मुलुक प्रमुख

जब प्रीतिले आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाइन्…

२०७३ पुष ५ गते ११:५८

लहान, ५ पुस– सिरहाको लहान नगरपालिका–४ मा एक महिलाले आफ्नै शरीरमा मट्टितेल खन्याई मंगलबार आगो लगाएकी छन् । सासूसँग विवाद भएको निहुँमा लहान –४ निवासी ३६ वर्षीया प्रीतिकुमारी कर्णको शरीरमा आगो लागेको देखेपछि पति सरोजकुमारले उनको उद्धार गरी उपचारका लागि लहानस्थित सप्तऋषि हस्पिटल लहान...

रोल्पाबाट आश्चर्यजनक ढंगले हराए ३७ जना

२०७३ पुष ५ गते ११:५४

रोल्पा, ५ पुस– रोल्पामा गत साउनदेखि हालसम्म ३७ जना व्यक्ति हराई परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । यसरी हराउनेमा एकै परिवारका चार जनासम्म रहेको जिल्ला प्रहरी कार्यालयको महिला सेलकी इन्चार्ज दीलकुमारी बुढाले बताइन् । सानै उमेरमा ललाइफकाइ इँटाभट्टामा लैजाने, श्रीमान्ले...

जिल्ला अदालत काठमाण्डुका नौ वटा इजलास विशेष अदालतमा

२०७३ पुष ४ गते १८:४९

काठमाण्डु– जिल्ला अदालत काठमाण्डुले नौ वटा इजालासलाई विशेष अदालतमा सार्ने भएको छ । जिल्ला अदालत काठमाण्डुले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३३ वटा इजलासमध्ये २५ देखि ३३ सम्मका नौ वटा इजलासलाई यही पुस १० गतेदेखि विशेष अदालतमा सार्ने तयारी भएको अदालतका स्रेस्तेदार ध्रुवप्रसाद उप्रेतीले...

गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

२०७३ पुष ४ गते १८:४०

चितवन-गैंडाको आक्रमणबाट सोमबार दिउँसो चितवनको रत्ननगरमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१७ का ६९ वर्षीया मोतीमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार तामाङलाई घर नजिक रहेको राप्ती नदीमा भैंसीलाई पानी खुवाउने क्रममा गैंडाले आक्रमण गरेको...

पर्सामा ३३ जना पक्राउ

२०७३ पुष ४ गते १६:४६

वीरगन्ज-नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पर्साले गएराति जिल्लाको विभिन्न ठाउँमा छापा मारी विद्युत् चोरी गर्ने ३३ जनालाई पक्राउ गरेको छ । जिल्लाको उदयपुर घुर्मी, कुमठी र जगन्नाथपुरमा विद्युत् चोरी गरी बत्ती बाल्ने ३३ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय श्रीपुरमा पठाइएको...

काठमाण्डुमा सुरु भयो सातौँ चीन महोत्सव

२०७३ पुष ४ गते १३:३५

काठमाण्डु– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपालका लागि चिनियाँ दूतावासको आयोजनामा सातौँ चीन महोत्सव तथा दोस्रो काठमाडौँ सांस्कृतिक फोरम सोमबारबाट सुरु भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा नेपालको भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका राजनीतिक सचिवालयका सदस्य ल्यु छिपाओले महोत्सवको...

अब सवारी चालक अनुमतिपत्र भक्तपुरबाट पनि पाइने

२०७३ पुष ४ गते १३:२२

भक्तपुर-  यातायात व्यवस्था विभागले भक्तपुर जगातीबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण काम गर्ने गरी कार्यालय सञ्चालनमा ल्याउने भएको छ ।   कार्यालय स्थापनाका लागि घरभाडा सम्झौता भइसकेको र मङ्गलबार कार्यालयको उद्घाटन गरेपछि सेवा सुरु गर्ने भएको छ । विभागका शाखा अधिकृत चिरञ्जीवी सापकोटाले कार्यालय सञ्चालनका...

डिन अग्रवाललाई बर्खास्त गर्न माग गर्दै ज्ञापनपत्र बुझाइयो

२०७३ पुष ४ गते १३:०५

काठमाण्डु– शिक्षामन्त्री धनीराम पौडेललाई सोमबार ज्ञापनपत्र बुझाउँदै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बचाउ सङ्घर्ष समितिले संस्थानका डिन डा. जगदीश अग्रवाललाई बर्खास्त गर्न माग गरेको छ । अग्रवाललाई हटाएर प्रक्रियागत रुपमा नयाँ डिन नियुक्ति नगरिए अनशन बस्ने चेतावनी समितिका संयोजक डा. सुरेश उप्रेतीसहितको टोलीले दिएको हो...

सिकारीको गोली लागी थारुको मृत्यु

२०७३ पुष ४ गते १३:०१

बुटवल- गैरकानुनी रुपले जङ्गलमा सिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिकास्थित पर्रोहा सामुदायिक वनको गङ्गानगर क्षेत्रमा गैरकानुनी रुपले चोरी सिकारी गर्न गएका समूहका सिकारीमध्ये सैनामैना नगरपालिका–२ सोरौलीका करिब ६० वर्षीय वासु थारुको आइतबार गोली लागेर मृत्यु भएको...

चट्टानमा अचम्मका दृष्य देखिन थालेपछि…

२०७३ पुष ४ गते १०:३२

म्याग्दी, ४ पुस– म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा रहेको विशाल चट्टानमा हिन्दू धर्मावलम्बीले पूजाआजा गर्ने शिवलिङ्ग, शालिग्राम, शङ्कचक्र, नागमणि देखिएका छन् । मन्दिर परिसरमा नौ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चट्टानमा गणेशलगायतका हिन्दू र्धमशास्त्रमा नामाकरण गरिएका भगवान्का विविध रुप देखिन थालेपछि संरक्षण सुरु गरिएको गलेश्वर शिवालय...

आँखै नहेरी मोटरसाइकल चलाउँदा…

२०७३ पुष ४ गते ८:३८

झापा, ४ पुस– पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दुवागढी– ५ मा आइतबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ५ प ३०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टँदा त्यसमा सवार मेनपा–७ निवासी २० वर्षीय मोटरसाइकल चालक मनोज मेचे...

साझा प्रकाशनमा पुनः शर्मा नियुक्त

२०७३ पुष ३ गते १९:१८

काठमाण्डु–साझा प्रकाशन सञ्चालन समितिको महाप्रबन्धकमा पुनः डोलिन्द्रप्रसाद शर्मा नियुक्त भएका छन् । समितिको आइतबार बसेको बैठकले शर्मालाई चार वर्षका लागि महाप्रबन्धकमा पुनःनियुक्त गर्ने निर्णय गरेको उनले जानकारी दिए । प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक रहेका शर्माको पदावधि यही पुस मसान्तभित्र सकिँदै थियो । यसअघि शर्मा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us