सप्तरी-छिन्नमस्ता भगवती मन्दिरमा शनिबार योगगुरु स्वामी रामदेवबारे समाचार सङ्कलनमा गएका पत्रकारलाई सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले दुर्वव्यहार गर्दै कुटपिट गरेको जनाई पत्रकारले उनको सरुवाको माग गरेका छन् । नेपाल पत्रकार महासङ्घ सप्तरीका कावा अध्यक्ष श्रवणकुमार देवको नेतृवमा गएको पत्रकारको टोलीले आइतबार प्रजिअ बलदेव गौतमलाई...
जुम्ला-करेन्ट लागेर सख्त घाइते भएका विद्युत् कर्मचारीको आइतबार बिहान मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ छिनागाउँ जुम्लाका ३८ वर्षीय दिनेशनाथ योगीको मृत्यु भएको हो । योगी कामका सिलसिलामा चन्दननाथ नगरपालिका– ७ नजिकै रहेको विद्युत् खम्बाको एसटी लाइनमा काम गरिरहेका बेला करेन्ट लागेर तल खसेका...
गौशाला-महोत्तरी र धनुषा जिल्लाको संयुक्त कारागार जलेश्वर कारागारमा आइतबार बिहान दुई समूहबीच झडप हुँदा दशभन्दा बढी कैदीबन्दी घाइते भएका छन् । झडपमा आठ जना गम्भीर र चार जना सामान्य घाइते रहेको जेलर शोभेन्द्र ठाकुरले बताए । गम्भीर घाइते सबैलाई उपचारका लागि जलेश्वरस्थित शान्ति कम्युनिटी...
म्याग्दी– दरबाङ–३ दुखुबेंसीमा अवस्थित ‘भाले बास्ने’ ताल प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेलमा परेको छ । परापूर्वकालमा सो ताल नजिकै रहेको झरनाबाट बिहान सबेरै भाले कराएको आवाज आउने र त्यहाँ पूजाआजा तथा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । तालसम्म पुग्ने पदमार्ग निर्माण गरिए...
पोखरा-पोखरा उपमहानगरपालिका– १७ दोविल्लामा ग१च ४८८९ नंको जिप शनिबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटका २० वर्षीय अरवेन्द्र चौधरी र भारतको कोलकाताकी १४ वर्षीया लीला मेहत्रा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको...
लिवाङ- ससस्त्र द्वन्द्वको समयमा बाबुआमा दुवै गुमाएका ८८ जना टुहुरा बालबालिकालाई मात्र यो बर्ष राहत वितरण गर्ने जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । यसअघि एकसय ८० जना टुहुरा बालबालिकालाई राहत वितरण गर्दै आएको थियो । ती मध्ये ९२ जना १८ वर्ष पूरा गरिसकेको...
काठमाण्डु– शनिबार आमरण अनसनमा बसिरहेका डा.गोविन्द केसीको मागको समर्थनमा राजधानीमा प्रदर्शन भएको छ । राजधानीको माइतीघरबाट सुरु भएको सो प्रदर्शन जुलुस नयाँ बानेश्र पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री, शिक्षामन्त्री र त्रिविका उपकुलपति विरुद्ध आक्रोस पोखेका थिए । उनीहरुले प्रधानमन्त्री, शिक्षामन्त्री...
काठमाण्डु- नेपाली कांग्रेसको भातृसंगठन तरुण दलकी पूर्व केन्द्रीय सदस्य सरस्वती साहको १४ वर्षीय छोरा विगत ५ दिनदेखि काठमाण्डुबाट वेपत्ता भएका छन् । मंसिर ६ गते काठमाण्डुको बालुवाटारबाट विद्यालय जाने क्रममा साहका १४ वर्षीय छोरा युरोप साह एक्कासि वेपत्ता भएको पारिवारिक श्रोतले जानकारी दिएको छ...
काठमाण्डु– वाग्मती तथा विष्णुमती नदी किनार अतिक्रमण गरी एक हजार ४६५ परिवारले अव्यवस्थित बसोबास गरेका छन् । वि।सं २०४७ देखि सुकुम्बासीका नाममा काठमाण्डु उपत्यकाका नदी किनार अतिक्रमण गर्न सुरु भएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । जनआन्दोलन २०६२/६३ पछि नदी अतिक्रमण...
बागलुङ-आगामी मे (वैशाख–जेठतिर) मा दृष्टिविहीन अमिट केसीले शिखर सगरमाथामा पाइला टेक्ने योजना बनाएका छन् । सगरमाथा चढ्ने अभियानमा चार वर्षदेखि लागेका बागलुङ, सर्कुवा–२ का केसीलाई अहिले पैसाको चिन्ता छ । उनलाई एउटै डर छ, सगरमाथा चढ्ने सपनाको तगारो पैसा बन्ने त होइन रु यसअघि...
रोल्पा, ११ मंसिर– जिल्लामा हुने लैङ्गिक हिंसाका उजुरीमध्ये अधिकांश मिला पत्रमै टुङ्गिने गरेको देखिएको छ । चालु आवको कात्तिक मसान्तसम्म दर्ता भएका ४८ लैङ्गिक हिंसाका उजुरीमध्ये ४१ उजुरी मिलापत्रमै टुङ्गिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । दर्ता भएका...
खोटाङ, ११ मंसिर– जिल्ला शिक्षा कार्यालयले मादक पदार्थ सेवन गरेर विद्यालय आएका सरस्वती मावि अर्खौलेका प्रअ डिकवीर राईलाई राजीनामा गराएको छ । कार्यालयले बिहीबार गरेको छड्ने अनुगमनका क्रममा प्रअ राई मापसे गरेर विद्यालय आएको थाहा पाएको थियो । विद्यार्थी सङ्गठनका प्रमुख एवम् प्रतिनिधि तथा...