झापा, १९ पुस– असहाय वृद्धवृद्धाका लागि झापा जिल्लाको अनारमनि गाविस वडा नं ८ विराटपोखरमा सुविधा सम्पन्न आश्रम निर्माण हुने भएको छ । आश्रम निर्माणका लागि समाजसेवी गिरीराजकुमारी प्रसार्इंले एक बिगाह १७ कट्ठा जग्गा निःशुल्क प्रदान गरेसँगै पाँच करोड भन्दा बढीको लागतमा विराट भरत विश्रान्ति...
रुपन्देही, १९ पुस–नेपाल सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष मणिरत्न शाक्यले अवैध रुपमा सञ्चालित सुनचाँदी व्यवसायीका कारण वैध व्यापारीहरु मर्कामा परेको बताएका छन् । उनले नेपाल अधिराज्यभरि १८ हजारको हाराहारीका सुनचाँदीको व्यवसाय गर्ने व्यवसायी भए पनि सरकारी निकायमा भने १२ हजारमात्रै दर्ता भएर कारोबार गरेको...
म्याग्दी, १९ पुस– म्याग्दीको कुहुँ गाविस २ पूर्णगाउँस्थित राष्ट्रिय जनजागृति माध्यमिक विद्यालयलाई एक व्यक्तिले छ लाखबराबरको कम्प्युटर सहयोग गरेका छन् । पूर्णगाउँ स्थायी घर भई हाल बेनीबजारमा बासोवास गर्ने जनमबहादुर बानियाँले उक्त सहयोग गरेको विद्यालयका प्रधानाध्यापक टेकबहादुर राम्जालीले जानकारी दिए । सहयोगदाता बानियाँबाट प्राप्त...
नेपालगन्ज, १९ पुस– बाँके जिल्ला कृषि विकास कार्यालयले नेपालगन्जले ‘मिसन फिस अभियान’ सञ्चालन गरेपछि व्यावसायिक माछापालक कृषकको सङ्ख्या ह्वात्तै बढेको छ । विगत चार वर्षदेखि अभियान सञ्चालनमा ल्याइएपछि जिल्लामा अहिले तीन सय पाँच हेक्टर क्षेत्रफलमा एक हजार १५ जना कृषक माछापालन व्यवसायमा संलग्न...
काठमाण्डु, १८ पुस– आम उपभोक्ताले दैनिक प्रयोग हुने ग्याँसको आपूर्ति एक साताभित्र सहज हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य विभाग र नेपाल आयल निगमलगायत पदाधिकारीसँग छलफल गर्दा एक साताभित्र सहज गराउने सम्बन्धित निकायले प्रतिबद्धता जनाएको आयोगद्वारा जारी...
काठमाण्डु, १८ पुस– नेपाल निजामती कर्मचारी सङ्गठनले घोषित मितिभित्रै श्रमिकमैत्री संविधान जारी गर्नुपर्ने माग गर्दै शुक्रबार सभामुखलाई ज्ञापनपत्र बुझाएको छ । सङ्गठनले संविधानसभा भवन, नयाँ बानेश्वरमा पुगी ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा दलहरुले आफ्ना दलीय स्वार्थभन्दा माथि उठेर समझदारी, एकता, सहमति र सहकार्यबाट माघ...
काठमाण्डु, १८ पुस– सरकारले कृषि विकासका लागि अगाडि सारेका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन । कृषि विकास मन्त्रालयले तयार पारेको चालु आर्थिक वर्षको पहिलो चौमासिक प्रगति समीक्षामा देखिएका तथ्याङ्कले सो कुरा देखाएको छ । मन्त्रालयले तयार पारेको चौमासिक प्रतिवेदनले मन्त्रालयको कुल भौतिक...
नुवाकोट, १८ पुस– प्रस्तावित ४२ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्रि बी आयोजनाको निर्माणमा नुवाकोट र रसुवावासीको २० प्रतिशत लगानी रहने भएको छ । निर्माणको प्रारम्भिक चरणमा रहेको आयोजनाका लागि लाग्ने आठ अर्ब मूल्य मध्ये नुवाकोट र रसुवावासीले कम्तीमा २० प्रतिशत लगानी गर्न पाउने आयोजनाले...
जनकपुर, १८ पुस– भारतको जयनगरदेखि पश्चिमको बर्दिवाससम्मको ६९ किलोमिटर ब्रोडगेज रेलवे मार्ग निर्माण गर्ने क्रममा सरकारले २३ करोडभन्दा बढी रकम मुआब्जा वितरण गरिसकेको छ । भारतीय रेल सञ्जाललाई नेपालसम्म विस्तार गर्नेबारे नेपाल भारतबीच सन् २०१० मा भएको द्विपक्षीय सम्झौताअनुसार भारत सरकारले अबको तीन वर्षमा...
काठमाण्डु, १८ पुस– यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ७४ कंपनीले सेयर कारोबार गरेका छन् । साताभरी भएको आठ हजार चार सय ९२ कारोबारबाट एकअर्ब सात करोड ५० लाख ९१ हजार बराबरको सेयर कारेबार भएको बुझिएको छ । यस साता अघिललो साताको तुलनामा...
काठमाण्डु, १८ पुस–मध्यमवर्गले सबैभन्दा बढी प्रयोग गर्ने निजी सवारी साधन मोटरसाइकलको बिक्री बर्सेनि बढेसँगै बजाज मोटरसाइकल अब नेपालमै उत्पादन हुने भएको छ । करिब १५ वर्र्षदेखि नेपालमा बजाज मोटरसाइकलको आधिकारिक बिक्रेताको रुपमा रहेको हंशराज हुलासचन्द्र गोल्छा समूहले देशमै उत्पादन गर्न लागेको हो । गोल्छा...
रूपन्देही, १७ पुस– विश्व शान्तिको मुहान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको बढ्दो प्रदूÈण न्यूनीकरण गर्ने उद्देश्यले विद्युतीय रिक्सा सञ्चालनमा ल्याइने भएको छ । रिक्सा सञ्चालनका लागि आवश्यक कार्यविधि तयार गरी एक महिनाभित्र विद्युतीय रिक्सा सञ्चालनमा ल्याइने लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङले जानकारी दिए ।...