पत्रपत्रिकाबाट

ओलीले सुशीललाई संकेत गर्दै भने,‘प्रधानमन्त्री पदको धेरै लोभ नगर्नूस्’

२०७२ जेठ १९ गते ८:२६

काठमाण्डु, १९ जेठ– एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशील कोइरालालाई पदप्रति लोभ नगर्न सुझाएका छन् । कोइरालको नाम नलिइकनै उनले विपत्तिका बेला कसैले प्रधानमन्त्रीमा अडिइरहन लोभ गर्न नहुने बताए । ‘राष्ट्रिय विपत्को सामना गर्नुपर्ने यो बेला कोही प्रधानमन्त्रीमा जान र कोही अडिइरहन लोभ गर्नुहुँदैन,’...

अपहरणकारी श्यामसुन्दर गुप्तालाई जम्मा साढे तीन वर्ष जेल

२०७२ जेठ १९ गते ८:०८

काठमाण्डु, १९ जेठ– काठमाण्डु जिल्ला अदालतले व्यापारी पवनकुमार संघाईलाई अपहरण गरी फिरौती असुलेको अभियोगमा मुद्धा चलाइएका पूर्वआपूर्तिमन्त्री श्यामसुन्दर गुप्तालाई सरकारी मागदावीभन्दा ज्यादै न्यूज सजाय तोकेको छ । ‘अपहरण तथा शरिरबन्धक’ अभियोगमा १७ वर्षसम्म जेल जसाय माग गर्दै मुद्धा चलाइएका गुप्तालाई तीन वर्ष ६ महिना...

यी हुन् हानिकारक खानेतेल उत्पादन गर्ने उद्योग र तिनका ब्रान्ड

२०७२ जेठ १९ गते ७:५३

काठमाण्डु, १९ जेठ–  सरकारले मानवस्वास्थ्यका लागि हानिकारक भनेर घोषणा गरेको विभिन्न प्रकारका खानेतेल बजारमा बिक्रीवितरण भइरहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले केही उद्योगको खोतेल मानवस्वास्थ्यका लागि हानिकारक भन्दै प्रयोग नगर्ने भने पनि बजारमा खुलेआम बिक्रि भइरहेको पाइएको छ । खानेतेलमा अखाद्य...

आफूखुसी सहयोग गरे त्यस्तालाई सार्वजनिक विचलनको मुद्धा लाग्न सक्ने

२०७२ जेठ १९ गते ७:२१

काठमाण्डु, १९ जेठ– नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसकारी संस्थाले सरकारको मातहतमा रहेर वा सरकारले तोकेका मापदण्डमा मात्र सहयोग गर्न पाउने भएका छन्  । आफूखुसी सहयोग गरे कारबाहीमा पर्ने छन् । कसले, कहाँ, कसका लागि, के सहयोग गरे भन्ने जानकारी हुन छाडेपछि सरकार निर्देशिका नै बनाएर...

नक्सामा भएभन्दा अग्ला घर एक वर्षभित्र भत्काइने

२०७२ जेठ १९ गते ७:०२

काठमाण्डु, १९ जेठ– तँपाइले घरको नक्सा पास दुई तलाको गर्नुभएको छ तर घर चाहिँ साढे तीन तल्ला छ भने एक वर्षभित्र भत्काएर नक्सा बमोजिम बनाउनु पर्ने भएको छ । सरकारले मापदण्डविपरीतका भौतिक संरचनाहरु एक वर्षभित्र भत्काउन सम्बन्धित घरधनीहरुलाई आग्रह गरेको छ । सरकारले गरेको...

चर्केका भवन भत्काउन विदेशी नै चाहिने, सेनासँग उपकरण छैन

२०७२ जेठ १९ गते ६:४०

काठमाण्डु, १९ जेठ– भूकम्पले चर्केर बस्न नहुने भएका उपत्यकाका १ हजार ७ सय ५२ घर भत्काउन विदेशबाट विशेषज्ञ टोली तथा उपकरण झिकाउनु पर्ने भएको छ । नेपाली सेनाले उपकरण अभावमा ठूला भवन भत्काउन नसकिने जनाउ दिँदै विशेषज्ञ तथा उपकरण विदेशबाट ल्याउन सरकारलाई सुझाव दिएको...

