पत्रपत्रिकाबाट

गगन थापाले भूकम्प पीडितलाई वर्षभरीको तलब दिने

२०७२ वैशाख १८ गते २:०३

काठमाण्डु, १८ वैशाख नेपाली कांग्रेसका सभासद गगन थापाले आफूले च’नाव जितेको काठमाण्डु क्षेत्र नं. ४ का भूकम्पपीडितको राहतका लागि एक वाषर््को तलब दिने घोषणा गरेका छन् । उनले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस क्षेत्रका अन्य सभासदलाई पनि सघाउन आग्रह गरेका छन् ।...

१२८ घण्टापछि युवतीको जिवितै उद्धार

२०७२ वैशाख १८ गते १:४६

काठमाण्डु, १८ – बैशाख नयाँ बसपार्कको जनसेवा गेस्ट हाउसमा च्यापिएकी एक एक युवतीको २८ घण्टा पछि उद्धार गरिएको छ । बर्दियाकी अनन्दाजी २२ वर्षकी कृष्णदेवि खड्काको उद्धार गरिएको हो । नेपाल प्रहरी, सेना र इजरायली उद्धार टोलीले बिहीबार बेलुका साढे आठ बजे खड्काको उद्धार...

धरहराबाट यसरी खसें

२०७२ वैशाख १७ गते ४:५५

काठमाण्डु, १७ वैशाख -एउटा सानो काम थियो, न्यूरोडमा। साथमा थिए, साथी किशोर खतिवडा । हाम्रो काम पनि सकियो । त्यसपछि के गर्ने भन्ने भयो । साथीले भने, ‘म त कहिल्यै धरहरा चढेको छैन । समय पनि भएकोले हामीले धरहरा चढ्ने निधो गर्‍यौं । दुईपटक...

मृतक सूचीमा परेकी ५ वर्षीया बालिका जब जीवितै भेटिइन्…

२०७२ वैशाख १७ गते ४:४३

हेटौंडा, १७ वैशाख- शनिबार नेपालका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी मृत्यु भएको भनिएकी एक बालिका जीवितै फेला परेकी छिन् ।   मृतकको सूचीमा राखिएकी मकवानपुर टिष्टुङ ७ मानडाँडाकी ५ वर्षीया सबिता घलान काठमाण्ड’मा उपचारपछि घर फर्किएकी छिन् ।   शनिबार गएको भुकम्पमा...

भूइँचालोमा जन्मिइन् भूइँचम्पा

२०७२ वैशाख १७ गते ४:३५

गोरखा, १७ वैशाख- सुत्केरी व्यथाले घरमै थलिएकी सौरपानी–९ शिम्भुकी सुनकुमारी गुरुङलाई शनिबारको भुइँचालोमा ढलेको घरले पुर्यो । एकातिर प्रशव पीडा , अर्कोतिर घरको बडेमानको गारोले पुरिएको अत्यास । ‘म त बाँच्दिन भनेको थिएँ,  दैवले बचायो’ गोरखा अस्पतालको शैयामा भेटिएकी उनले रुँदै भनिन् ‘दिनभर ढुंगामाटो...

भूकम्प पीडितले ढुंगा वर्षाउँदै यसरी लखेटे बामदेवलाई

२०७२ वैशाख १७ गते ४:२०

काठमाण्डु, १७ वैशाख- उद्धारकार्य निरीक्षणका लागि बुधबार दिउँसो शोभाभगवती पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम भुकम्प पीडितलाई फेस गर्न नसकेपछि भागेका छन् ।   भारतीय टेलिभिजनमा एक घन्टा अन्तर्वार्ता दिए पनि आफ्ना कुरै नसुनेको भन्दै पीडितले उनको गाडीमा ढुंगासमेत हाने ।   ५ दिन...

नेपाल राष्ट्र बैंकले जलायो तीन खर्बका थोत्रा नोट

२०७२ वैशाख १२ गते १:५५

काठमाण्डु, १२ वैशाख – नेपाल राष्ट्र बैंकले ७० वर्षयता झन्डै तीन खर्बबराबरको नोट (कागजी रुपैयाँ) जलाएर नष्ट गरेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ । नेपालले २००२ देखि कागजी नोट छपाइ गरेर चल्तीमा ल्याएको थियो । यस अवधिमा विभिन्न दरका गरी सात खर्ब ३२...

एसएलसीको उत्तरपुस्तिका परीक्षण वैशाखमै सकिने

२०७२ वैशाख १२ गते १:४५

काठमाण्डु, १२ वैशाख – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रवेशिका (एसएलसी) परीक्षाको उत्तरपुस्तिका परीक्षणको काम वैशाख महिनाभित्र सम्पन्न गर्ने भएको छ । ६७ परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइरहेको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद द्वारेले अहिले धमाधम उत्तरपुस्तिका परीक्षण भइरहेको जानकारी गराए । ‘अहिले उत्तरपुस्तिका परीक्षण...

विश्वको सबैभन्दा खुसी मुलुक स्विटजरल्यान्ड, नेपाल १ सय २१ औं स्थानमा

२०७२ वैशाख १२ गते १:४०

काठमाण्डु, १२ वैशाख–खुसी मुलुकको सूचीमा नेपालले १ सय २१ औं स्थान पाएको छ । २०१२ देखि विभिन्न सूचकलाई आधार मानेर निकाल्न थालिएको ह्यापिनेस रिर्पोटको २०१५ को संस्करणले नेपाललाई १ सय ५८ मुलुकमध्ये १ सय २१ औं स्थान दिएको हो । अध्ययन अनुसार नेपाल सार्क...

नाबालिका बलात्कार गर्ने चार जनालाई फाँसी !

२०७२ वैशाख १२ गते १:२७

भारत, १२ वैशाख–भारत प्रशासित जम्मु–कास्मिरको एक अदालतले एक नाबालिकाको बलात्कार र हत्याको अभियोगमा चार जनालाई फाँसीको सजाय  सुनाएको छ । सदिक मीर, अजर अहमद, जहाँगिर असरफ र सुरेशकुमारले एक १३ वर्षीया किशोरी ताबिन्दा गनीलाई बलात्कार गरी हत्या गरेका थिए । करिब आठ वर्षअघि भएको...

जाजरकोटको भाइरसको नमूना विशेष परीक्षणका लागि जापान पठाइने

२०७२ वैशाख १२ गते १:१७

काठमाण्डु, १२ बैशाख – सरकारले जाजरकोटमा देखिएको स्वाइनफ्लु भाइरसको नमूना विशेष परीक्षणका लागि जापान पठाउन लागेको छ । चिकित्सकले जाजरकोटसहित देशका विभिन्न स्थानमा देखिएको स्वाइनफ्लु भाइरस नै परिपर्तन भएको आशंका गरेपछि विशेष परीक्षण गर्न जापान पठाउन लागिएको हो । राष्ट्रिय जनस्वाथ्य प्रयोगशालाका अनुसार स्वाइनफ्लु...

मुख्यसचिवको चेतावनीपछि रातारात गाउँतिर कुदे कर्मचारी

२०७२ वैशाख १२ गते १:१७

जाजरकोट, १२ वैशाख–रुघाखोकी र स्वाइन फ्लुले महामारीको रुप लिएपछि रोग प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्ज जाजरकोट आइपुगेका सरकारका मुख्यसचिव लीलामणि पौडेलले गाउँ नजाने कर्मचारीलाई निलम्बन गरेर कारबाही चलाउन निर्देशन दिएका छन् । उनको निर्देनपछि गाउँमा दरबन्दी भएर सदरमुकाम बस्दै आएका सरकारी कर्मचारी रातारात गाउँ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us