो समय दिएको अल्टिमेटमबारे सरकारलाई स्मरण गराएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै केसीले आफ्ना मागहरु पूरा गर्न दिएको तीन...

सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी बनाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

२०७५ मंसिर १९ गते ११:३९

काठमाण्डु, १९ मंसिर – सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी कायम गर्ने प्रदेश संसदको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता मनिष कुमार श्रेष्ठसहितका ९ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सम्बन्धित निकायलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् । रिटमा प्रदेशको भौगोकि आवश्यकता,...

नेपाली जहाज युरोपको आकाशमा चाँडै उड्छः मन्त्री अधिकारी

२०७५ मंसिर १९ गते ११:०५

काठमाण्डु , १९ मङ्सिर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली सङ्घ (इयू)ले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने बताएका छन् । हेलिकप्टर सोसाइटी अफ नेपालको मङ्गलबार उद्घाटन गर्दै मन्त्री अधिकारीले इयूका पदाधिकारीसँग हालै भएको छलफलका आधारमा प्रतिबन्ध हट्ने...

प्रकाण्डकाे अाक्राेश– जनप्रतिनिधिलाई क्रान्तिकारी कर लगाउँछौं !

२०७५ मंसिर १८ गते १७:२४

कालिकोट, १८ मंसिर – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले स्थानीय तहले चर्को कर उठाएको बताएका छन् । उनले स्थानीय जनप्रतिनिधिले चर्को कर लिएर भ्रष्ट्राचार गरेकाले जनसरकार बनाएर जनप्रतिनिधिसँग क्रान्तिकारी कर उठाउने बताए । बुधबार कालिकोटमा भएको आमसभालाई सम्बोधन...

सरकारलाई मोहन वैद्यले लगाए गम्भीर आरोप

२०७५ मंसिर १८ गते १७:२१

रुपन्देही, १८ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य (किरण) ले सरकारसँग भिजन र मिसन नै नभएको आरोप लगाएका छन् । मंसिर १२ देखि १७ गतेसम्म बुटवलमा चलेको पार्टीको केन्द्रीय समितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्न मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा...

प्रदेश मन्त्रीले गरे केन्द्र सरकारको ‘कदम’काे बचाउ

२०७५ मंसिर १८ गते १६:५०

काठमाण्डु, १८ मंसिर – कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले एशिया प्यासिफिक समिट विशुद्ध धार्मिक कार्यक्रम नभएको जिकिर गरेका छन् । राजधानीमा भएको एक कार्यक्रममा उनले भने,‘यो समिट विशुद्ध धार्मिक कार्यक्रम होईनजस्तो मलाई लाग्छ । भाजपाका नेता विजय जोली आएर लामो भाषण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us