मुलुक प्रमुख

नेपाल र कतारबीच महत्वपूर्ण समझदारी

२०७३ पुष ३ गते १९:०३

काठमाण्डु– नेपालको राष्ट्रिय मानवअधिकार आयोग र कतारको राष्ट्रिय मानव अधिकार समितिबीच आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी समझदारीपत्रको कार्यान्वयन योजनामा आइतबार हस्ताक्षर भएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर आयोगका अध्यक्ष अनुपराज शर्मा र समितिका अध्यक्ष अलि बिन समिख अल्मारीले आइतबार यहाँ सम्झौतापत्रमा हस्ताक्षर...

राष्ट्रिय परीक्षा बोर्डमा तालाबन्दी

२०७३ पुष ३ गते १६:४४

भक्तपुर-राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव सूर्यप्रसाद गौतम र प्रशासन प्रमुख दुर्गाप्रसाद अर्यालको कार्यकक्षमा लोकतान्त्रिक प्राध्यापक संघले आइतबार तालाबन्दी गरेको छ । उच्च माध्यमिक शिक्षा परिषद् हुँदा अनुगमनमा खटाउन नियुक्त गरिएको कर्मचारी उदयकुमार कर्ण, ब्रजेशकुमार झा र स्कुल म्यापिङ्का लागि नियुक्त गरिएका नारायण पोखरेललाई बोर्डले...

सुनकोसीमा जीप खस्यो, ५ जनाको मृत्यु

२०७३ पुष ३ गते १६:३७

सिन्धुली– आइतबार सिन्धुलीको रत्नावतीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । रत्नावतीको घाटपाखाबाट स्कार्पियो जिप सुनकोसी नदीमा खस्दा जिपमा सवार ती यात्रुको मृत्यु भएको हो ।   काठमाण्डुबाट खोटाङको हलेसीतर्फ जाँदै गरेको बा १२ च ८८९७ नम्बरको जिप दुर्घटनामा परेको जनाइएको छ...

लौ हेर्नुस्, नेपालकै वैज्ञानिकले निर्माण गरे यस्तो कम्प्युटर !

२०७३ पुष ३ गते १६:२२

काठमाण्डु– कुनैपनि कम्युटर चलाउनका लागि २६० वाट बिजुली आवश्यक पर्छ, तर नेपालका कम्युटर वैज्ञानिक मुनिबहादुर शाक्यले ३५ वाट विद्युतबाट चल्ने कम्युटरको विकास गरेका छन् । आइसिटी पत्रकार विकासमञ्चको ६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्मानित व्यक्तित्व वैज्ञानिक शाक्यले विकास गर्नुभएको उक्त कम्युटर प्रदर्शनमा राखिएको...

प्रधानन्यायाधीश कार्कीले दिइन् जिल्ला न्यायाधीशहरुलाई कडा निर्देशन

२०७३ पुष ३ गते १५:०२

पोखरा-प्रधानन्यायाधीश सुशीला कार्कीले अदालतमा महिला हिंसाविरुद्धमा परेका मुद्दा तीन महिनाभित्र टुङ्ग्याउन जिल्ला न्यायाधीशहरुलाई निर्देशन दिएकी छन् । सर्वोच्च अदालतद्वारा यहाँ आयोजित न्यायमा महिलाको पहुँच र सरोकारवाला निकायबीचको समन्वय विषयक एकदिने छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले निमुखा एवम् पिछडिएका वर्गलाई छिटो छरितो र गुणस्तरीय न्याय...

लक्ष्मी परियारको हत्यारालाई कडा कार्वाहीको माग

२०७३ पुष ३ गते १४:०५

काठमाण्डु-काभ्रेकी ३३ वर्षीया लक्ष्मी परियारको हत्यामा संलग्नलाई कडा कारवाहीको माग गरिएको छ । संयुक्त विद्यार्थी छात्रा मञ्चले महिला हिंसाको अन्त्य गर्न दबाब दिने उद्देश्यले आइतबार आयोजना गरेको ‘सडक बहस’ मा विद्यार्थी, साहित्यकार तथा सञ्चारकर्मीले दण्डहीनताले महिलामाथि हिंसा हुने गरेकामा चिन्ता व्यक्त गरे । मञ्चका...

