काठमाण्डु, ७ पुस – काठमाण्डुको सुन्दरीजलस्थित विपी संग्राहलयमा पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका तत्कालीन सभापति स्व. कृष्णप्रसाद भट्टराईको पूर्ण कदको शालिक निर्माण गरिएको छ । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवाले सुन्दरीजलस्थित विपी संग्राहलयमा निर्माण गरिएको भट्टराईको पूर्ण कदको शालिक अनावरण गरेका हुन् । सन्त...
भक्तपुर, ७ पुस – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले समाज विकास र सामाजिक कार्यमा सबै दल एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् । भक्तपुरको अरनिको राजमार्ग सफाइ अभियानको दोस्रो चरणको समापन एवं हनुमन्ते नदी सफाइ सामाजिक सेवा उद्घाटन कार्यक्रममा उनले सामाजिक कार्यमा कसैले पनि राजनीति...
इनरुवा, ७ पुस – सुनसरी सदरमुकाम इनरुवामा आज खुम्बुवान मुक्तिमोर्चा (संयुक्त) ले नेपाल सरकारलाई आफूसँग रहेको हतियार बुझाएको छ । खुम्बुवान मुक्तिमोर्चा (संयुक्त) र नेपाल सरकारका वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेबीच वार्ता सकारात्मक भएपछि सरकारका वार्ता टोली संयोजक पाण्डेलाई हतियार बुझाएको हो । जिल्ला...
काठमाण्डु, ७ पुस – राष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीपुर (दाङ्) मा विद्यार्थी र शिक्षक सवार शैक्षिक भ्रमणबाट फर्किंदै गरेको बस दुर्घटनामा परी २२ जनाको निधन भएकामा दुःख व्यक्त गरेकी छन् । उनले आज टवीट्मार्फत शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी छन् । राष्ट्रपति भण्डारीले दुर्घटनामा घाइते...
राँझा, ७ पुस – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले करको दायरा वृद्धि गर्दै लगेको बताएका छन् । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उनले सरकारले करको दर नभई दायरा वृद्धि गर्नेतर्फ अग्रसर भएको उल्लेख गरे । ‘करको दायरा फराकिलो छैन...
काठमाण्डु, ७ पुस – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले सरकारको काम कारवाही र पार्टीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा जारी स्थायी समितिको शनिवारको बैठकमा बोल्दै नेता नेपालले सरकारले पार्टीसँग समन्वय नगर्दा दुई...
विराटनगर, ७ पुस – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । किराँत समुदायको महान्पर्व उधौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवार फोलस्याँदर) २०७५ को उपलक्ष्यमा आज शुभकामना...
डोटी, ७ पुस – काठमाण्डुमा घर भएका सांसदले घर भाडावापत लिएको रकम फिर्ता गरिरहेका बेला सुदूरपश्चिम प्रदेशका सांसदले भने घरभाडा लिइरहेको पाइएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको कैलालीमै घर भएका प्रदेश सांसदले घर भाडावापतको रकम लिइरहेको पाइएको हो । प्रदेशस्थित संसद् सचिवालयका...
काठमाण्डु, ६ पुस – संसद् सचिवालयले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को आगामी अधिवेशनको सम्पूर्ण तयारी पूरा गरेको छ । नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ११ गते बुधबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिसकेको...
काठमाण्डु, ६ पुस – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी दिनमा निर्माण हुने नयाँ पुल गुणस्तरीय बनाउन निर्माणको शुरुआती चरणदेखि नै अनुगमन गरिने बताएका छन् । मन्त्रालयले आज आयोजना गरेको दोस्रो चरणको पुल निर्माण तथा सुधार कार्यक्रममा मन्त्री महासेठले यसअघि निर्माण भएका पुलको...
काठमाण्डु, ६ पुस – लामो रस्साकस्सीपछि शुक्रबार बिहान शीर्ष नेताहरुबीच सातजना सहमहामन्त्री बनाउने सहमति भएको केही घण्टा नबित्दै कांग्रेसको सहमती उल्टिएको छ । काँग्रेसले आठजना सहमहामन्त्री बनाउने प्रस्ताव गरेसँगै कांग्रेसको सहमती उल्टिएको हाे । आज अपरान्ह पत्रकार सम्मेलन गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहमहामन्त्री...
काठमाण्डु, ६ पुस – गत आइतबारबाट शुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी हुन आएका जनजाति प्रतिनिधिहरुले पार्टीको विधानमा हिन्दूराष्ट्र राखिए पार्टी दुर्घटनामा पर्ने चेतावनी दिएका छन् । पार्टी कार्यालय सानेपामा जारी बैठकमा सहभागी जनजाति नेताहरुले हिन्दूराष्ट्रको पक्षमा कांग्रेसले निर्णय गरे पार्टी ठूलो दुर्घटनामा...