अब सबै गाविसमा बैंकिङ सेवा

२०७२ जेठ १८ गते १:५४

काठमाण्डु, १८ जेठ –  नेपाल राष्ट्र बैंकले सबै गाविसमा बैंकिङ सेवा पुर्‍याउने तयारी गरेको छ । सरकारी राहत बैंकिङ प्रणालीमार्फत उपलब्ध गराउन गाउँमा वित्तीय सेवा पुर्‍याउन लागिएको राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । भूकम्पपीडितको राहत रकम व्यक्तिमार्फत स्थानीय तहमा पुर्‍याउँदा दुरुपयोगको...

त्रिपाल घोटालामा सरकारकै मिलेमतो

२०७२ जेठ १८ गते १:३९

काठमाण्डु, १८ जेठ – विपतका बेला छोटो प्रक्रियाबाट आपूर्ति गर्ने अधिकार पाएको सहरी विकास मन्त्रालयले खरिद गरेको त्रिपालमा व्यापक घोटाला भएको पाइएको छ । मन्त्रालयले नियुक्त गरेको आपूर्तिकर्ताले मन्त्रालयको उच्च कर्मचारीको मिलेमतोमा कम परिमाणमा सरकारलाई त्रिपाल आपूर्ति गरेको पत्ता लागेको छ । आइतबारअघि काठमाण्डु ...

१४ वर्षीया कञ्चनको बिहे ४१ वर्षीय हुलासप्रसादसँँग

२०७२ जेठ १८ गते १:२४

काठमाण्डु, १८ जेठ – सप्तरीकी १४ वर्षीया कञ्चनको बिहे उनीभन्दा तेब्बर उमेरका हुलासप्रसाद साहसँग भयो । कारण – दुलाहा पक्षले दाइजो नलिने र विवाहको सम्पूर्ण खर्च व्यहोर्ने सर्त । कञ्चनरुपको पिप्रा पूर्वगाउँकी १४ वर्षीया निरक्षर कञ्चनकुमारी साहको विवाह ४१ वर्षका हुलासप्रसादसँग बिहीबार भारदहको कंकालिनी...

राहतको जेनेरेटर जिल्लाका हाकिमहरुले गरे भागवन्डा

२०७२ जेठ १८ गते १:२१

काठमाण्डु, १८ जेठ –चिनियाँ सरकारले भूकम्पपीडितका लागि पठाएको जेनेरेटर गोरखाका सरकारी अड्डा प्रमुखले आफूखुसी लिएका छन् । ती जेनेरेटर जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको भैरवी दल गण र सशस्त्र प्रहरी गुल्मले लगेका हुन् । जनेरेटर बाँडेर आलोचित बनेपछि कार्यलय प्रमुखहरु दैवी...

भूकम्पपीडितलाई क्यानडामा रोजगारी

२०७२ जेठ १८ गते १:०१

काठमाण्डु, १८ जेठ – क्यानडाले भूकम्पपीडित नेपाली युवालाई रोजगारी दिने ईच्छा देखाएको छ । भूकम्पपछि राहत र उद्वारमा नेपाल आएकी क्यानडाका श्रम तथा महिला मन्त्री केल्ली लेइचले श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँगको कुराकानीमा भूकम्प प्रभावित युवालाई क्यानडामा  कृषि क्षेत्रमा रोजगारी दिन सकिने बताएकी...

केपी ओली र वामदेब गौतमबीच नै खटपट

२०७२ जेठ १८ गते १:००

काठमाण्डु, १८ जेठ– मदन–आश्रित स्मृति दिवसमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपीओली भन्दैै थिएः ‘यत्रो विपत्को बेला सरकारले के गरेको छ भन्ने कुरा सरकारमै भएर पनि एमालेलाई थाह छैन ।’ मञ्चमा बसेका एमाले उपाध्यक्ष वामदेव गौतमले तत्काले जवाफ फर्काए,‘सरकारले गरेको सबै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us