एमाले कार्यकर्ताद्वारा बिरामीसहितको एम्बुलेन्समा आक्रमण

२०७३ पुष ३ गते १३:०८

बुटवल, ३ पुस– पाँच नम्बर प्रदेश टुक्र्याउन खोजिएको विरोधमा आन्दोलनरत प्रमुखप्रतिपक्षी एमालेसहितका दलका कार्यकर्ताले बुटवलमा बिरामी बोकेको एम्बुलेन्समाथि तोडफोड गरेका छन् । आक्रोशित आन्दोलनकारीले बन्द अवज्ञा गरेको आरोपमा शनिबार साँझ बुटवलमा बिरामीसहितको एम्बुलेन्समाथि आक्रमण गरेका हुन् । भूपू सैनिक क्लबले सञ्चालन गरेको लु १...

ट्रयाक्टर दुर्घटना हुँदा परियारको मृत्यु

२०७३ पुष ३ गते १३:०७

सल्यान- ट्रयाक्टर दुर्घटना हुँदा यहाँ मुसीकोटका दीपक परियारको मृत्यु भएको छ ।  राप्ती राजमार्गको दाङ– सल्यान सडक खण्डको धनवाङ १ अरिंगाले फेदीमा भे १ त ५२९२ नंको ट्रयाक्टर दुर्घटना हुँदा मुसीकोट नगरपालिका १, रातामाटा निवासी २० वर्षीय परियारको मृत्यु भएको हो । शनिबार राखित...

नेपाली सेनाले गर्यो पीडितलाई सहयोग

२०७३ पुष २ गते १८:४२

मुगु-गत मङ्सिरको २० गते दिउँसो मुगुस्थित खमाले गाविस–९ चाकपाडे गाउँमा आगलागी हुँदा पीडित बनेका ११ घरधुरीलाई शनिबार नेपाली सेनाले राहत सामग्री वितरण गरेको छ । रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको दुर्गा भन्जन गुल्मले आगलागी पीडित परिवारलाई शनिबार ६४ हजार बराबरको मन्डी कम्बल, बिस्कुट, चाउचाउलगायतका...

घरमै पैसा छाप्ने मेसिन भएपछि धनको के दुःख !

२०७३ पुष २ गते १७:५६

लमजुङ, २ पुस– लमजुङमा घरमै मेसिन राखेर पैसा छाप्दै आएका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ बेसीशहर नगरपालिका–४ गैरी स्थायी घर भएका ३० वर्षीय राजकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जारी पाचौं लमजुङ महोत्सवका क्रममा नक्कली नोट लिएर...

पिकनिक खान हिँडेका विद्यार्थी चढेको बस दुर्घटना

२०७३ पुष २ गते ११:१८

काठमाण्डु, २ पुस– पिकनिक खान गएका विद्यार्थी सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ललितपुरको क्यारेवियन कलेजका विद्यार्थी सवार बा २ ख ६९२२ नम्बरको बस काठमाण्डुको लामागाउँमा शनिबार बिहान दुर्घटना भएको हो । मृत्यु हुने विद्यार्थीमा सोही कलेजका १८ वर्षीय युवराज केसी...

कालिमाटीबाट लागुऔषधसहित तामाङ पक्राउ

२०७३ पुष १ गते १९:५३

काठमाण्डु–कालीमाटी तरकारी बजार क्षेत्रबाट एक व्यक्ति शुक्रबार दिउँसो लागुऔषध ‘पोलेण्ड’ सहित एक व्यक्ति पक्राउ परेका छन् । तरकारी बजारमा हिँडिरहेका अवस्थामा मकवानपुर, टिस्टुङ घर भई हाल काठमाण्डुको चन्द्रागिरि नगरपालिकामा बस्दै आएका सुजन तामाङलाई महानगरीय प्रहरीवृत्त कालीमाटीको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्दा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us